५५ वर्ष उमेर नाघेका पत्रकारलाई प्रोत्साहन भत्ता दिइने
११ असार २०७७
•
२ मिनेट पाठ
५५ वर्ष उमेर नाघेका पत्रकारलाई प्रोत्साहन भत्ता दिइने
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सातौं गाउँसभामा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई र प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल । तस्बिर : नागरिक
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका पत्रकारलाई प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार आयोजित सातौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ देखि ५५ वर्ष उमेर पुरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुरा गरेका पत्रकारलाई मासिक दुई हजार प्रोत्साहन भत्ता उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको हो ।  




पत्रकार महासंघको सदस्यता लिएर पत्रकारिता पेशासँगै अन्य पेशामा आवद्ध रहेका पत्रकारको हकमा भने यो व्यवस्था लागू नहुने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । ‘पत्रकारको पेशागत सुरक्षाका लागि चर्चा गर्ने तर कार्यान्वयन नगर्ने’ राष्ट्रिय समस्याकाबीचमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले स्थानीय सरकारकारुपमा पत्रकारमैत्री नीति तथा कार्यक्रम ल्याएको हो । प्रोत्साहन भत्ताको मात्रा क्रमशः वृद्धि गर्दै लैजान सकिने गाउँपालिका अध्यक्ष राईले बताए ।  

गाउँपालिकाले जिल्लामा क्रियासिल पत्रकारलाई मुटु, क्यान्सर, मष्तिष्कघात जस्ता गम्भीर प्रकृतिका रोग लागेको अवस्थामा उपचारमा लागेको २० प्रतिशत खर्च सहयोग गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । यस्तै, जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यमको वृद्धि विकासका लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पुरा गर्ने सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने, गाउँपालिकाको सुशासन अभिवृद्धिका लागि सूचनाको हक सम्वन्धी कानून कार्यान्वयनमा जोड दिने, गाउँपालिकाका हरेक सूचना घर–घरमा पुर्‍याउने, सामुदायीक संवाददाता उत्पादन गर्न पत्रकारिता प्रशिक्षण सञ्चालन गर्ने, एफ.एम.रेडियो सञ्चालनका लागि अनुमति दिने लगायतका बुँदा नीति तथा कार्यक्रममा उल्लेख छ । 

‘पत्रकारको हितमा नीति तथा कार्यक्रम ल्याउन पर्‍यो भनेर मुलुकभर आवाज उठेको देखिन्छ । तर, त्यसको कार्यान्वयन भएको देखिन्न । कम्तीमा यसको सुरुवात हाम्रो ठाउँबाट गरौं भन्ने हाम्रो नीति हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘सूचना तथा सञ्चार माध्यमको दृष्टिकोणले नमूना गाउँपालिकाकोरुपमा विकसित गर्ने लक्ष्य लिएका छौँ । यो स्थानीय सरकारको दायित्व पनि हो ।’  

मिडियामैत्री नीति तथा कार्यक्रम ल्याएको भन्दै जिल्लाका पत्रकारले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको नीति तथा कार्यक्रमको स्वागत गरेका छन् । अन्य स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले समेत पत्रकारको हितमा नीति तथा कार्यक्रम ल्याउनुपर्ने पत्रकारको भनाई छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैयाँ बजेट प्रस्तुत गरेको जनाएको छ ।  
अर्को समाचार
पत्रकारका परिवारको स्वास्थ्य बीमा
१० चैत्र २०७७
•
१ मिनेट पाठ
पत्रकारका परिवारको स्वास्थ्य बीमा
पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक स्वास्थ्य बीमा गर्न थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा मातहतका ३ सय बढी पत्रकार र तिनका परिवारको बीमा गरिने महासंघले बताएको छ ।  




महासंघ कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा गरिने पारिवारिक बीमाको शुभारम्भ गरिएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बीमाको कागज पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेर बीमा कार्यक्रमको शुभारम्भ गरे ।  

महासंघले आर्थिक अभावमा पत्रकारको परिवार उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यले पारिवारिक बीमा गरेको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार महासंघको सदस्य रहेको पत्रकार र उनको पाँचजनासम्मको परिवारको पारिवारिक बीमा गरिनेछ । एकलाखको पारिवारिक बीमाका लागि ३ हजार ५ सय रुपैयाँ लाग्ने र सो रकम पोखरा महानगरपालिकाले बेहोर्ने उनले जानकारी दिए ।

बीमा शुभारम्भ कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सँधै अर्काको दुःखका समाचार लेख्ने पत्रकारको स्वास्थ्यमा आइहालेमा सहजै उपचार होस् भन्ने उद्देश्यले महानगरले सहयोग गरेको बताए । स्वास्थ्य बीमा बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले स्वास्थ्य बीमाप्रति अरुलाईपनि आकर्षित गर्न पत्रकारको पारिवारिक बीमाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस