जताततै हावाहुरीको वितण्डा
१४ जेष्ठ २०७७
•
२ मिनेट पाठ
जताततै हावाहुरीको वितण्डा
हावाहुरीले ढालेको इन्द्रेणीपोखरीस्थित इन्द्रेणीपोखरीको आकृति तथा पुल । डिकुवा बाघखोरमा हावाहुरीले छाना उडाएको घर । तस्बिर : नागरिक
भिषण हावाहुरीले खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित इन्द्रेणीपोखरीको संरचना ढालेको छ । इन्द्रेणीपोखरीको पर्यटन प्रवद्र्धनका लागि वर्ष दिनअघि पोखरीमा बनाइएको फलामे पुलको रेलिङ, पुलमाथिबाट बनाइएको फलामको पाताको इन्द्रेणीको आकृति, पोखरी प्रवेश गर्ने गेट लगायतका संरचना हावाहुरीले बिगारेको हो । मंगलबार अपरान्ह्न असिनापानीसँगै आएको हावाहुरीले इन्द्रेणीपोखरीमा बनाइएको पुल तथा पुलमाथिबाट बनाइएको इन्द्रेणी आकृतिमा क्षती पुगेको वडाध्यक्ष देबिन्द्र राईले बताए ।  




हावाहुरीले फलामे पाताको इन्द्रेणी आकृति ढल्दा पुलको रेलिङ समेत भाँचिएको हो । इन्द्रेणीपोखरी प्रवेश गर्ने गेटमा समेत काम नलाग्नेगरी क्षती पुगेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईमार्फत विनियोजन गरिएको स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको २० लाखमा निर्माण गरिएको संरचनामा हावाहुरीबाट करिब ४ लाख १८ हजार बराबरको क्षती पुगेको वडाध्यक्ष राईले बताए  ।  

सदियौंदेखि संरक्षणको अभावमा ओझेलमा परेको इन्द्रेणीपोखरीमा गत आर्थिक वर्ष फलामे पुलको रेलिङ, फलामको पाताको इन्द्रेणी, पोखरी प्रवेश गर्ने गेट, काँडे तारको घेराबारा लगाउने, पोखरीको चारैतिर जग उठाएर पर्खाल लगाउने, ढलान गर्ने, पोखरीको तालमा सोलिङ गर्ने लगायतका काम गरिएको थियो । हावाहुरीले बिगारेको इन्द्रेणीपोखरीको संरचना बुधबार खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मानसकुमार राई, ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरिक्षक सुर्यनारायण माझी लगायतले निरीक्षण गरेका छन् । हावाहुरीले स्वास्थ्यचौकी इन्द्रेणीपोखरीको सोलार, गिजरबक्स, ट्यांकी उँडाउँदा दुई लाखको क्षती भएको वडाध्यक्ष राईले बताए ।  

हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा बाघखोरका भक्तबहादुर राईको घरको छाना उँडाएको छ । यस्तै, सोही हावाले स्थानीय बालकन्य प्राबिको शौचालय र युवा समुहको भवनको छाना उँडाएको वडा सदस्य घनश्याम राईले बताए । हावाहुरीले जस्ताको छाना उँडाएर पाखामा छरपष्ट बनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला महुरेका रामबहादुर गिरीको घरको छाना उँडाएको छ । हावाहुरी पिडित गिरीलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आर्थिक सहयोग गरेको छ । बुधबार नुनथलाका वडाध्यक्ष भीम राईमार्फत गिरीलाई १० हजार आर्थिक सहयोग गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।  

हावाहुरीले खेतबारीमा लगाइएको मकै, आलु, केरा, फलफुल लगायतका बालीनाली नष्ट पारेको छ । असिनाले समेत बालीनालीमा क्षती पुर्‍याएको छ । हावाहुरीकै कारण जिल्लामा मंगलबार अपरान्हदेखि विद्युत अवरुद्ध भएको छ ।  
अर्को समाचार
नारच्याङमा हावाहुरीको वितण्डा
१० मंसिर २०८३
•
३ मिनेट पाठ
नारच्याङमा हावाहुरीको वितण्डा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्‍याएको छ।




हावाहुरीले नारच्याङस्थित १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनाका साथै स्थानीयवासीका घर र विद्यालयका छाना उडाएको छ। अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकको बसोबासका लागि राखिएका टेन्ट उडाएको छ।

यही मङ्सिर ८ गते बिहान करिब १२ः१५ बजेदेखि सुरु भएको हावाहुरीले आयोजनाको विस्फोटक पदार्थ भण्डारणस्थल भालेबासमा रहेको नेपाली सेनाको सुरक्षा बेसक्याम्पमा करोडौँको क्षति पुर्‍याएको आयोजनाका सामाजिक विकास, प्रशासन तथा जनसम्पर्क विभागका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए।

नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमबाट खटिएको टोलीका लागि निर्माण गरिएको अधिकृत आवास, जवान आवास, भान्सा, मेस, मनोरञ्जन हल, बाथरुम, शौचालय र सेन्ट्री पोस्टमा क्षति पुगेको छ। हावाहुरीले भवनमा जडान गरिएका यन्त्र उपकरण, भुइँमा बिछ्याइएको सामग्री, फर्निचर र अन्य सामान क्षति हुनाका साथै उडाएर अन्यत्र पुर्‍याएको छ।

त्यस्तै, आयोजनामा आबद्ध निर्माण कम्पनी एन्जेलिक इन्टरनेसनल लिमिटेडको गोदाम र कर्मचारी आवास भवनका भित्ता र छाना उडाएको छ। यसबाट आयोजनाको निर्माण कार्य प्रभावित हुने देखिएको वरिष्ठ प्रबन्धक श्रेष्ठले बताए।

विस्फोटक पदार्थ प्रयोग गरेर गरिने सुरुङ उत्खननलगायतका काममा असर पर्ने उनले बताए। सुरक्षा बेसक्याम्पलाई पुरानै अवस्थामा फर्काउन समय लाग्ने भएकाले आयोजनाको दैनिक निर्माण कार्य प्रभावित हुने उनको भनाइ छ।

हावाहुरीले भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयको कक्षाकोठा भवनको छाना उडाएको छ। नारच्याङका स्थानीय महलबहादुर गर्बुजाको दुईतले ढुङ्गामाटोले बनेको घरको छाना उडाएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए।

नारच्याङ र आसपासका बस्तीमा रहेका अन्य घरगोठमा पनि क्षति पुगेको छ। हावाहुरीले सुन्तलाका दाना झारेर क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन्। क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष फगामीले बताए।

अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसर र भुसकेटमा पर्यटकको बसोबास व्यवस्थापनका लागि राखिएका १२ वटा टेन्ट हावाहुरीले उडाएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए। टेन्ट उडाएपछि पदयात्रामा रहेका पर्यटकलाई रात बिताउन समस्या भएको उनले बताए।

हावाहुरीपछि नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमका सेनानी मनिष गुरुङ, उपसेनानी नारायण पण्डित, आयोजनाका निर्देशक रमण सिंह, कर्मचारी, इलाका प्रहरी कार्यालय दानाका प्रहरी, स्थानीयवासी र सञ्चारकर्मीसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो। वडाध्यक्ष फगामीको रोहवरमा इलाका प्रहरी कार्यालय दानाले क्षतिको विवरणसहित प्रहरी मुचुल्का तयार गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका मौसमविद् सुमना रेग्मीका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मङ्गलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम चार दशमलव एक मिटरको गतिमा हावा मापन गरिएको थियो।

यसैबीच, ‘रन अफ द रिभर’ प्रकृतिको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको मुस्ताङसँगको सिमानामा निर्माणाधीन बाँधमा गत असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍याएको थियो।

गत जेठमा भालेबासको अडिट नं १ र असोज पहिलो साता घरापको अडिट नं ४ बाट सुरुङ खन्न सुरु गरिएको आयोजनाको निर्माण कार्य प्राकृतिक विपद्का कारण प्रभावित हुँदै आएको छ।

४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैङ्कको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहनेछ। 
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस