रामेश्वर कार्की,धादिङ, साउन १०- पृथ्वी राजमार्गको धादिङ खण्डमा शनिबार राति भएको दुई वटा छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन् ।
बाराको जितपुरबाट काठमाण्डौतर्फ भैसी बोकेर आउँदै गरेको ना ३ ख ३२२० नम्बरको ट्रक बेनिघाट गाविसको वडा नम्बर सात चरौंदी नजिकै भैंसे मोडबाट शनिबार राती एक बजे तिर पचास फिट तल त्रिशुली नदी किनारामा पल्टिँदा ट्रक चालकको घटनास्थलमै मृत्यु भएको छ।
सोही घटनामा घाइते भएका अन्य चार जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका निम्ति काठमाण्डौ पठाइएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरेश काफ्लेले जानकारी दिए।
घाइते र मृतकको पहिचान भने खुल्न सकेको छैन। ट्रकमा ल्याइएको तीन दर्जन भन्दा बढी भैंसी र पाडापाडी सबै मरेका छन् । ट्रक नदी किनारामाथि रहेको रुखमा झुन्डिएको छ।
यसैबीच काठमाडौँबाट बैरेनीतर्फ बालुवा लिन जाँदै गरेको बा २ ख ५५१८ नम्बरको ट्रिपर शनिबार बिहान साढे एक बजे थाक्रे गाविस वडा नम्बर चारमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा थाक्रे गाविस वडा नम्बर तीनका तीस वषिर्य चालक खिलबहादुर श्रेष्ठ र बीस वषिर्य सहचालक निर्मल श्रेष्ठ रहेका छन् । घाईते दुवैको उपचारका निम्ति काठमाण्डौ स्थित बी एण्ड बी अस्पतामा पुर्याइएको दुर्घटना उद्धारमा संलग्न राजमार्ग आकस्मिक सेवाका अध्यक्ष सुरेश आचार्यले जानकारी दिनु भयो ।