लकडाउनको अवधिमा आत्महत्या र बलात्कारका घटना उल्लेख्य
१४ साउन २०७७
•
३ मिनेट पाठ
लकडाउनको अवधिमा आत्महत्या र बलात्कारका घटना उल्लेख्य
लकडाउनको अवधिमा ताप्लेजुङमा आत्महत्या गर्नेको संख्या अत्यधिक रहेको बेला जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगक घटना पनि उत्तिकै भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउन सुरु भएको महिना चैतदेखि साउन दोस्रो साताको अवधिमा १५ जनाले आत्महत्या गरेका छन् । यो अवधिमा जवरजस्ती करणीका ९ वटा र जवरजस्ती करणी उद्योगका ४ वटा गरी करणी शीर्षकमा १३ वटा घटना भएका छन् ।  




आर्थिक वर्ष २०७६/०७७ को एकवर्षे अवधिमा जवरजस्ती करणीका ११ र जवरजस्ती करणी उद्योगका ९ गरी २० वटा घटना भएका थिए । लकडाउन अवधिको साढे ४ महिना हाराहारीमा मात्रै करणी शिर्षकमा १३ वटा घटना भएका छन् । जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठका अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या अधिक रहेको छ । १५ वटा आत्महत्याका घटनामध्ये एकजनाले बिष सेवन गरी आत्महत्या गरेको बाहेक बाँकी सबै १४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।  

आत्महत्या गर्नेमा पुरुषको संख्या बढी रहेको पाइएको छ । ८ जना पुरुष र ७ जना महिलाले यो अवधिमा आत्महत्या गरेका छन् । तमोर नदीमा शव भेटिएका १ महिला र १ पुरुषको घटनाबारे अनुसन्धान भईरहेकोले यसलाई प्रहरीले हत्या वा आत्महत्या दुबै सूचीमा राखेको छैन । प्रहरी प्रमुख डिएसपी श्रेष्ठले नदीमा शव भेटिएका २ जनाका बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको बताउँदै केहि समयमै अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने बताए । आत्महत्या गर्नेमा बालबालिकाको संख्या पनि उल्लेख्य रहेको प्रहरीले बताएको छ । लकडाउन अवधिमा आत्महत्या गर्ने १५ मध्ये ५ जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

के हो आत्महत्या ? के ले आत्महत्या गर्न प्रेरित गर्छ ?

मनोबिश्लेषक बासु आचार्यका अनुसार सामान्यतया आत्महत्या भन्नाले आफूले आफूलाई मार्नु भन्ने बुझिन्छ । मानिसहरु कहिल्यै मर्न चाहँदैनन् तर कुनै बेला यस्तो परिस्थिति पनि सिर्जना हुन्छ जब मानिसले मर्नुको कुनै विकल्प देख्दैन, मर्नुलाई नै समाधान ठान्छ । अनि यही अवस्था आत्महत्याको प्रेरणा मानिन्छ । यो आफैंमा रोग भने होइन, तर मनोरोगको परिणाम भने हो । आत्महत्याका लागि धेरै पक्षहरुले प्रेरित गरिरहेका हुन्छन् । त्योमध्ये सबैभन्दा महत्वपूर्ण कारण भनेको डिप्रेसन हो । त्यसबाहेक लागुऔषध र मद्यपानले मानिसलाई आत्महत्या गर्न पनि प्रेरित गर्छ ।  

सिजोफेनिया र बाइकोलार जस्ता जटिल मानसिक समस्याका कारण पनि मानिसले आत्महत्या गर्छ । जुन व्यक्ति व्यक्तित्व विकार र दीर्घकालिन रोगहरुबाट ग्रसित हुन्छ, त्यस्ता मानिसमा आत्महत्याको सोच विकास हुन्छ । अनि उनीहरुले आत्महत्या गर्ने सम्भावना पनि बढी हुन्छ । आपराधिक घटनामा संलग्नताले भने मानिसमा अचानक आत्महत्याको सोच आउँछ । फेरि डिप्रेसन पनि ३ प्रकारका हुन्छन् । सामान्य, मध्यम र मेजर डिप्रेसन । मेजर डिप्रेसन सबैभन्दा भयानक अवस्था हो । यो अवस्थामा रहेका मानिसहरुले आत्महत्या गर्ने सम्भावना झन्डै सतप्रतिशत नै हुन्छ । यस्ता व्यक्तिहरु पूर्णरुपमा आत्महत्या गर्न तयारी भएर बसेका हुन्छन् ।  

मेजर डिप्रेसनले मानिसलाई समाजमा टिक्नै नसक्ने महशुस गराउँछ । यसले मानिसलाई आफ्नो नियन्त्रण भन्दा बाहिर धकेल्छ । त्यसपछि मानिसले बाँच्नुपर्छ भन्ने सोच्नै छोडिदिन्छ । दिमागमा म केही गर्न सक्दिनँ, यो दुनियाँमा मजस्तो असफल र अभागी मान्छे कोही छैन भन्ने कुरा मात्र आउँछ । स्वस्थ मानिसमा यस्तो कुरा एक, दुई पटक मात्र आउँछ । तर जो डिप्रेसनको शिकार भएको छ उसले २४ घण्टा त्यही कुरा मात्र सोचिरहेको हुन्छ । कोही व्यक्तिलाई त यस्तो हुन्छ की निदाउँदा सपनामा पनि म असफल र बेकारको मान्छे हुँ भन्ने कुरा मात्र आउँछ । त्यो बेला मान्छेले आत्महत्याको सोच बनाउँछ ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस