लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ गराउन माग
१६ साउन २०७७
•
२ मिनेट पाठ
लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ गराउन माग
लोकल रक्सीलाई वैधता दिनका लागि प्रजिअ शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै यायोक्खाका अध्यक्ष हात्तीराम राई (दायाँ) । तस्बिर : दमन/नागरिक
खोटाङ, साउन १६ (नागरिक)– किरात राई यायोक्खा खोटाङले लोकल रक्सी उत्पादन एवं औधोगीकरणका लागि वैधता दिने व्यवस्थाका लागि प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । खोटाङबाटै निर्वाचित प्रदेशसभा सांसद उषाकला राईले लोकल रक्सीमाथिको व्याण्ड (प्रतिबन्ध) हटाएर ब्राण्ड बनाउनुपर्ने आवाज उठाएको केही समयपछि यायोक्खाले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै लोकल रक्सीको प्रवद्र्धन र प्रोत्साहनका लागि कानूनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि आग्रह गरेको हो ।




लोकल रक्सीमाथिको प्रतिबन्ध फुकुवा गरेर उद्योगकारुपमा विकास गर्न सके देशकै अर्थतन्त्रमा टेवा पुग्ने भएकाले स्थानीय जनजाती समुदायले उत्पादन गर्ने रक्सीलाई वैधता दिन माग गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताए । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई बुझाइएको ज्ञापनपत्रमा राष्ट्रले स्थानीय उत्पादनलाई लगानीदेखि प्रोत्साहन र प्रवद्र्धन नगरेसम्म देशको सम्वृद्धि कल्पनामै सिमित रहने भनिएको छ ।

स्थानीय उत्पादनलाई निरुत्साहित गर्दै विदेशी कम्पनीबाट उत्पादित मदिरा भित्र्याउँदा नेपालको अर्बौ रकम विदेश गइरहेको अवस्थामा राज्यले विदेशी मदिरालाई स्थानीय मदिरामार्फत विस्थापित गर्ने योजना बनाउन आवश्यक रहेको यायोक्खाका अध्यक्ष राईले बताए । ‘केही समयअघि प्रदेशसभा सांसद उषाकला राई ज्यूले संसदमा उठाउनु भएकै एजेण्डालाई हामीले कार्यान्वयनका लागि आवाज उठाएका हौं,’ अध्यक्ष राईले भने, ‘संविधानको भावना अनुरुप सबै संस्कृतिको सम्मान गर्दै स्थानीय उत्पादनको प्रवद्र्धन र प्रोत्साहन गर्न लोकल रक्सीलाई कानूनी रुपमा मान्यता दिनुपर्छ भन्ने हाम्रो माग हो । यसले गाउँ–गाउँमा स्वरोजगारको वातावरण निर्माणमा सहयोग पुर्याउँछ भन्ने हाम्रो मान्यता छ ।’

प्रदेशसभा सांसद राईले प्रदेश संसदमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा गत असार १५ गते रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउन ध्यानाकर्षण गराएकी थिईन् । केही समयअघि खोटाङको दिक्तेलबजारमा लोकल रक्सी नष्ट गर्दा समेत सांसद राईले बिरोध जनाएकी थिईन् । हाल आदिबासी जनजाती महिलाले आम्दानीको श्रोतको माध्यम बनाएको लोकल रक्सीलाई बैध उद्योगकारुपमा बिकास गर्न सके अन्य जातजातीका समुदायले समेत यसको उद्योग स्थापना गर्ने सांसद राईको भनाई छ । ‘व्याण्ड गर्ने हो भने सबै खालका रक्सीलाई व्याण्ड गरौं । होईन भने लोकल रक्सीलाई लिगलाइज गरौं, घरेलु उद्योगकारुपमा बिकास गर्नमा ध्यान दिऔँ,’ राईले भनिन्, ‘चेयर्स गर्दा लोकल रक्सीले गर्ने हो, विदेशको रक्सी ल्याएर चेयर्स गर्ने होईन । हामीले यस्तो कन्सेप्ट लिनु पर्यो ।’
अर्को समाचार
लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षित हुन्छ : मन्त्री राई
२४ असार २०७८
•
२ मिनेट पाठ
लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षित हुन्छ : मन्त्री राई
सामाजिक विकास मन्त्री उषाकला राई । तस्बिर : नागरिक
प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री एवं ‘व्याण्ड भर्सेज ब्राण्ड’की अभियान्ता उषाकला राईले लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षक हुने बताएकी छन् । सामाजिक विकास मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा सामाजिक विकास मन्त्री राईले नेपालको राष्ट्रियता बोकेको लोकल रक्सीको औधोगीकरणले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पुँजीपति आकर्षित हुनेहुँदा स्वदेशमा विदेशी मुद्रा भित्रिने वातावरण बन्ने बताएकी हुन् । 




सामाजिक विकास मन्त्री राईले लोकल रक्सीमाथि लगाइएको (व्याण्ड) प्रतिवन्ध फुकुवा गरेर (ब्राण्ड) बनाएर औधोगीकरण गर्दा प्रदेश सरकारले बजेटका लागि संघीय सरकारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्या हुने दावी गरेकी छन् । ‘व्याण्ड भर्सेज ब्राण्ड अभियान जनतालाई प्रत्यक्ष सहभागी गराउने जनमुखी हुनेछ । राष्ट्रिय पुँजीपतिहरु आकर्षिक हुनुहुने छ । अन्तर्राष्ट्रिय रुपमा पनि आउनु हुनेछ । यहाँ विदेशी मुद्रा भित्रिने छ,’ सामाजिक विकास मन्त्री राईले भनिन्, ‘बजेटका लागि अहिलेजस्तो माथिको मुख ताकिरहनु पर्ने अवस्थाको अन्त्या हुनेछ । भोलि आफ्नै खुट्टामा उभिने र प्रदेश चलाउने अवस्था सिर्जना हुन्छ । अरु प्रदेशलाई सिकाउने र मुलुकलाई राष्ट्रिय आर्थिक संवृद्धिको बाटोमा अगाडि वढाउने प्रमुख काम हाम्रो प्रदेशले गर्नेछ ।’  

मन्त्री राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’का माध्यमबाट हाम्रो आफ्नो प्रविधि, संस्कृति, विद्या र कलालाई वैज्ञानिकरण गर्दै नेपाली राष्ट्रियता बोकेको लोकल रक्सी उत्पादन गरिने बताएकी छन् । ‘यो रक्सी केवल रक्सी मात्र होईन । रक्सीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बेच्ने कुरा गर्दैछौँ । नेपालको राष्ट्रियता बोकेको रक्सी उत्पादन गर्नेछौँ । 

कोदोबाट सिलभरको भाँडामा होईन, कुनै धातुमा होईन, तामाको भाँडामा बनाएर मिसावट रहित र जडिबुटी सहितको रक्सी उत्पादन गर्ने छौँ । यसमा मिसावट वा गन्ध आउने नराम्रो चिजहरु केही पनि हुनेवाला छैन,’ मन्त्री राईले भनिन्, ‘अब हामी अन्तर्राष्ट्रियरुपमा जति प्रकारका रक्सी उत्पादन भएका छन्, त्यही रुपमा तिनीहरुलाई जित्ने गरेर, त्यसलाई ल्यावमा टेष्ट गरेर, त्यसलाई वैज्ञानिकरण गरेर अझ त्योभन्दा पनि खान लायक तरिकाले ब्राण्डिङ गर्ने प्रोसेसमा जाने छौँ ।’
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस