आगलागीबाट विस्थापित परिवारलाई राहत
१० साउन २०७७
•
१ मिनेट पाठ
आगलागीबाट विस्थापित परिवारलाई राहत
अग्नी पीडित गोबिन्द कट्वाललाई राहत हस्तान्तरण गर्दै प्रदेशसभा सांसद रामकुमार राई । तस्बिर : नागरिक
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ । गत साउन ७ गते विद्युत सर्ट हुँदा भएको आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोबिन्द कट्वाललाई कोषले नगद १० हजार राहत प्रदान गरेको हो । राहत रकम शनिबार प्रदेशसभा सांसद रामकुमार राई पासाङले अग्नी पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् । 




अग्नी पीडितको सहज जीवनयापनमा सहयोग पुर्‍याउनका लागि राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए । सोही राहत हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सांसद राईले व्यक्तिगततर्फबाट अग्नी पीडित परिवारलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरेका छन् । आगलागीबाट कट्वालको करीव ४० लाख बराबरको क्षति भएको थियो । अग्नि पीडित परिवार हाल जलेकै घरको भान्छामा कष्टपुर्ण तरिकाले बसिरहेका छन् ।

विपत्तीमा परेका सर्वसाधारणको सहज जीवनयापनका लागि सहयोग गर्न २०७३ सालमा खोटाङ समाज हङकङका तत्कालिन अध्यक्ष तेजप्रकाश राई अधिराजको पहलमा हङकङमा स्थापना गरिएको कोषको व्याजबाट आगलागी, चट्याङ, बाढिपहिरो, हावाहुरी लगायतका प्राकृतिक विपत्तीमा परेका पीडितलाई राहत प्रदान गर्ने गरिएको छ । २०७४ साल फागुन १३ गते दर्ता गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष सञ्चालक समितिले क्षतिको मात्राका आधारमा पीडितलाई ५ हजारदेखि प्रतिपरिवार १५ हजारका दरले राहत दिँदै आएको छ ।
अर्को समाचार
अग्नी पीडितलाई गाउँपालिकाको राहत
०४ पौष २०७७
•
१ मिनेट पाठ
अग्नी पीडितलाई गाउँपालिकाको राहत
आगलागी पीडित हरिबहादुर तामाङलाई राहत प्रदान गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई । तस्बिर : नागरिक
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अग्नी पीडित परिवारलाई राहत प्रदान गरेको छ। गत मंसिर २१ गते राती भएको आगलागीबाट विस्थापित भएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बासथलाका हरिबहादुर तामाङलाई राहत स्वरुप २० हजार प्रदान गरेको हो। राहत रकम शुक्रबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले अग्नी पीडितलाई घरैमा पुगेर हस्तान्तरण गरेका छन्।  




आगलागीमा तामाङ परिवारको नगद ४० हजार, अन्नपात, भाँडाकुँडा, लुगाफाटो लगायत जलेर नष्ट भएको थियो। रातका समयमा घरको पालीमुनि बालेको आगोबाट तामाङको घरमा आगो सल्किएको अनुमान गरिएको छ। राहत वितरणकाक्रममा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका वडासदस्य अमृत गिरी लगायतको उपस्थिति रहेको थियो। विस्थापित हरिबहादुर श्रीमतीसँग हाल कान्छा छोराको घरमा आश्रय लिएर बसिरहेका छन्।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस