प्युठान दुर्घटना : चिताको धुवासँगै उड्यो सपना
०६ साउन २०७७
•
२ मिनेट पाठ
प्युठान दुर्घटना : चिताको धुवासँगै उड्यो सपना
दुर्घटनामा मारिएका पाचँ जना युवाहरुको सोमबार राती संयुक्त अन्त्येष्टि गरिदै ।
होलेरी नजिकै बाईजा गाउँको जंगलमा सोमबार लहरै बनाइएका चितामा एकै टोलका ५ जना युवाको शव जलिरहदा रोल्पा रोईरहेको थियो । साउने झरीमा आकास रोए जस्तै मलामीका आखा पनि एकनासले बगिरहेका थिए । चितामाथिको धुवा जस्तै मृतकहरुको सपना पनि सोहि धुवासंगै उडिरहेको थियो । निशब्द मलामीहरु भन्दा बढि मृतकका परिवारको अवस्था थप पीडादायक थियो । गत शनिबार प्युठानको रुमालेमा भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएका रोल्पाका मजदुरहरुको सोमबार राती सामूहिक अन्त्येष्टि गरिएको हो ।




काखको सन्तान छिमेकीलाई समाउन दिएर शोला चढाउनु अघि श्रीमानको अनुहार अन्तिम पटक हेरेर अर्धचेत बनेका किशोरीहरु अनि उमेरको छोरालाई दागबत्ति दिन बाध्य बुवाहरु बाचुन्जेल छटपटीमै रहने छन् । मलामी गएका होलेरी क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका पत्रकार सन्तोष शर्मा भन्छन् ‘अत्यन्त दुःखद र भावबिह्वल अवस्था थियो । सबै निशब्द ।’ शर्माले थपे ‘मृत्यु आफैमा पीडादायक हुन्छ । तर बाईजा गाउँको पीडा बेग्लै थियो । यस्तो अकल्पनिय र अपुरणीय पीडा कसैले भोग्नु नपरोस ।’

गएको बैसाखमा बिहे गरेका १९ वर्षीय थमन बाठामगर छिमेकी साथीहरुसंगै उज्यालो भविष्यका लागि कामको खोजीमा प्युठान लागेका थिए तर उनि नफर्किने गरि गएका छन् । २१ वर्षीय सागर बस्नेतकी श्रीमती ३ महिनाको काखे बच्चा च्यापेर मृतक श्रीमानको शव हेर्दै भक्कानिरहदा २४ वर्षीय रिमबहादुर बस्नेतकी श्रीमती कुस्मा बस्नेत ६ महिने छोरा बोकेर बिलाप गर्दै थिईन् । एकै टोलका ६ जना युवाको मृत्युपछि यतिबेला बाईजा गाउँ शोकमा डुबेको छ । मृतकका घरमा पुग्ने छिमेकी र आफन्तहरुसंग बोल्ने शब्द समेत छैन ।

लाउलाउ खाउखाउको उमेरमा सिउदो पुछिएका गाउँछिमेकका बुहारी अनि बाला उमेरमा टुहुरा बनेका बालबालिका, उमेरले नेटो काटेका मृतकका बुवा आमा, भावबिह्वल छ होलेरी नजिकैको बाईजा गाउँ । जीवन यात्रा सहज बनाउने आशामा रोजगारी खोज्न बाहिरी जिल्ला गएका युवा उमेरका छोराको किरिया बसेका बुवाहरुको अवस्था दर्दनाक छ । छोरी चेलीको सिउदो पुछिदिनु पर्दाको बाध्यताले बाईजा गाउँका आमाहरु छटपटिमा छन् ।

घर छेउँमा रोजगारीको अवसर नभएपछि प्युठानको सडक निर्माणमा मजदुरीका लागि हिडेका रुन्टीगढी गाउँपालिका ५, बाईजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय बिरेन्द्र बाठा, १९ वर्षीय थमन बाठा, गोर्बधन बुठा र त्रिबेणी गाउँपलिकाका २५ वर्षीय कमल कुँवरले ज्यान गुमाएका थिए । यतिबेला बाईजा गाउँमा सागर, कबिराम, थमन र बिरेन्द्रका बुवाहरु छोराको किरीया बसेका छन् भने बुवा नभएका कारण रिमबहादुरका दाई भाईको किरीया बसेका छन् । एउटै घटनामा मारिएका बाईजा गाउँका ५ युवाको सोमबार राती संयुक्त अन्त्येष्टि गरिएको थियो भने गोबर्धन बुढामगरको मंगलबार बिहान अन्तेष्टि गरिएको छ ।  

समय समयमा बाहिरी जिल्लामा हुने विपद र बिभिन्न दुर्घटनामा रोल्पाली मजदुरहरुले ज्यान गुमाईरहने गर्दछन् । केन्द्र, प्रदेश र स्थानीय सरकारले आउदा दिनमा जिल्लामै रोजगारीको सृजना गर्दै युवाहरुलाई आफ्नै जिल्लामा काममा लगाउने वातावरण बनाउनु पर्ने रोल्पालीको अनुरोध रहेको छ ।
अर्को समाचार
हराए लालसेना, बिलाए सपना
२२ फागुन २०७७
•
४ मिनेट पाठ
हराए लालसेना, बिलाए सपना
तत्कालिन माओवादीको माइतीगाउँ पोखरी । तस्बिर : डिबी/नागरिक
जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारतारे रुमाल बाँधेका लस्करै लागेर लाल सेना आउँथे । काँधमा बन्दुक, झोलामा बम र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे । समृद्ध नेपालको सपना बोकेको हुँकार दिन्थे । मरे मृत्यु र बाँचे मुक्तिका कुरा गर्थे । लाग्थ्यो,“अब नेपाल बन्न समय लाग्दैन । सबैले साथ दिनुपर्छ । नेपालको विकास लालसेना बनाएको नेकपा माओवादीले मात्र गर्न सक्छ ।”




नेकपा माओवादीका कार्यकर्ताले दुर्गम क्षेत्रको विकास गर्ने, शिक्षामा विभेद नहुने, जातीय विभेद अन्त्य हुने, धनि गरिब समान हैसियतको हुने र उतिबेलाका लालकिल्ला जिल्ला सदरमुकाम बनाउने देखि कम्युन स्थापना गरेर साझा सम्पतिका रुपमा स्थापित गर्ने सपना बोकेका थिए । तर जब माओवादी शान्ति प्रक्रियामा आएर सरकारमा पुग्यो, त बति सपना साकार हुन सकेनन्  । बेकार बने । स्थानीय धनबहादुर रोकाया माओवादी कालमा बोकिएका कुनै पनि सपना साकार हुन नसकेको बताउँछन् ।

उनले भने,“तत्कालिन लालसेना भनिएका जनमुक्ति सेना नेपाली सेनामा समायोजन भए । कोही घर फर्किएर कृषि क्षेत्र, व्यापार व्यवसायमा लागेका छन् । सर्वहारा वर्गको हितको लागि भुमिगत जीवन विताइरहेका अहिले व्यक्तिगत स्वार्थमा लागेका छन् । ”

अहिले तिला गाउँपालिका ७ मा पर्ने पोखरी गाउँ नेकपा माओवादीको जिल्ला हेडक्वाटर थियो । तत्कालिन जिल्लाका इन्चार्ज,सह इन्चार्र्ज, सेक्रेटरी बस्थे । हप्तै पिच्छे भेला प्रशिक्षण, साँस्कृतिक कार्यक्रम भइरहन्थे । प्रशिक्षण दिन देव गुरुङ, खड्कबहादुर विश्वकर्मा, जनार्दन शर्मा,बर्षमान पुन पुग्थे ।  

उनी भन्छन,“त्यतिबेलाका क्रियाकलाप हेर्दा त जनसत्ता स्थापित भएर सबै सपना पुरा हुन्छन भन्ने लाग्थ्यो । तर अहिले न नेता भेटिन्छन् । नत कार्यकर्ता नै । सेना त भेटिने कुरै छैन । ” गाउँमा जनसरकार थियो । हरेक व्यक्त एक गाउँ देखि अर्को गाउँ जान जनसत्ताको सिफारिस अनिवार्य थियो ।  

गाउँमा नयाँ मान्छे प्रवेश गर्दा उच्च निगरानी गरिन्थ्यो । मदिरा निषेध गरिएको थियो । छुईप्रथा, जारीप्रथा,वालविवाह, वहुविवाह हुदैनथ्यो । धुमधामले पाटीभोज गर्न पाइदैनथ्यो । समाजमा मान्दै आएका हरेक चाडपर्व लगायतका सामाजिक कार्य जनवादी तरिकाले हुन्थे ।

स्थानीय हर्कबहादुर बोहोराले भने,“पहिले मदिरा बन्द गर्ने माओवादी कार्यकर्ता जड्याह भएका छन । जुवातास, वेश्यावृत्ति देखि आर्थिक अनियमितता र बालविवाह, वहुविवाहमा सहभागि छन । देउताका थान भत्काउथे । अहिले आफै धामी बनेर नाच्दछन् । ”

माओवादी नेता सर्वहारा शैलीमा प्रस्तुत हुन्थे । नेपाललाई स्वीटजर ल्याण्ड बनाउने सपना सुनाउथेँ । जन एकताका भाषण सुनाउँथे । उनीहरुका सञ्चार पोष्ट,जनअदालत, वित्तिय बैंक,एफएम रेडियो, थिए । केन्द्र देखि गाउँ सम्म सबै संरचना निर्माण भइसकेका थिए । गाउँमा बंकर थिए । सेन्ट्रिपोष्ट थिए । ती सबै संरचना नामेट भइसकेका छन् ।  

जनयुद्धका कुनै पनि अवशेष गाउँमा भेटिँदैन । देशलाई एक ढिक्का बनाएर सभ्य समाज निर्माण गर्ने परिकल्पना बोकेको तत्कालिन नेकपा माओवादी अहिले चिराचिरा भएको छ । न नेकपा माओवादी पार्टीको यथावत छ । नत माओबादी बिचार धारा । केबल स्वार्थ बोकेका नेता तथा कार्यकता मात्र बाँकी छन् ।  

माओबादी कार्यकर्ता बीचको माया स्नेह वर्णन जति वर्णन गरेपनि पुग्दैन । भेटिदा अंकमाल हुन्थ्यो । हर्षको आशु बगाइन्थ्यो ।  छुटिदा रोइकराई हुन्थ्यो । अहिले माओवादी कार्यकर्ता बीच चर्को विभेद छ । एक आपसमा कहिल्यै मिल्दैनन । जनयुद्धका घाइते पुस्कार भन्छन,“सपना निकै ठुलो बोकेर लडियो । अहिले समाजमा अपमानित भएर बस्न बाध्य छौँ । पुरानै सामाजिक संस्कार संग जुधिरहनु परेको छ ।” उनी कैलालीको पाण्डौन भिडन्तमा घाइते भए । उनको शरीरमा गोली अझै छ ।  

देश र जनताको मुक्तिको सपना देखेका माओवादी ठेकेदार बनेका छन । महंगो खाना खान्छन । विलासी जीवन विताउँछन् । माओवादी जनयुद्धमा लागेर मृत्यवरण गरेका मृतकको सपना पूरा गर्न सकेका छैनन् । बेपत्ताको खोजविन हुन सकेको छैन । घाइतेको उपचार हुन सकेको छैन ।  

जनयुद्धकालमा वर्तमान शिक्षा प्रर्णालीलाई बुर्जुवा शिक्षा भनिन्थ्यो । जनवादी शिक्षा लागु गरेर शिक्षामा समानता कायम गर्ने गुलिया भाषण हुन्थे । अहिले त्यही बुर्जुवा शिक्षाको खोस्टो नभइँ काम चल्दैन । माओ विचारधारा र प्रचण्डपथ छैन । जनयुद्ध दिवस पनि कन्ज्युस्याइँ गरेर मनाउँछन । शिक्षा,स्वास्थ्य, रोजगार, गासबास र कपासको ग्यारेण्टी गर्ने भन्ने माओबादी नेता कैयन पटक सत्तामा पुगिसके । तर जनताका दुख व्यथा ज्युँकात्युँ छन् ।  

जनताका आधारभुत आवश्यकता पूरा गर्ने निकायमा अहिले पनि पावर पहुँचकै हालीमुहाली छ । गाउँमा पुल, पुलेसा र सडक पुगेको छैन । नेताले घरघडेरी जोडिसके ।  

अहिले लाग्न थालेको छ,'गाउँमा जनयुद्ध चलेको थिएन । माओवादी कार्यकर्ता आएर जनताको घरदैलोमा बसेका थिएनन । त्यहि भएर अहिले माओवादी छिन्नभिन्न छन् । स्वार्थी र लोभी पापी माओवादी नै बनेका छन् ।'
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस