‘मर्दापर्दा काम लाग्ने छिमेकी नै हुन्’
१३ साउन २०७७
•
३ मिनेट पाठ
‘मर्दापर्दा काम लाग्ने छिमेकी नै हुन्’
नेपालीमा एउटा उखानै छ,‘मर्दापर्दा चाहिने छिमेकी नै हुन्'। समस्यामा साथ दिने सबैभन्दा पहिले छिमेकी नै हुन भन्ने यही उखानसँग म्याग्दीको मालिका गाउँपालिका–७, बिममा पहिरोले विस्थापित भएकाको अवस्था हुबहु मिल्छ। गएको असार २५ गते राती देखि नै भिषण बर्षासँगै आएको पहिरोले विस्थापित भएकालाई गाउँमा खाली भएका घरहरू प्रयोग गर्न दिएर असल छिमेकीको उदाहरण दिएका छन्। एक्कासी बस्तीमाथिबाट खसेको पहिरोले घरमा क्षती पुगेपछि विस्थापित जीवन विताइरहेका पहिरो पीडितलाई गाउँमा रहेका खाली घरको तालाचावी हस्तान्तरण गरिएको छ।  

पहिरोमा ८ जनाको ज्यान जानुका साथै १ जना बेपत्ता भएपछि स्तब्ध रहेको बिमका विभिन्न बस्तीमा एकले अर्कालाई सुखमा मात्रै होईन दुखको समयमा झन धेरै साथ आवश्यक हुन्छ भन्दै जिर्ण घरहरू मर्मत गरेर समेत पीडितलाई जिम्मा लगाएको वडा अध्यक्ष रेशमबहादुर जुग्जालीले बताए। ‘एकैपटक पहिरोले तहसनहस भएपनि केहीदिन भित्रै विस्थापितलाई ब्यवस्थापन गरेका छौ,‘घर खाली भएकाले धमाधम दिनुभयो’ जुग्जालीले भने।उनले हालसम्म विस्थापित मध्ये एक परिवार मात्रै विद्यालयमा रहेपनि बाँकी सबैलाई खाली घरमा राखिएको बताए। खुल्ला आकाश, विद्यालय, टेन्ट खोज्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी समुदायको सहकार्यमा फरक अभ्यास गरिएको अध्यक्ष जुग्जालीको भनाई छ।  

बैदेशिक रोजगारको सिलसिलामा विदेश वा जिल्ला बाहिर गएकाको घर लामो समयसम्म प्रयोगविहिन अवस्थामा रहेकाले पिडितको समस्यालाई मध्यनजर गरी प्रयोगको वातावरण बनाइएको स्थानीयको भनाई छ।‘वडा अध्यक्ष जुग्जालीको ब्यवस्थापन गर्ने मोडेल निकै उत्कृष्ट लाग्यो,‘पहिरोबाट विस्थापित भएलगत्तै विद्यालयमा राखिएकालाई केही दिनमै घरमा सारियो’ हिराजित स्मृति क्लवका अध्यक्ष प्रेम जुग्जालीले भने। उनले समुदायको साथ र वडा अध्यक्षको सक्रियताले विस्थापितलाई सास्ती नभएको बताए। यो मोडेललाई जिल्लाका साथै देशभर प्रयोग गर्न सकेमा धेरै बाढीपहिरो प्रभावितलाई राहत मिल्ने स्थानीयको भनाई छ।  

जसले खाली घर पीडितलाई दिए

मध्यरातमा आएको पहिरोले घरमा क्षती पुगेपछि नौरुङका खिम दर्जीको परिवार लक्षिन भट्टचनको घरमा बस्दै आएका छन्। पहिरोले गाउँमा बस्ने अवस्था नै नभएपछि विस्थापित भएकी ओममायाँ पाईजा कमल भट्टचन, ख बहादुर विकको घरमा ओमप्रसाद, प्रेम दर्जीको परिवार, रुपप्रसाद दर्जी र नरबहादुर दर्जी ज्ञान भट्टचन र चन्द्र बहादुर दर्जीको परिवार बलबहादुर दर्जीको घरमा बसेको वडा अध्यक्ष जुग्जालीले बताए। ‘जिर्ण घरमा समान्य मर्मत गरिएको छ,घरपरिवारमा अंशबण्डा गरेकालाई विस्थापित भएपछि एकै ठाउँमा राखेका छौ’जुग्जालीले भने।  

उनका अनुसार बाईनाफाँटमा दुई परिवार मालिका आधारभुत विद्यालयमा बसेकाले आवश्यकता परेमा घरको ब्यवस्थापनको तयारी भइरहेको बताए। पहिरोले आफ्नो घरजग्गा गुमाएपनि अर्काको घरमा बस्दा न्यानो महसुस भएको लालमायाँ दर्जीले बताईन्। ‘ज्यान जोगियो, खानाबस्न राम्रो छ’ दर्जीले भनिन्।  दिर्घकालिन बासकै आस रहेकाले अहिले यही बस्ने उनको भनाई छ। छरछिमेकको सहयोगी साथ र पीडामा मलम लगाउने प्रयासले घरमा पहिरो चलेपनि  आत्मबल मिलेको उनको भनाई छ। बाईनफाँट, दुले, अर्गला, नौरुङ, डाँडागाउँ, नौमाने, भारवाङ, खारा, लुरवाङ गाउँका २६ घर पहिरोले पुरिएको छ भने ५५ घरमा आंशिक क्षती र ७० घर पहिरोको उच्च जोखिममा छन्। उच्च जोखिममा भएका केही आफन्तको समेत बसेका छन्। गाउँको सुरक्षित मानिएकै स्थानमा पीडितलाई ब्यवस्थापन गरिएको छ।  
अर्को समाचार
तनहुँको घाँसीकुवामा भीषण पहिरो, १ सय ३० मिटर सडक पुरियो
०५ भदौ २०८१
•
२ मिनेट पाठ
तनहुँको घाँसीकुवामा भीषण पहिरो, १ सय ३० मिटर सडक पुरियो
पृथ्वी राजमार्गको तनहुँस्थित घाँसीकुवाँमा बुधबार बेलुकी खसेको पहिरो। पहिरोले पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ। तस्बिर सौजन्य: गौरव पन्त
तनहुँको घाँसीकुवामा बुधबार बेलुकी भीषण पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा पोखरा भित्रिने र पोखराबाट बाहिरिएका सवारी तनहुँमा रोकिएका छन्।

तनहुँका प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायका अनुसार ब्यास नगरपालिका–१२ घाँसीकुँवामा भीषण पहिरो झरेको छ। बेलुकी पाँच बजे खसेको पहिरोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको डिएसपी रायले बताए। उनका अनुसार राजमार्गको करिब एक सय मिटर माथिबाट खसेको पहिरोले सडक पुरिएको छ।

‘राजमार्ग एकतर्फी भएपनि खुलाउन सकिन्छ की प्रयासमा छौं। अहिले उपकरण परिचालन भइसकेको छ। तर, कति समयपछि राजमार्ग खुल्छ भन्ने यकिन छैन,’ उनले भने। उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पोखरा भित्रिने र पोखराबाट बाहिरिएका सवारीको तनहुँको दमौली क्षेत्रमा लाम लागिसकेको छ। पहिरो स्थल पोखराबाट करिब ५५ किलोमिटर पूर्व पर्छ, दमौलीबाट भने पाँच किलोमिटर पूर्व पर्छ।

पहिरोले पुरिएको खण्ड बिस्तार भइरहेको पृथ्वी राजमार्गमा पर्छ। विस्तारित पोखरा–मुग्लिन सडकको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेका अनुसार सडकको करिब १ सय ३० मिटर खण्ड पुरै पहिरोले पुरेको छ। पहिरोले बुल्दी खोलाको आधा भाग समेत माथिबाट खसेको पहिरोले पुरेको छ। आधा मात्र पुरिएकोले खोलाको बहाव भने रोकिएको छैन।

उनका अनुसार करिब एक सय मिटर माथिबाट पुरै डाँडो खसेको हो। यो ठाउँमा राजमार्ग बिस्तारको काम सकिएको थियो। राजमार्गको दुई लेन नै कालोपत्रे पनि भइसकेको थियो।

इन्जिनियर पाण्डेका अनुसार माथिबाट खसेको पहिरो अझै पनि झरिरहेकोले तत्कालै खुलाउने अवस्था छैन। ‘माथिबाट पहिरो खस्ने त्रास भएकोले सुरक्षा चुनौती छ। त्यही भएर सडक तत्कालै खुल्ने अवस्था छैन,’ उनले भने, ‘उपकरण परिचालन भएपनि दूरी धेरै भएकोले माटो पन्छाउन समय लाग्नेछ।’

राजमार्ग अवरुद्ध भएपछि साना सवारीका लागि तालघरे हुँदै पहिरो कटेर निस्कने घाँसीकुवामा निस्कने वैकल्पिक बाटो भएपनि साना सवारीका लागि सम्भव भएको उनले बताए।

वैकल्पिक बाटो साँघुरो भएकोले ठुला सवारी भने ओहोरदोहोर गर्न नसक्ने उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस