गर्भवतीले एक सातामै जितिन् कोरोना
१८ जेष्ठ २०७७
•
२ मिनेट पाठ
गर्भवतीले एक सातामै जितिन् कोरोना
कोरोनामुक्त भई भरतपुर अस्पतालबाट आइतबार डिस्चार्ज भएकी गर्भवती । तस्बिर : सूर्यप्रकाश/नागरिक
कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २५ वर्षीया गर्भवतीले एक सातामै कोरोनालाई जितेकी छिन् । शुक्रबार र शनिबार भरतपुरमा गरिएको कोरोना परीक्षणमा लगातार नेगेटिभ नतिजा प्राप्त भएपछि भरतपुर अस्पतालले आइतबार उनलाई पुष्पगुच्छा र निको भएको कागजपत्रसहित बिदाई गरेको छ । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १, चौकीटोल स्थायी घर भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गत बुधबार हेटौँडाबाट भरतपुर ल्याइएको थियो ।




भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले कोरोना संक्रमित महिला निको भएपछि उनलाई एम्बुलेन्समा हेटौँडा पठाइएको जानकारी दिए । उनका अनुसार भरतपुर अस्पतालमा अहिले अन्य दुई जना संक्रमितको उपचार भइरहेको छ । यसैगरी भरतपुर अस्पताल मातहत रहेको कोरोना विशेष अस्थायी अस्पतालमा चार जना संक्रमितको उपचार भइरहेको छ । यसअघि राप्ती नगरपालिका निवासी आमा र छोरा कोरोनामुक्त भई भरतपुर अस्पतालबाट घर फर्किएका थिए ।

कोरोनालाई जितेर घर फर्कन लागेकी पाँच महिनाकी गर्भवतीले आफूलाई कोरोना लागेको भनेर सुरुमा सुनाउँदा अचम्म लागेको बताइन् । आफूलाई कसरी कोरोनाको संक्रमण भयो भन्ने अनुमान लगाउनै नसकेको बताउँदै उनले भनिन्, ‘कोरोना परीक्षणको नतिजा पोजेटिभ आयो भन्ने सुन्नेबित्तिकै सुरुमा त डर पनि लाग्यो । अहिले भने खुसी लागेको छ । एक हप्तामै निको भएर घर जान पाएकी छु ।’ कोरोना भाइरसको संक्रमण हुँदैमा कोही आत्तिनु नपर्ने उनले सुझाव दिइन् ।

भरतपुर महानगरपालिका १२, मालपोतचोक नजिकै रहेको डेरामा पतिसहित बस्दै आएकी ती महिला जेठ ९ गते श्रीमानसँग मोटरसाइकलमा हेटौँडा गएकी थिइन् । हेटौँडा पुगेपछि स्थानीय जनप्रतिनिधिहरुले कोरोना परीक्षणपछि मात्र घर जानु भनेपछि ती महिला र उनका श्रीमान् बेलुका हेटौँडा ४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टीनमा राखिएको थियो । भोलिपल्ट जेठ १० गते शनिबार हेटौँडास्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल ल्याई आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको थियो । उनका पतिको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

कोरोना संक्रमित गर्भवती श्रीमानसँग डेरामा बस्दै आएको घरलाई गत बुधबार नै सिल गरी घरमा रहेका अन्य तीन जना र छिमेकका एक जनाको गत बिहीबार स्वाब संकलन गरी पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । शुक्रबार र शनिबारको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि गर्भवती महिला आइतबार डिस्चार्ज भएकी छिन् ।
अर्को समाचार
बालिका गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख जरिवाना
२३ फागुन २०८०
•
१ मिनेट पाठ
बालिका गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख जरिवाना
१३ वर्षीया बालिका करणी गरी गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरिएको छ।




इलाम जिल्ला अदालतले माङ्सेबुङ गाउँपालिका– २ का ६९ बर्से दिलबहादुर बोखिम राईलाई यस्तो फैसला सुनाएको हो। दिलबहादुरसहित अन्य दुईजनाले बालिकामाथि पटकपटक करणी गरेको भन्दै २०७९ वैशाख र जेठमा प्रहरीमा बेग्लाबेग्लै जाहेरी परेका थिए।

घटनाबारे २०७९ साउन १९ मा अदालतमा छुट्टाछुट्टै मुद्दाको अभियोग दर्ता भएको थियो। त्यसपछि ०७९ असार २९ मा इलाम अस्पतालले पीडित बालिकाको गर्भ रहेको पुुष्टि गरेको थियो। गर्भवती बालिका, गर्भपतन गराइएको शिशु र दिलबहादुरको डियोक्सिराइबो न्युक्लिक एसिड (डिएनए) विधि विज्ञान प्रयोगशालामा परीक्षण गराउँदा मिलेको रिपोर्ट आएको अदालतले जनाएको छ।

अदालतले गत १५ गते दिलबहादुरको कसुर ठहर गरेको थियो। फैसलापछि दिलबहादुरलाई कारागार चलान गरिएको छ। घटनाका थप दुई आरोपीले भने बालिकामाथि करणी गरेको पुुष्टि नभएपछि सफाइ पाएका छन्।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस