मुलुकको मुख्य ब्यापारिक नगरी वीरगन्ज महानगरपालिकाको ब्यापारिक महत्वका एरिया सहित धेरै एरिया डुबानमा परेको छ । सहरको मुख्य बजारको रुपमा समेत रहेको वीरगन्जको आदर्शनगर डुबानबाट धेरै प्रभावित छ । ३ दर्जन बढी ट्रान्सपोर्ट मार्फत मुलुकलाई चाहिने आवश्यक बस्तुको ठुलो हिस्सा आपुर्ती गर्ने ठाउँ आदर्शनगर नै हो । यहाँका ब्यापारिक प्रतिष्ठान र गोदामहरू डुबानले प्रभावित भएको छ । कतिपय ठाउँ पानिी समेत परेर नोक्सानी भएको ब्यपाररहिरुले बताएका छन् । स्थानीयका अनुसार बीरगन्जको यो समस्या बर्षेनी दोह्रिए पनि सुधारको लागि ल्याइएको योजना असफल भएको छ ।
आदर्शनगरमा प्रकृतिक नाला पुरेर बनाइएको साँघुरो नालाले पानी तान्न नसक्दा डुबानको समस्या बकिराल भएको स्थानीयको बुझाई छ । ब्यापारीहरूले यसको लागि उपमहानगरपालिका कार्यालय र वीरगन्जमा लागु ‘मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार योजना’लाई जिम्मेवार मानेका छन् । यो योजना असफल भएको सहरबासीको बुझाई छ । स्थानीय अगुवाले वीरगन्जको यो समस्या अनियमितता र नीतिगत तथा प्रत्यक्ष भ्रष्टाचरसंग जोडिएको बताउछन् ।
बीरगन्जको गोश्वारा रोडमा बर्षातले भएको डुबान ।‘साढे २ सय करोडको योजना यहाँ नाला र बर्षे ढलकै समस्या समाधान गर्नका लागि खर्च गरिएको छ,’ काँग्रेसका नेता तथा पुर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले भने, ‘योजनापछि समस्या घट्नुको ठाउँमा बढेको छ, जुन ठाउँमा कहिले पनि डुबान हुँदैन थियो, ति ठाउँहरू जलमग्न हुन थालेका छन्, त्यत्रो ठुलो रकम खर्चिएको योजना प्रतिउत्पादक कसरी भयो, यसमा प्राविधिकसहितको अहिधारसम्पन्न निकायबाट छानबिन हुनुपर्छ ।’
मुल्य अभिवृधी कर सहित २ अर्ब ४८ करोड ३६ लाख एक हजार रुपैयाँमा चिनको सिटीसिइ र नेपालको कालिका कन्सट्रक्सन संयुक्तले ठेक्का लिएका योजनामा कन्सल्टेन्ट बिज्ञहरूको भुमिका र योजना कार्यन्यवन गर्ने कार्यालयको कार्यप्रति सारोकारवालाको सवाल छ । २०७० वैशाख ४ देखि सुरु भएको योजनाको सम्झौता अनुसार ७५० दिन अर्थात २०७२ जेठभित्र निर्माणकार्य पुरा भइसक्नु पर्ने थियो । निर्धारित अवधिभन्दा करिब तीन बर्ष ढिलो योजना सकेको छ । तर, नतिजाले वीरगन्जबासी हैरान छन् । सहरको नाला र ढलहरूलाई दुरुस्त बनाउने यो योजनामा अलमलसंगै सहरबासीलाई सुविधाको साटो सास्ती सुरु भएको थियो । जुन अहिलेसम्म कायम छ ।
बीरगन्जको आदर्शनरमा बनेको ठुलो भुमिगत नालासहितको सडकमाथी जम्केको पानी ।सम्झौता अनुसार निर्माण कम्पनीले बिलम्बको लागत जोडेर पैसा लिन पाएकै छ । डिजाइनमा पनि निकै हेरफेर भएको छ । योजना कार्यन्यवन कार्यालयको प्रमुख रहेर सम्पुर्ण निर्माण प्रक्रियाको निगरानी गरेका वीरगन्ज महानगरपालिकाका इन्जिनियर शैलेन्द्र श्रेष्ठले काम गर्दै जाँदा आवश्यक्ता हेरेर र बिज्ञहरूको परमर्श अनुसार डिजाइन हेरफेर भएको दाबी गर्छन । उनले वीरगन्जको भौगोलिक बनौटले गर्दा नै वर्षातको समयमा स्वभाविक रुपमा केही एरिया डुबानमा पर्ने खालको रहेको बताए ।
एक साताभित्र बेलाबेलामा परेको पानीले मुख्य आर्थिक कारोबार हुने आदर्शनगरका ब्यापारिक प्रतिष्ठान, तिनका गोदामा तथा पसलहरूमा करोडांै मुल्य बराबरका सामान नष्ट भएको छ । जिल्ला प्रसाशन कार्यालयसहित गोश्वारा रोड पुरै डुबानमा छ । सयभन्दा बढी पसल र गोदामभित्र वर्षातको पानीले नोक्सानी पुर्याएको छ । यहाँका ट्रान्सपोर्टहरूमा गतिविधी रोकिएको छ । आदर्शनगरसंगै घडिअर्वा, मुर्ली, भिस्वा लगायतका ठाउँमा पहिलेदेखि नै डुबान समस्या भए पनि योजना सुरु हुँदा स्थानीय वासिन्दा आशावादी भएका थिए । अहिले पनि निराश छन् ।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...