रातो रिबनभित्र कैद कोरोना संक्रमित, गाउँमा त्रास
०७ असार २०७७
•
३ मिनेट पाठ
रातो रिबनभित्र कैद कोरोना संक्रमित, गाउँमा त्रास
गौरीगंगा नगरपालिका–१, गोप्का चौमालामा एक कोरोना संक्रमितको घरमा बाँधिएको रातो रिबन । तस्बिरः पुष्पराज जोशी/नागरिक
घर अगाडि रातो रिबन बँधिएको छ । रातो रिबन भित्रको घरमा दुई युवाहरु पाँच दिनदेखि कैद छन् । असार ३ गतेका दिन उनीहरुको घरमा वडाका जनप्रतिनिधि आएर रिबन बाँधेर गए । त्यसपछि न उनीहरुको हालखबर सोधिएको छ, न त उनीहरुको स्वास्थ्य चेकजाँच नै गरिएको छ । गौरीगंगा नगरपालिका–१, गोप्का (चौमाला) का २७ वर्षिय र २६ वर्षिय पुरुष (दाजु भाइ) लाई पिसिआर चेकपछि कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि एकाएक जनप्रतिनिधि आएर उनीहरुको घर रेड जोनमा परेको भन्दै रातो रिबन बाँधिएको थियो ।  




भारतको दिल्लीबाट गत जेठ १० गते उनीहरु चौमाला फर्केका हुन् । चौमालास्थित पशुपति माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा बसेका उनीहरुको आरडिटी जाँचमा पोजेटिभ देखिएपछि पिसिआर जाँच गरिएको थियो । पिसिआरको रिपोर्ट ढिला आउने भएपछि वडाध्यक्षले जेठ ३० गते उनीहरुलाई घर पठाइदिए ।

‘रिपोर्ट नआउँदै जेठ ३० गते वडाध्यक्षले घर पठाइदिए,’ कोरोना संक्रमित २७ वर्षिय पुरुषले भने,‘हाम्रो रिपोर्ट नआउन्जेल यही बस्छौँ भन्दा कसैले मानेनन्, घर पठाइदिए, अहिले आएर घरमै रातो रिबन बाँधियो ।’ क्वारेन्टिनबाट सिधै घरमा आएर बसेको बताउँदै अर्का संक्रमित २६ वर्षिय पुरुष भन्छन्,‘क्वारेन्टिनबाट हामी सिधै घरमा आएर बस्यौँ, यहाँ आएको चार दिनपछि त पोजेटिभ रिपोर्ट आएको खबर पायौँ ।’ आफूहरुलाई पोजेटिभ देखिएपछि अहिलेसम्म कसैले पनि उपचारका लागि लैजान नआएको उनी दुखेसो पोख्छन् । ‘हामीलाई पोजेटिभ भएको छ भनेर हल्ला गरियो, फेरि घरमै रातो रिबन बाँधेर राखियो,’ उनले भने,‘तर, उपचारका लागि कोही आएनन् ।’ एक्कासि घरमा रातो रिबन बाँध्दा मनमा डर लाग्नुका साथै घर परिवार सबै डराएको बताउँदै उनले भने,‘घर अगाडिको रिबनले गाउँ टोलका सबै त्रासमा छन्, गाउँलेले यो बाटो हिँड्नै छाडिसके ।’  

आफूहरुलाई कारोना पोजेटिभ देखिएपछि वडाध्यक्षले नै नर्मल छ, घरमै बस भनेर बाध्य पारेकाले घरभित्रै कैद रहेको बताउँदै उनले प्रश्न गरे,‘हाम्रो अवस्था नर्मल भए, किन घर वरपर रातो रिबन बाँधेर राखियो ?’ दुई दाजुभाइसँगै वडा नम्बर १ मा १८ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएका कसैलाई पनि उपचारका लागि लगिएको छैन ।  

गाउँमा आएर कोरोना संक्रमितका घरमा रातो रिबन बाँधिदिएपछि आफूहरु त्रसित बनेको बताउँदै स्थानीय कृष्ण बोगटीले भने,‘वडा कार्यालयले सुरुमै क्वारेन्टिनबाट नछाड्नु पर्ने हो, छाडिदियो, त्यसपछि भने कोरोना पुष्टि भएकालाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने त्यो नराखिदिँदा हामी त्रासमा छौँ ।’  

संघीय र प्रदेश सरकारले केही गर्न नसकेको अवस्थामा आपूmहरुले पनि केही गर्न नसक्ने बताउँदै वडाध्यक्ष जगतराम चौधरीले भने,‘क्वारेन्टिनबाट हामीले पठाएका हैनौ, उनीहरु आफै गएका हुन्, त्यसपछि पनि पोजेटिभ रिपोर्ट आउँदा घरमा रिबन बाँध्नसम्म त सक्यौँ ।’ कोरोनाको उपचार केही नभएको बताउँदै उनले भने,‘कोरोनाको उपचार छैन, त्यसका लागि उहाँहरुलाई घरमै बसेर स्वास्थ्य लाभ लिन आग्रह गरेका छौँ ।’ कोरोना संक्रमितको स्वास्थ्य अवस्थाबारे जाँचबुझ गर्ने अधिकार स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीको रहेको बताउँदै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने,‘सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अधिकार दिइएको छ, आ–आफ्नो क्षेत्रका बिरामीको जिम्मा सम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मीले लिनुपर्छ ।’ गौरीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख आशा दाहाललाई यस सम्बन्धि जानकारी लिन सम्पर्क गर्न खोज्दा उनले फोन उठाइनन् ।
अर्को समाचार
७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद
०५ चैत्र २०७७
•
१ मिनेट पाठ
७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद
७८ वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ। जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मङ्गलबारको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई २५ हजार रुपैयाँ  क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए।




पीडित वृद्धालाई आरोपित विकले २०७६ भदौ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए। त्यसलगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो। प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत २०७६ भदौ २६ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग अभियोगमा मुद्दा दर्ता गरेको थियो। रासस
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस