क्वारेन्टिनभित्रका किसानको पीडा : ‘सरकार ! खेत्वा जोत्नै रहगिल’
२६ जेष्ठ २०७७
•
३ मिनेट पाठ
क्वारेन्टिनभित्रका किसानको पीडा : ‘सरकार ! खेत्वा जोत्नै रहगिल’
जेठको धूपमा हल गोरु खेतमा लहरै जोतिरहेका दृश्य यो बेला गाउँमा सहजै देख्न सकिन्थ्यो । तर, यसपालि भने असार लाग्नै लाग्दा पनि खेतमा किसान देखिएका छैनन् । प्रायः किसानहरू गाउँका स्कुलमा बनाइएका क्वारेन्टिनभित्र बसिइरहँदा उनीहरूका खेतहरू अहिले बाँझै छन् ।  




यो बेला खेतबारी एक सरो जोतिसक्ने समय भएको बताउँदै गौरीगंगा–७, मट्कौनाका किसान तुल्सीराम चौधरीले भने,‘हम्रन हे जल्दी चेक कैदेऊ, सरकार ! खेत्वा जोत्नै रहगिल ।’ (हामीलाई चाँडै चेकजाँच गरिदेऊ, सरकार ! खेत जोत्नै रह्यो ।) क्वारेन्टिन भित्र बस्दा बस्दै थाकिसकेको बताउँदै उनले भने, ‘चाँडै चेकजाँच गरिदिए, घर गएर हलगोरु लगेर खेत जोत्न आँतुर भइसक्यौँ ।’ यो समयमा बाँझो जोत्दा, खेतले पानी सोस्ने र रोपाइँ गर्ने समयमा सहजता हुने उनी बताउँछन् । 

‘जेठ महिनामा हामीले बाँझो खेत जोतेर भ्याउनु पर्छ,’ उनले भने,‘असार पहिलो साता त हामी रोपाइँ सुरु गरिहाल्छौँ ।’ यसपालि क्वारेन्टिनमा रहँदा खेत जोत्ने रहेको गुनासो उनले पोखे । क्वारेन्टिनमा आएको धेरै समय वितिसक्दा पनि आफूहरूको स्वाब संकलन समयमै नगरिदिएको भन्दै आक्रोसित भएका उनले भने,‘सरकारले चाँडै चेकजाँच गरिदिएको भए किसानहरूले बाँझो खेत जोत्न भ्याउँथे ।’ दुई बिघा जमिनमा खेतीपाती गर्दै आएका उनी  भन्छन्,‘म यहाँ क्वारेन्टिन भित्रै कैद छु, उता मेरो दुई बिघा जमिन अहिलेसम्म बाँझै छ, अब कहिले क्वारेन्टिनबाट बाहिर जाउँला र कहिले खेत जोतौला, चिन्ता थपिएको छ ।’  

उनी मात्रै हैनन् अहिले कैलाली, कञ्चनपुरका किसानको पीडा उस्तै छ । यहाँका किसानहरू गहुँबाली छरेर मंसिरमा भारतको रत्नागिरि हानिन्छन् । रत्नागिरिमा आँपको रखवाली गरेर जेठ पहिलो साता घर फिर्छन् र लाग्छन् बर्खे खेतीपातीको चाँजोपाँजो मिलाउन । तर, यसपालि भने कोरोना त्रासले गर्दा ढिलो गरी सीमाबाट नेपाल भित्रिएका उनीहरू गाउँकै स्कुलको क्वारेन्टिनमा कैद छन् ।  

अर्का स्थानीय देवनारायण चौधरी पनि क्वारेन्टिन भित्रबाटै बाँझो खेत चियाउँदै छन् । ‘सबैका खेत बाँझै छन्,’ उनले भने,‘सबै किसान अहिले क्वारेन्टिनभित्रै कैद भएकाले होला खेत बाँझै छ ।’ सरकारले चाँडै चेकजाँच गरेर छोडिदिए किसानले समयमै बाली लगाउने तयारी गर्ने बताउँदै उनले भने,‘हामीलाई क्वारेन्टिनबाट चाँडै छोडिदिए हुन्थ्यो ।’  

कैलाली, कञ्चनपुरका किसानहरू सिजनल रोजगारी गरेर भारतबाट घर फर्केको बताउँदै कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने, ‘फर्केका सबै किसानहरू अहिले गाउँकै क्वारेन्टिनमा छन् ।’ यो समयमा किसानले दोस्रो पटक खेत जोतिसक्ने बेला भए पनि क्वारेन्टिनभित्र रहेका किसानको खेत भने बाँझै छ । 

किसानले यो बेला कम्पोष्ट मल खेतबारीमा राख्ने, पहिलो जोगाई गरेर पनि दोस्रो जोताई गरिसक्ने समय भएको बताउँदै उनले भने,‘यो बेला खेत जोतेर ठीक्क पारेका किसान असार पहिलो साता तेस्रो जोताई गरेर रोपाइँ सुरु गरिसक्छन्, तर कोरोना त्रासका कारण किसानले अहिलेसम्म पहिलो जोताई पनि भ्याउन सकेका छैनन् ।’ किसानी गर्नेहरूलाई स्वास्थ्य परीक्षणमा प्राथमिकता दिनुपर्ने बताउँदै उनले भने,‘स्वास्थ्यको आफ्नो नीति होला, तर पनि प्राथमिकताका आधारमा किसानी गर्नेलाई दिनुपथ्र्यो ।’ 

तीन महिने लक डाउनका कारण खाद्य संकट निम्तन सक्ने भन्दै सरोकारवालाले भनिरहँदा अहिले किसानलाई क्वारेन्टिनबाट चाँडै बाहिर निकालेर खेतीपाती तर्फ सहजता बनाइदिनु पर्ने अगुवा किसान रमेश भाट बताउँछन् । ‘खेत जोत्ने यो समयमा किसान जति सबै क्वारेन्टिनमै कैद छन्,’ उनले भने,‘ढिलोगरी किसान क्वारेन्टिनबाट छोडिँदा रोपाइँ गर्न समस्या हुने र अन्न उत्पादनमा कमी हुन सक्ने हुन्छ ।’ बीउ राखिसकेका किसानले खेत जोत्न नपाएर ब्याड बूढो भएमा फसल नदिने हुन सक्ने बताउँदै उनले भने,‘किसानले समयमै खनजोत गरेर ब्याड रोप्न पाएन भने उत्पादनमा कमी आउँछ ।’ 
अर्को समाचार
रोपाइँ सकियो, मल छैन
०२ साउन २०७७
•
३ मिनेट पाठ
रोपाइँ सकियो, मल छैन
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढी । तस्बिरः नागरिक
पुनर्वास कञ्चनपुरका कल्लु राना यतिबेला धान रोपाइँ सकेर रासायनिक मलको खोजीमा छन् । कहिले कुनै सहकारी त कहिले कृषि सामग्री पाइने पसल धाउन थालेका छन् । रोपाइँ गरेकै दिन खेतमा हाल्नुपर्ने युरिया अहिलेसम्म उनले हाल्न सकेका छैनन् । ‘धान रोपेको १५ दिन बितिसक्यो, मल हाल्न पाएकै छैन,’ उनले भने,‘धान रोपेकै दिन हाल्नु पर्छ, तर अहिलेसम्म मल नपाउदा खेतमा हाल्न सकेको छैन ।’ उनी मात्रै हैनन् अहिले सुदूरपश्चिमका आधा भन्दा बढी किसान मल अभावमा भौतारी रहेका छन् ।




सुदूरपश्चिम प्रदेशमा १ लाख ८१ हजार ६ सय ४ हेक्टर जमिनमा गरिने धान खेतीका लागि ८ हजार मेट्रिक टन युरिया, ६ हजार ५ सय मेट्रिक टन डिएपी आवश्यक पर्छ । तर, संघीय सरकार मातहत रहेको कृषि सामग्री लिमिटेड केन्द्रीय कार्यालय काठमाडौंले सुदूरपश्चिमका किसानका लागि युरिया ३ हजार ६ सय ३४ मेट्रिक टन उपलब्ध भएको छ । यति मल आउदा पनि अझै सुदूरपश्चिममा ४ हजार ३ सय ६६ मेट्रिक टन युरिया अपूग छ ।  

यस्तै यस वर्ष २ हजार ८ सय ८० मेट्रिक टन डिएपी आएको थियो । जसमध्ये अझै ३ हजार ६ सय २० मेट्रिक टन डिएपी सुदूरपश्चिमका किसानलाई अपूग रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए । उनले भने,‘सुदूरपश्चिम प्रदेशका किसानलाई आवश्यक पर्ने मल भन्दा ५० प्रतिशत कम मल अपूग भएको छ ।’ संघीय सरकारबाट नै कोटा निर्धारण गरिएका कारण कोटा अनुसार नै सुदूरपश्चिममा मल आउने गरेको बताउदै उनले भने,‘जति कोटा थियो त्यति नै हो मल आउने, तर यहाँ कोटा भन्दा ५० प्रतिशत बढी मल आवश्यक पर्छ ।’ आफूहरुले वार्षिक कार्य योजनामा हरेक वर्ष सुदूरपश्चिम प्रदेशका किसानलाई आवश्यक पर्ने परिणाममा मल उपलब्ध गराइदिन भन्दै पत्राचार गर्ने गरेको बताउदै उनले भने, ‘तर केन्द्रबाट हामीले पठाएको परिणामको आधा गरेर कोटा निर्धारण गरी मल पठाइन्छ ।’

कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले यहाँका सहकारीमार्फत वितरण गर्ने मल पनि सहज रुपमा किसानले पाउन समस्या भएको अगुवा कृषक रमेश भाट बताउँछन् । ‘किसानलाई आवश्यक रासायनिक मल नै सरकारले पुर्‍याउन सकिरहेको छैन,’ उनले भने,‘यस्तो अवस्थामा कसरी कृषिमा क्रान्ति ल्याउन सकिन्छ ।’ सरकारी तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा किसानलाई चाहिने भन्दा ५० प्रतिशत कम परिणाममा मलको कोटा निर्धारण गर्नु र छुट्याइएको कोटाको मल पनि समयमा वितरण नहुँदा किसान मर्कामा पर्ने गरेको उनको भनाइ छ ।  

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिएर बजेट बढाएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने भन्दै प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रम पनि ल्याएको छ । तर, किसानलाई चाहिने परिणाम भन्दा ५० प्रतिशत कम कोटा निर्धारण गरेर सुदूरपश्चिमलाई मल पठाउदा कृषि क्षेत्रमा सोचेजस्तो उपलब्ध हात नपार्ने अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका सुदूरपश्चिम संयोजक टंक कोइराला बताउँछन् । ‘प्रदेश सरकारले कृषिमा क्रान्ति गर्ने भन्दै नयाँ नयाँ कार्यक्रम ल्याउँछ,’ उनले भने,‘तर, किसानलाई चाहिने मात्रामा मलको कोटा निर्धारण नगरी ५० प्रतिशत कम मल आयात गर्छ ।’    

सुदूरपश्चिम प्रदेशलाई वार्षिक पाँच लाख ६१ हजार ७ सय ४५ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ, जसमध्ये चार लाख ९५ हजार ६ सय ८९ मेट्रिक टन अहिलेको उत्पादन रहेको छ । वार्षिक ६६ हजार ५६ मेट्रिक टन खाद्यान्न सुदूरपश्चिम प्रदेशले अन्य प्रदेशबाट आयात गर्नु परेको छ । आधुनिक कृषि प्रणाली, प्रविधिसँगै किसानले पर्याप्त मात्रामा रासायनिक मल पाउन सके कैलाली र कञ्चनपुरकै उत्पादनले सुदूरपश्चिम प्रदेशलाई पर्याप्त खाद्यान्न पुग्ने किसान नेता कोइराला बताउँछन् । ‘आधुनिक कृषि प्रणालीसँगै प्रविधि र यहाँका किसानलाई चाहिने मात्रामा रासायनिक मल पुर्‍याउन सके सुदूरपश्चिममा खाद्यान्न आयात हैन यहाँबाट निर्यात गराउन सकिन्छ,’ उनले भने ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस