रिपोर्ट ढिलाइले क्वारेन्टिनमा तनाव
२८ जेष्ठ २०७७
•
४ मिनेट पाठ
रिपोर्ट ढिलाइले क्वारेन्टिनमा तनाव
सदरमुकाम मलंगवास्थित कभर्ड हलको क्वारेन्टिनमा भारतबाट आएर बसेका सर्वसाधारण । तस्बिर : टंक/नागरिक
स्वाब परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा सर्लाहीका विभिन्न पालिकाले स्थापना गरेको क्वारेन्टिनमा तनाव बढ्न थालेको छ । लामो समयसम्म बस्नुपरेको भन्दै क्वारेन्टिनमा रहेका सर्वसाधारणले स्वास्थ्यकर्मी, भान्सेलगायतलाई दुर्व्यहार गर्नेजस्ता घटना हुन थालेका छन् । पालिकाका प्रमुख/अध्यक्ष एवं कर्मचारी क्वारेन्टिन स्थलमा आए ढुंगामुढासहित आक्रमणसमेत हुन थालेको छ ।




स्वाब परीक्षण रिपोर्ट आउन ढिला हुँदा साह्रै समस्या आइपरेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए । ‘जेठ १८ गते नै क्वारेन्टिनमा बसिरहेका एक सय ४९ जनाको स्वाब पठाएको तर अहिलेसम्म रिपोर्ट आएको छैन,’ अध्यक्ष महतोले नागरिकसँग मंगलबार भने, ‘कतिपय त जेठ २ गतेदेखि क्वारेन्टिनमा छन्, लामो समयदेखि क्वारेन्टिनमा राखेको भन्दै गालीगलौज र आक्रमण नै गर्न थालेका छन् ।’  

केही दिनअघि क्वारेन्टिनमा रहेकाहरूले आफूहरूलाई खाना पकाएर खुवाउँदै आएका एक भान्सेलाई समेत आक्रमण गरेका थिए । राति कुटाकुट नै भएको बताइएको छ । स्वाब परीक्षणको रिपोर्ट आउन ढिला हुँदा एकातिर क्वारेन्टिन स्थलमा तनाव बढ्दै गएको छ भने अर्कोतिर क्वारेन्टिनमा बसेकालाई खाना खुवाउनेलगायत व्यवस्थापनमा हजारौं खर्च बढिरहेको भन्दै पालिका प्रमुखहरू चिन्तित बनेका छन् ।

त्यस्तै गोडैता नगरपालिकामा केही दिनअघि क्वारेन्टिन स्थलमा खटिँदै आएका स्वास्थ्यकर्मीमाथि नै आक्रमण भयो । लामो समय भइसक्दा पनि नछाडिएको भन्दै क्वारेन्टिन स्थलमा बस्दै आएका स्थानीयले स्वास्थ्यकर्मीमाथि आक्रमण प्रयास गरेका हुन् । स्वाब परीक्षणको रिपोर्टमा ढिलाइ हुँदा सामाजिक–आर्थिक रूपमा निकै कठिनाइ बेहोर्नुपरिरहेको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले गुनासो गरे । ‘मेरो नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसिरहेका ८८ जनाको १७ गते तथा ८७ जनाको १९ गते स्वाब जनकपुर पठाएको हो,’ प्रमुख साहले नागरिकसँग भने, ‘तर पछि जनकपुर अस्पतालले फेरि काठमाडौंस्थित टेकु अस्पताल नै पठायो रे, अहिले त जनकपुरले काठमाडौंलाई अनि काठमाडौंले जनकपुरलाई दोष देखाएर ढिलाइ भइरहेको आरोप लगाउने गरेका छन् ।’  

भाडा लगायतमा १० हजार रुपैयाँ हाराहारी कम खर्च लाग्ने भनेर सुरुमा जनकपुर पठाउँदा अहिले लाखौं डुब्ने अवस्था आएको प्रमुख साहले बताए । ‘जनकपुरमा पनि नयाँ मेसिन आयो रे, राम्रोसँग काम गर्छ रे भनेपछि काठमाडौं पठाउँदा भन्दा १० हजारजति कम खर्च लाग्छ भनेर त्यता पठाइयो’, प्रमुख साहले गुनासो गरे, ‘तर त्यहाँ जाँचिसकेपछि पनि फेरि मेसिनले काम गरेन रे भनेर स्वाब गज्याङगुजुङ पारेर अव्यवस्थित ढंगले बोरामा हालेर काठमाडौं पठाइएको भन्ने सुनेका छौं, स्वाब पठाउन १० हजार रुपैयाँ कम लाग्छ भनेर काठमाडौंको सट्टा जनकपुर पठाइयो, अहिले परीक्षण रिपोर्टमा ढिलाइ हुँदा दैनिक २० हजारभन्दा बढी क्वारेन्टिन स्थलमा खर्च गर्नुपरिरहेको छ ।’

जिल्लास्थित विभिन्न पालिकाको क्वारेन्टिनमा बसेकाहरूको स्वाब परीक्षण रिपोर्ट आउन ढिलाइ हुँदा समस्या बढ्दै गएको प्रजिअ मोहन जिसीले बताए । ‘स्वाब परीक्षण रिपोर्टमा ढिलाइ हुँदा एकातिर क्वारेन्टिन स्थलमा बसेकाहरू आक्रोशित बनिरहेकाले शान्ति सुरक्षामा समस्या बढिरहेको छ,’ प्रजिअ जिसीले भने, ‘अर्कोतिर रिपोर्ट आउन ढिलाइ हुँदा एकै ठाउँमा बसिरहेकामध्ये पोजेटिभ केस आए अन्य नेगेटिभवालाहरूलाई पनि संक्रमण फैलिसकेको हुन सक्ने त्रास बढेको छ ।’  

केही दिनअघि कविलासी नगरपालिकाको क्वारेन्टिनमा राखिएकामध्ये ३५ जनामा पोजेटिभ रिपोर्ट आएको थियो । एक साताभन्दा बढी समयपछि रिपोर्ट आएकाले नेगेटिभ रिपोर्ट आएकालाई समेत आरडिटी गरेर छाड्न खोज्दा एक प्रहरीसहित पाँचजनामा कोरोना देखिएपछि उनीहरूलाई पनि आइसोलेसनमा राखेर परीक्षणका लागि पुनः स्वाब पठाइएको छ । रिपोर्ट तुरुन्त नआए क्वारेन्टिन स्थल नै कोरोना भाइरस संक्रमण फैलने ठूलो माध्यम बन्न सक्ने विज्ञहरू बताउँछन् ।

प्रजिअ जिसीका अनुसार मलंगवा, हरिपूर्वा, चन्द्रनगर, लालबन्दी, कौडेना, हरिवन लगायत विभिन्न पालिकाको क्वारेन्टिनमा बसेकाको स्वाब निकालेर पठाए पनि रिपोर्ट आउन ढिलाइ हुँदा तनाव बढ्दै गएको छ । ‘पहिला स्वाब प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो, पछि त्यहाँबाट पुनः काठमाडौं पठाइएछ’, प्रजिअ जिसीले भने, ‘अहिले दुवैतिर ताकेता गर्नुपरिरहेको छ, एक ठाउँबाट अर्को ठाउँलाई देखाएर ढिलाइ हुँदा हामी मारमा परिरहेका छौं ।’

हाल जिल्लास्थित २० वटै पालिकाका एक सय १९ स्थानमा रहेका क्वारेन्टिनमा तीन हजारभन्दा बढी सर्वसाधारण बसिरहेका छन् । उनीहरू भारतबाट आएर स्वाब परीक्षणपछि रिपोर्ट नेगेटिभ आए घर जान आतुर भएकाले रिपोर्ट आउन ढिलाइ हुँदा आक्रोश बढ्दै गएको प्रजिअ जिसीको भनाइ छ ।
अर्को समाचार
मतदान गर्न पिसिआर रिपोर्ट अनिवार्य
०३ जेष्ठ २०७८
•
२ मिनेट पाठ
मतदान गर्न पिसिआर रिपोर्ट अनिवार्य
राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न ७२ घण्टा अघिको पिसिआर रिपोर्ट आवश्यक पर्ने भएको छ। निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गर्दै उपनिर्वाचनका मतदातालाई मतदानअघि पिसिआर रिपोर्ट अनिवार्य गरेको हो।  




आयोगका अनुसार यो स्वास्थ्य मापदण्ड जेठ ६ गते बागमती प्रदेश र जेठ १६ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा लागु हुनेछ। आयोगले स्वीकृत गरेको स्वास्थ्य मापदण्डअनुसार मतदान स्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ डेक्स स्थापना गरिनेछ। ‘मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि ७२ घण्टा अवधिभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने ‘कोभिड संक्रमण देखिएका मतदाताका लागि छुट्टै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र त्यस्तो मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकलाई अनिवार्य रुपमा पिपिई प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइसकिएको छ।’

मापदण्ड अनुसार मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी पर्यवेक्षक, उम्मेद्धार र मतदातालाई कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्नेछ। मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ जना मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायतका सामग्रीहरू र मतदान सम्पन्न भएपछि मतपेटीका सिल गर्नुअघि र गणनास्थलमा मतपेटीका खोल्नुअघि मतपेटीका निसंक्रमण गर्नुपर्नेछ। मतदानस्थलमा अनिवार्य रुपमा स्वास्थ्य उपकरणसहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा व्यवस्था गरिने आयोगले जनाएको छ।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा र चन्द्रबहादुर खडका एमाले प्रवेश गरेपछि बागमती र लुम्बिनीमा राष्ट्रियसभा सदस्यको १/१ पद खारेज भएको थियो। जसअनुसार बागमतीमा जेठ ६ गते र लुम्बिनीमा जेठ १६ गते उपनिर्वाचन हुन लागेको हो।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस