‘मेरो बाबु ! मलाई छोडेर किन गयौं ? कसरी बाँच्छु म अब ? मेरी छोरीले कसको के बिगारेकी थिइन् ? हे भगवान मेरी छोरी ल्याइदेऊ,’ छोरीको हत्या भएको छेउमै दर्जनौ महिलाको भीडमा विलौना गर्दै थिइन् संगिता । छोरी हत्याको वियोगमा तडपीरहेकी थिइन । उनी अचेत हुन्थिन् । मुर्छा परेपछि भीडमा रहेकी महिलाहरूले उनलाई सम्हाल्न खोज्दै थिइन् । तर निमर्म हत्या भएको देखेर उनीहरू समेत कमजोर भइसकेका थिए । शव हेर्न टोलका सयौं मानिसहरूको घुँइचो थियो । सबैको आँखा रसाएकै देखिन्थ्यो ।
जानकी मातालाई भाकल गरी पाएकी एक्ली छोरीको हत्या भएको उनलाई पत्यारै लागिरहेको थिएन् । तर सबैले मरिसकेको भनेपछि छोरीलाई जिउँदो बनाइदिन भगवान र भीडका मानिसहरूसित उनी गुहार लगाउँदै थिइन् । तर दुई दिनदेखि छोरी हराएको पीडाले भोकै बसिरहेकी उनलाई रुन शक्ति समेत बाँकी थिएन् । फेरी मुर्छा परेपछि आफन्तले बोकेर उनलाई लगे ।
गत बुधबारदेखि बेपत्ता भएकी जनकपुरधाम उपमहानगरपालिका—२१ स्थित कुर्थाकी ११ वर्षीया कंचन पंजियारको शव शुक्रबार विहान घरभन्दा करिब एक किलोमिटरको दुरीमा रहेको दुधमती नदीको किनार झाडिमा फेला परेको थियो । बुधबार विहान करिब ११ बजे पाडापाडी चराउन हिँडेकी उनी रातिसम्म घर नआएपछि उनको परिवार तथा छिमेकीले खोज्न सुरु गरेका थिए ।
‘घरमा खाना पाकिसकेको थिएन् । आमाले खाना खाएर मात्र पाडी चराउन जानु भन्दा कंचनले मानिन् । तीनवटा पाडापाडी लिएर चराउन उनी भोकै निस्किन,’ कंचनकी जेठा दाई राजुले भने, ‘हामीलाई तरकारी किन्न ढल्केवर बजार जानु थियो । खाना पकाएर १२ बजे पुग्दा आँपको बगैँचामा पाडापाडी चर्दै थियो । तर कंचन त्यहाँ थिइनन् । बगैँचा छेउमै आँप बेचिरहेकी काकीलाई खाना दिएर आमासँगै म पनि बजार हिँडे ।’ उनका काका महेन्द्रका अनुसार कंचन उनकै घरमा खाना खाएर पाडापाडी चराउन हिडेकी थिइन् ।
कंचनकी बुवा विनोद पंजियार सहित उनका परिवारका सबैजना तरकारी व्यवसाय गर्दै आएका छन्। तर गरिब परिवार भएकाले उनका बुवा टोलमा कहिलेकाहीँ मजदुरी समेत गर्छन् । कंचन हराएको दिन उनका बुवा विनोद पंजियार र कान्छा दाइ रोशन अरुको खेतमा धान रोप्न गएका थिए ।
खाना दिन पुग्दा कंचन नभेटिएपछि उनकी आमा र दाईलाई कंचन गाउँमै महासेठ सेवा समितीको भवनमा आयोजित शुद्धि भोजमा सामिल हुन गएको हुनसक्ने आशंका थियो । ‘बजारबाट फर्किदा पनि कंचन भेटिनन् । हामीहरू तीन÷चार पटक भोजमा खोज्यौँ । तरपनि नभेटेपछि महेन्द्रनगरमा काकाकी सासु बित्नु भएको थियो । काकासँगै त्यहीँ गएकी होलान जस्तो लाग्यो । तर साँझमा काकासँग नगएको हामीले थाहा पायौं,’ राजुले थपे ।
त्यसपछि आफन्त र छरछिमिक सबैजना कंचनको खोजीमा लागे । तर कतै नभेटिएपछि उनका घरपरिवार, आफन्त सबै आत्तिए। उनको घरमा रुवाबासी सुरु भयो । बिहीबार विहान करिब ८ बजे कंचन हराएको प्रहरीलाई खबर आएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए । प्रहरीको सहयोगमा बिहीबार राति ११ बजेसम्म झारपात, पोखरी, खेत सबैतीर उनको खोजी भयो । तर कतै भेटिएनन् ।
शुक्रबार विहान करिब साढे १० बजे खेतमा धान रोपिरहेकी एक स्थानीय महिला दाँत सफा गर्न दत्युन लिन दुधमती किनार पुगिन् । ‘हामी खेतमा धान रोप्दै थियौँ । घरबाट खाजा आइसकेपछि उनी दत्युन लिन गएकी थिइन् । उनलाई त्यहाँ केही गन्याएको जस्तो लाग्यो । के हो भनेर हेर्न जाँदा लास देखिन् । उनले हामी सबैलाई बोलाइन् र त्यसपछि मैले प्रहरीलाई फोन गरे,’ स्थानीय रामबाबु साहले भने ।
पाडापाडी चराउने ठाउँबाट करिब तीन सय मिटर पर शव भेटिएको छ । शव अर्धनग्न अवस्थामा नदी किनारमै झाडिमा पल्टिएको अवस्थामा देखेको उनले बताए । शव नग्न देखिएकाले बलात्कार गरी हत्या गरिएको स्थानीयहरूको भनाइ छ । शवको प्रकृतिले बलात्कार भएर हत्या गरिएको हुनसक्ने देखिएपनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविक कुरा भन्न सकिने प्रहरी प्रवक्ता डिएसपी कार्कीले बताए ।
‘शवको प्रकृतिले बलात्कार गरी हत्या भएको जस्तो लाग्छ । बालिकाको हत्या भएकाले बलात्कारको शंका छ,’ उनले भने ।
शव फेला परेको नजिकै धान खेतबाट ओछयाएर सुत्ने कपडा समेत बरामद भएको उनको भनाइ छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सोधपुछकालागि शव फेला परेको स्थान नजिकै चिहानमा बस्दै आएका अघोरी बाबा भनिने भारतीय एक नागरिकलाई पक्राउ गरेको छ । उनी जाँड, रक्सी, गाँजा लगायतका धुम्रपान तथा मद्यपान सेवन गर्दै गाउँमा हिडेपछि करिब एक वर्षपहिले गाउँलेहरूले त्यहाँबाट भगाएका थिए ।
तर करिब चार महिनादेखि निरन्तर त्यहीँ बस्दै आएको स्थानीय विजय साहले बताए । उनका अनुसार हत्या गरिएको ठाउँ वरपर दिनहुँ गाँजा, चरेश, रक्सी लगायतका धुम्रपान तथा मद्यपान गर्नेको भिड हुन्छ । घटनामा उनीहरूको समेत संलग्नता हुनसक्ने स्थानीयहरूको आशंका छ ।
जनयुद्धकाक्रममा खोटाङमा साहदत प्राप्त गरेका तत्कालिन नेकपा माओवादीका नेता दिलकाजी कार्की र ईन्दिरा कार्कीको सम्झनामा वृक्षारोपण गरिएको छ । २०५९ साल असार ३१ गते राज्यपक्षबाट हत्या गरिएका दिलकाजी–ईन्दिराको सम्झनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुढेस्थित निर्माणाधिन शहीदपार्कमा वृक्षारोपण गरिएको हो । दिलकाजी–ईन्दिराको १८ औं स्मृति दिवसको अवसरमा बुधबार शहीद पार्कमा धुपीको बिरुवा रोपिएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कार्यालय सदस्य जीवन राई ‘संगीन’ले बताए ।
जनयुद्धको तत्कालिन समयमा जिल्लामा अभिभावकको भूमीकामा रहेका दिलकाजी र उनकै श्रीमती ईन्दिराको स्मृतिमा नेकपाका जिल्ला सचिव रामप्रसाद दंगाल, नेकपाका नेता दिपक पाण्डे, सुरेन्द्रकुमार राई, होमकाजी आचार्य, बिसन राई, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन खोटाङका अध्यक्ष ध्रुबकुमार कार्की लगायतले वृक्षारोपण गरेका हुन् ।
तत्कालिन नेकपा माओवादीका जिल्ला सेक्रेटरी रहेका दिलकाजी र अनेमसंघ क्रान्तीकारीका जिल्ला सदस्य रहेकी ईन्दिरालाई सेनाले खोटेहाङ गाउँपालिका–८ सिमपानीबाट नियन्त्रणमा लिएर टुवा खोलामा झारेर हत्या गरेका थिए । कार्की दम्पत्ती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा निवासी हुन् ।
‘शहीदमाथि नै अन्याय भो’
यसैबीच, पुर्वसभाषद एबं दिलकाजीकी बहिनी समिता कार्कीले जनयुद्धमा बलिदान दिएका शहीदको सपना पुरा हुन नसकेको बताएकी छन् । सामाजिक सञ्जालमा दाई (दिलकाजी) र भाउजु (ईन्दिरा)लाई सम्बोधन गर्दै अस्मिताले नेपालमा व्यवस्था परिवर्तन भए पनि नेतृत्वको बिचारमा परिवर्तन आउन नसकेको उल्लेख गरेकी छन् । ‘जनयुद्धमा अग्रपंक्तीमा रहेर भूमीका निर्वाह गर्दागर्दै शाहीसेनाको कठोर यातनापछि सहादत प्राप्त गर्नुभयो । हजुरहरुको बलिदानले संघर्षमा झनै उर्जा थप्यो । हजुरहरुको विचारलाई सार्थक बनाउँदै आन्दोलनले निरन्तरता पायो, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भयो । सबै विभेदको अन्त्या भयो,’ समिताले लेखेकी छन्, ‘तर फरक यत्ती भयो, परिवर्तनको नेतृत्व हजुरहरुले भनेजस्तै परिवर्तनशिल बिचारले पाएन ।
यतीबेला हजुरहरुलाई शान्ति पक्कै मिलेको छैन । हजुरहरुले न्याय पाएजस्तो लाग्दैन । हजुरहरुको न्यायको लागि हामी बाँच्नेहरु सँधै प्रतिवद्ध छौँ ।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...