बाढीपहिराेकाे वितण्डाः अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति
२७ असार २०७७
•
४ मिनेट पाठ
बाढीपहिराेकाे वितण्डाः अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति
फाइल तस्बीर
कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ। विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पु¥याएको छ। मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो। पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति हुन्छ भनेर आँकलन थिएन।  




सिन्धुपाल्चोक जिल्लालाई मध्यम जोखिमको क्षेत्रमा राखिए पनि ठूलो क्षति हुन पुग्यो। विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाका अनुसार एकैठाउँमा धेरै पानी पर्दा नसोचेको क्षेत्रमा ठूलो क्षति भएको हो।

मुलुकभर जेठ ३१ पछि शुक्रबारसम्म चट्याङबाहेकको ठूला घटनामा ४४ जनाले ज्यान गुमाएसकेका छन् भने ५४ जना बेपत्ता छन्। सबैभन्दा बढी मानवीय क्षति पहिरोले गराएको छ। मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाए। जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो। असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए। बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा छ जनाले ज्यान गुमाए।  

बिहीबार सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले ठूलो क्षति पु¥याएको छ। त्यहाँ दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। शुक्रबार साँझसम्मको विवरण अनुसार म्याग्दी, लमजुङ, कास्की, जाजरकोटलगायत जिल्लामा गए राति आएको भारी वर्षासँगै पहिरो खस्दा २३ जनाले ज्यान गुमाएका छन् भने ३४ जना बेपत्ता छन्। कास्कीको सराङ्कोटमा त जन्मदिन मनाउने क्रममा नै पहिलो खसेर घर पुरेको छ।

सिधुपाल्चोकको घटना होस्, या पर्वत र बझाङमा भएको सबै ठूला घटना भने भेल पहिरो रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। एकै ठाउँमा ठूलो पानी पर्दा निकास व्यवस्थापन नभएर अकल्पनीय रुपमा घटना घटेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसपालिको पहिरोका घटना अकल्पनीय रहेको बताउनुहुन्छ। नसोचेको घटनाले ठूलो क्षति पुगेको छ।

मुलुकभर बिहीबारदेखि चार दिन लगातार भारी वर्षा भई विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या हुने मौसम पूर्वानुमान गरिएको पहिलो दिनमा नै विभिन्न स्थानमा जनधनको क्षति हुने गरी बाढी पहिरो गएको छ। तराईका क्षेत्रमा डुबान शुरु भएको छ भने मुलुकका ठूला नदीमा पानीको बहाब ह्वात्तै बढेको छ।

प्रदेश नं १, २ वाग्मती प्रदेश र गण्डकी प्रदेशमा बढी जोखिम रहेको र अन्य प्रदेशमा पनि जोखिम रहेको जनाइएको छ। विशेष गरी तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ।  

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यो चारदिन कष्ट सहेरै भए पनि नदी किनार क्षेत्रमा र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी अन्यत्र सुरक्षित ठाउँमा जान सर्वसाधारणलाई अपिल गर्नुहुन्छ। सार्वजनिक सूचना जारी गर्दा गर्दै पनि जनधनको ठूलो क्षति भएको छ। कतिपयले भने अटेर गरेकाले घटना भएको पाइएको छ।

अहिले देशभर मनसुन सक्रिय भएसँगै भारी वर्षा हुँदा मुलुकका नदी ह्वात्तै बढेको छ। तराई क्षेत्र डुबान र पहाडी तथा मध्यपहाडी क्षेत्रमा बाढी र पहिरोका घटना देखिएको छ। अझै वर्षा जारी रहेको र जमिन गलिसकेकाले थप क्षति पु¥याउने अनुमान गरिएको छ।  

विगत २४ घण्टामा कास्कीस्थित वर्षा मापन केन्द्रमा धेरै वर्षा मापन गरिएको छ। त्यहाँ २५०.९ मिलिमिटर वर्षा भएको छ। अन्य दुई केन्द्रमा २०० मिलिमिटर वर्षा भएको छ। त्यस्तै दरबाङ स्टेशनमा १५०.६, खुदीमा १४९.४, स्याङ्जामा १४८.६, बर्दघाटमा १५०.८ र बेसीसहरमा १६९.४ मिलिमिटर अत्यधिक वर्षा भएको छ।  

सप्तकोशीमा बाढी बढेपछि भारतर्फका ३८ ढोका खोलिएका छन्। कोशी सतर्कता तहतर्फ अघि बढेको छ। सातमिटर खतराको तह रहेको कोशीको जलसतह शुक्रबार दिउँसो ६.२३ मिटरमाथि पुगेको छ। मध्य क्षेत्रमा रहेको नारायणी नदीको बहावले सतर्कताको तह पार गरेर खतरातर्फ अघि बढेको जनाइएको छ। देवघाटस्थित स्टेशनमा पनि सतर्कता तह पार गरेर ७.६८ मिटरमाथि बहाव भइरहेको छ।

अबको तीन दिन कन्काई, कोशी, कमला, वाग्मती, नारायणी तथा प्रदेश १ र २ मा वाग्मती, गण्डकी र प्रदेश ५ भई बग्ने मुख्य र सहायक नदीमा उच्च बहाव हुने भएकाले तटीय क्षेत्र र समथल तथा तल्लो तहमा सतर्कता अपनाउन भनिएको छ। मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले विभिन्न क्षेत्रमा हजारौँको एसएमएस पठाएर सतर्कता अपनाउन भनेको छ।  

आजको मौसम  

देशभर सामान्यदेखि पूर्णबदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र  गण्डकी प्रदेशका  थोरै स्थानमा र  प्रदेश ५, सुदूरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ।  

असार २८ को मौसम  

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशमा हल्कादेखि केही स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। असार २९ गते पनि देशभर सामान्यदेखि पूर्णबदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रासस
अर्को समाचार
पूर्वको बाढीपहिरोबाट जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति
२२ असार २०८०
•
२ मिनेट पाठ
पूर्वको बाढीपहिरोबाट जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति
फाइल तस्बिर
यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिराेका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोडको क्षति पुगेको छ।




स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको बताएको हो।

इपानका अध्यक्ष गणेश कार्कीले पूर्वमा आएको बाढिपहिराबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठूलो मारमा पर्नाका साथै अर्बौं लगानी जोखिममा परेको बताए।  

त्यसका कारण एक सय ३३ मेगावाट उत्पादन ठप्प हुन पुगेको छ। तीस जलविद्युत् आयोजनामा क्षति पुग्दा २० लाख सर्वसाधारण तथा स्थानीय लगानीकर्ताको लगानी जोखिममा परेको अध्यक्ष कार्कीले बताए।

इपानको टोलीले क्षतिग्रस्त आयोजना पुनर्निर्माणका लागि नेपाल राष्ट्र बैँकबाट पुनर्कर्जा उपलब्ध गराउन, निर्माणाधीन आयोजनामा उत्पादन सुरु गर्नुपर्ने मिति दुई वर्ष थप गर्न, सञ्चालनमा रहेका आयोजनाको पुनः विद्युत् उत्पादन नभएसम्म रोयल्टी मिनाहा गर्न, पुनर्निर्माणका लागि आवश्यक पाटपुर्जा आयातमा भन्सार तथा भ्याट छुट दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ।

यस्तै क्षतिग्रस्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि बढाएर ५० वर्ष कायम गर्न, आयोजना पुनर्निर्माणका लागि लिने कर्जा २० वर्षसम्म पुनर्तालिका गर्न समेत माग गरिएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएको इपानले जनाएको छ।

सरकारले विद्युत्को विकासमा तीव्र गति लिनका लागि ऊर्जा विकास दशक घोषणा गर्नुपर्ने, ऊर्जा क्षेत्रमा बैंकको लगानी १० वर्षमा २५ प्रतिशत बनाउनुपर्ने, नेपाल विद्युत् प्राधिकरणमा आवेदन गरेका सम्पूर्ण आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता तत्काल गरिदिन, निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न एक नियमावली बनाई तत्काल कार्यान्वयन गर्नुपर्ने, वन क्षेत्रको जग्गा उपयोग र रूख कटानमा नियमावली बनाई तत्काल सहजीकरण गर्ने, विस्फोटक पदार्थको अभावलाई तत्काल सहजीकरण गर्ने, विद्युत् ऐन तत्काल पारित गर्न इपानले माग गरेको छ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले इपानले राखेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए। 'तपाइँहरुले गम्भीर प्रकृतिका उचित विषय उठाउनुभएको छ, सम्बन्धित निकायसँग बसेर जलविद्युत् क्षेत्रका समस्या समाधान गर्न सरकार लाग्नेछ', प्रधानमन्त्री दाहालले भने।

उनले असाधारण ढङ्गले आएको विपद्का बारेमा गम्भीर अध्ययन गरी आगामी दिनमा हुनसक्ने क्षतिबारे चनाखो हुनुपर्ने बताए। प्रधानमन्त्री दाहालले आगामी दिनमा निर्माण गरिने जलविद्युत् आयोजनाका संरचनाबारे गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे। उनले इपानको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका थिए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस