‘हटस्पट’ वीरगन्ज अब ‘ग्रिनजोन’
२६ जेष्ठ २०७७
•
६ मिनेट पाठ
‘हटस्पट’ वीरगन्ज अब ‘ग्रिनजोन’
एक महिनाअगाडि कोरोनाको ‘हटस्पट’ बनेको र अहिले शून्य संक्रमणपछि सामान्यतर्फ उन्मुख वीरगन्जको छप्कैया । तस्बिर : रितेश/नागरिक
एक महिनाअघि वीरगन्ज देशकै सबभन्दा बढी कोरोना संक्रमितको ठाउँ थियो । अहिले संक्रमितको संख्या शून्यमा झरेपछि वीरगन्ज अब ‘ग्रिनजोन’ बनेको छ । वीरगन्ज–२ स्थित एउटा यतिमखाना (अनाथालय) सँगै रहेको मस्जिदबाट ल्याएर गत चैत २८ मा जाँच गरिएका २६ भारतीय मुस्लिम धर्मप्रचारक (जमाती) मध्ये तीनजनामा कोरोना पुष्टि भयो । 




वीरगन्जमा प्रदेश २ कै पहिलो संक्रमण देखिएपछि लकडाउनमा कडाइ मात्र गरिएन, सहर नै सिल पनि गरियो । अहिले भने लकडाउन खुकुलो पारिएको छ । जेठ १३ मा सबै संक्रमित डिस्चार्ज भएपछि नारायणी कोभिड अस्पताललाई पुन ‘जनरल’ सेवाका लागि सुचारु गरिएको छ । यसै अस्पतालमातहत ७० शड्ढयाको बेग्लै अस्थायी कोभिड अस्पताल सञ्चालनमा राखिएको छ । 

‘संकट टरिसकेकै होइन तर वीरगन्जले कोरोना संक्रमण नियन्त्रणमा अहिलेसम्म भने केही हदसम्म सफल अवश्य नै भएको छ,’ नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले भने, ‘तीन कारणले हामीले अलिकति सन्तोषजनक अवस्था ल्याउन सकेका हौं, पहिलो हो पूर्वतयारी, दोस्रो प्रोपर स्क्यानिङ (संक्रमित पत्ता लगाउनु) र तेस्रो लकडाउनको कार्यान्वयन ।’

यसरी बढेको थिए संक्रमित

तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ थालियो । सोहीक्रममा वैशाख १४ गते छप्कैयाकै ४४ वर्षीय र ५० वर्षीय पुरुषमा संक्रमण फेला पर्यो । त्यसमा पनि ५० वर्षीयको सम्पर्क केलाउदै जाँदा वैशाख २१ मा वीरगन्ज–३ छप्कैयाका ३६ वर्षीय व्यक्तिको जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । ३६ वर्षीय पुरुषको ‘कन्टेक्ट ट्रेसिङ’ गर्दा वैशाख २४ मा उनको परिवारकै चार महिने शिशुदेखि ६६ वर्षीय वृद्धसम्म गरी सबै १७ सदस्यमा संक्रमण पुष्टि भयो । 

स्थानीय प्रसाशनले संक्रमितको क्षेत्रलाई पूर्ण रूपमा सिल गरेर आवतजावत निषेध गरेको थियो । ‘एरिया सिल भएपछि हामीलाई बिहानबेलुका छाक टार्न मुस्किल भयो, तरकारी थिएन, ग्याँस सकिएको थियो,’ वीरगन्ज छप्कैयाका कमल महतोले भने, ‘१२ दिन इँटाको चुल्हो बनाएर राहतमा पाएको चामल पकाएर बालबच्चालाई मैले पालें, त्यस्तो दुःख कहिल्यै नआओस् ।’ 

वैशाख ३० को दिउँसो पर्साका उनान्चालिस र बराका एकजना गरी चालिसजनालाई अस्पतालमा ल्याइएको थियो । त्यसपछि वीरगन्जको नारायणी अस्पतालमा आइसोलेसन बनाइएको ७२ शड्ढया भरेर संक्रमित राख्ने ठाउँ थिएन । त्यही साँझ थप १८ जनाको रिपोर्ट पोजेटिभ आयो । यसरी एकै दिनमा पर्साका ५७ र बराका एक गरी ५८ जना थपिएपछि सहरमा चौतर्फी भयको महोल बन्न गएको थियो । 

नारायणी अस्पतालमा ७२ शड्ढया भरिभराउ भएपछि थप बिरामीलाई क्वारेन्टाइनतिरै बस्ने व्यवस्था मिलाइएको थियो । अहिले भने वीरगन्जमा केही दिनदेखि नयाँ संक्रमण फेला परेको छैन । यहाँको गण्डक अस्पतालमा बनाइएको अस्थायी कोरोना अस्पतामा २९ जना भर्ना रहेका छन् । यसमध्ये अधिकांश ग्रामीण क्षेत्रका हुन । सुरुमा हटस्पट बनेको छप्कैयामा एउटा पनि संक्रमणको पुष्टि अहिले भएको छैन । 

यसरी भयो नियन्त्रण

‘कुनै माहामारी नियन्त्रणको लागि पूर्वतयारी एउटा महŒवपूर्ण कदम हुन्छ । त्यो नियन्त्रण हुनुपुर्व तयारीमै निर्भर हुन्छ,’ मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले भने, ‘माघमा जब पहिलो संक्रमण नेपालमा फेला पर्यो त्यतिबेला नै मन्त्रालयले पत्र पठाायो पुर्वतयारीका लागि अनि हामीले तयारी थालिरहेका थियौं ।’ 

सुरुमा नारायणी अस्पतालकै पुरानो भवनमा रहेको स्टोर खाली गरेर पाँच शड्ढयाको आइसोलेसन वार्ड यहाँ बनाइएको थियो । संघीय सरकार मातहतको यो अस्पतालमा प्रदेशको बजेट आएन । उता सरकारले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारलाई जिम्मेवारी सुम्पिसकेको थियो । त्यसपछि स्थानीय स्रोत परिचालन गरी चैत २१ मा यहाँ २० शड्ढयाको थप आइसोलेसन वार्ड बनाइयो । 

५ र २० गरी २५ शड्ढयाको आइसोलेसन तयार राखेको बेला तीन भारतीय जमातिमा संक्रमणको पुष्टि भएर उनीहरूलाई अस्पताल ल्याइएको थियो । त्यसअघि बाहिरबाट आएर क्वारेन्टाइनमा राखिएकामध्ये केही ज्वरो र रुघाखोकी लागेकालाई आइसोलेसनमा राख्ने गरिएको थियो । ‘तीन संक्रमित ल्याइएपछि, अब संख्या बढ्छ भन्ने लागिसकेको थियो, भित्रैभित्र तीन वार्ड खाली गरेर शड्ढयाहरूको दूरी मिलाएर राख्दा ७२ शड्ढया हामीले तयार गरिसकेका थियौं,’ डाक्टर उपाध्यायले भने, ‘त्यसपछि जब एकै परिवारका १८ संक्रमित थपिए, पहिलेको आइसोलेसनले नधान्ने भयो । हुरीले त्यसलाई क्षति पनि पुर्याइसकेको थियो । हामीले मूल भवनका वार्डहरूमा बनाइएको आइसोलेसनमा संक्रमितलाई राख्यौं ।’

यसबीचमा हटस्पट देखिएको छप्कैयामा तीन केन्द्र स्थापना गरेर पटकपटक थ्रोट स्वाबको नमुना संकलन गरी जाँच गरियो । ‘चिकित्सकहरूले टोलमैं आएर स्वाबको नमुना संकलन गरेर लगे,’ छप्कैयाका अफरोज अहमदले भने, ‘जब केसहरू बढ्न थाले, तब गाउँमा कोही पनि बाँच्दैन भन्नेजस्तो भय सबैलाई लागेको थियो । जब नमुना परीक्षण भएर सबैको रिपोर्ट नेगेटिभ आउन थाल्यो मानिसहरूको जिउने भरोसा फर्कियो ।’ अहिले छप्कैया पुनः समान्य बन्नेतिर उन्मुख बनेको उनले बताए । 

बेलैमा ‘कन्टेक्ट ट्रेसिङ’ गरेर आवश्यक व्यक्तिहरूको पहिचान गरी परीक्षण गरिएकाले लक्षण नदेखिएका संक्रमितलाई समुदायबाट ल्याएर आइसोलेसनमा राखी संक्रमणमुक्त गरी फिर्ता पठाउन सकिएको डा. उपाध्यायले बताए । पुर्व तयारीका दौरान अस्पतालले सुरुमै आफै ४० वटा पिपिइ खरिद ल्याएको थियो । पछि अरुतिरबाट पनि आयो । 

‘वास्तवमा यसमा टिम–वर्कले काम गरेको छ, हाम्रा चिकित्सकहरू, नर्सहरू, पारा मेडिकल स्टाफ र अन्य कर्मचारीले गर्दा त्यो जटिल अवस्थाबाट अहिले अलिक सहजतिर आउन सकिएको छ,’ डा. उपाध्यायले भने, ‘संक्रमितहरूको सम्पर्कमा जाने चिकित्सक र मेडिकल स्टाफका लागि सुरक्षित पहिरन उनीहरूको सूरक्षाका लागि र मोटिभेसनको लागि आवश्यक थियो ।’

उनले भनेजस्तै अरू जिल्लाले अहिले सञ्चालन गरिरहेका क्वारेन्टाइन व्यवस्थापन यहाँ पूर्वतयारीमा लकडाउन सुरु हुँदा नै गरिसकिएको थियो । विभिन्न पक्षले अवस्था नियन्त्रण गर्न सहयोग पनि गरेका छन् । वीरगन्ज महानगरपालिकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बस्नखान होटेलमा क्वारेन्टाइनको व्यस्थापन गरिदिएर सघाएको थियो । 

यहाँका नगरप्रमुख विजय सरावगीले कोरोना नियन्त्रणमा काम गरिरहेको टिमका लागि यो अत्यावश्यक ठानेर यस्तो व्यवस्था गरेको बताए । महानगरपालिकाले आर्थिक तथा भौतिक दायित्व वहन गर्नेगरी जिम्मा लिएपछि यहाँ अस्थायि कोरोना अस्पताल सञ्चालनमा आएर नारायणी अस्पतालमा पुनः समान्य सबै प्रकारको उपचार साबिकसरह सुरु भएको छ । 

सुरुमा २० शड्ढयाको आइसोलेसन वार्ड बनाउन पर्सा–१ का सांसदले पहल गरेर दाताहरूबाट स्रोत जुटाइदिएका थिए । जिल्लाका सांसद र नेकपाका नेताहरू मन्त्रालय धाए । कांग्रेस र तत्कालीन राजपाले सडकमै समाजिक दूरी बनाउँदै प्रदर्शन गरे । यसै क्रममा संक्रमित भएर पर्साका दुई पत्रकार आइसोलेसन वार्डमा वैशाख ३० देखि भर्ना हुन पुगेका थिए । उनीहरूले आइसोलेसनमा ठेकेदारले आपूर्ति गर्ने कमसल खाना नास्ताको खबर त्यही बसेर लेखे । 

सानो पाइलाजस्तो गैरसरकारी संस्था अघि सरेर गुणस्तरीय र पोसिलो खाना तथा खाजा संक्रमितलाई उपलब्ध गरायो । खानेपानी आपूर्ति तथा सरसफाइ लगायतमा सुधार भयो । जेठ १०, ११ र १२ गते गरी नारायणी अस्पतालबाट त्यहाँ रहेका संक्रमितहरू कोरोनामुक्त भएर डिस्चार्ज भएपछि त्यहाँ पुनः ‘जनरल’ स्वास्थ्योपचार सेवा सुरु भएको हो । कोरोना अस्पतालबाट पुनः ‘जनरल’ बनाइएको देशकै यो पहिलो अस्पताल हो । 

नारायणी अस्पतालले ७२ जनालाई र अस्थायी नारायणी कोभिड अस्पताल गण्डकले ३० जनालाई गरी अहिलेसम्म सय जनालाई कोरोनामुक्त बनाएर डिस्चार्ज गरिसकेको छ । अस्थायी नारायणी कोभिड अस्पताल गण्डकमा अहिले भर्ना रहेका २९ जनाको संख्या जोड्दा वीरगन्जमा पर्सा जिल्लाको र बरा, रौतहट तथा सर्लाहीबाट आएको समेत जोड्दा एक सय ३३ जनाको उपचार गरेको छ । जसमध्ये एक सय २ जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस