चालकबिनै रेल जनकपुर आयो
२२ साउन २०६९
•
२ मिनेट पाठ
चालकबिनै रेल जनकपुर आयो
जनकपुरधाम, साउन २२- चालकबिना नै रेलको इन्जिन २९ किलोमिटर यात्रा गरेर जनकपुर आइपुग्यो भन्दा अचम्म लाग्न सक्छ, तर जनकपुरवासीले आज यस्तै रमिता देख्‍न पाए। कुरा हो जयनगरको।
दिनको ३ : ४० बजे भारतको जयनगरबाट जनकपुर आउन तयारी अवस्थामा रहेको रेलको इन्जिन यात्रु र बोगी (अन्य डिब्बा) लाई जयनगरमै छाडी चालकबिना नै जनकपुर आइपुगेको छ।  




रेलका चालकले इन्जिन स्टार्ट गरी डिजेल निकालेर सो डिजेल अन्यत्र राख्‍न गएको बेला एक्कासी चालकबिना नै इन्जिन जनकपुरतर्फ गुड्न थालेको थियो। प्रतिघण्टा ५० किलोमिटरको गतिमा आएको सो इन्जिन जनकपुर रेल्वे स्टेसनमा आइपुगेर एक्कासी रोकियो। पर्याप्त सावधानी अपनाइएका कारण यस घटनामा मानवीय क्षति भने हुन पाएन।

जयनगरबाट चालकबिना नै इन्जिन हिँडेको थाहा पाएलगत्तै कुनै दुर्घटना हुन नदिन जनकपुरमा सुरक्षाकर्मी र रेल्वे कर्मचारी सतर्क भएका थिए। दू्रतगतिको ५३५ जेड डिएम ५ नम्बरको सो इन्जिन एक नम्बर लिकबाट आएको थियो।

जनकपुर स्टेसनमै १ नम्बर लिक काटेर ३ नम्बरमा गाडियो भने जनकपुरबाट जयनगरतर्फ हिँड्न तयार रहेको रेल र स्टेसनमा रहेका यात्रुलाई त्यहाँबाट हटाइएको थियो।
द्रूत गतिमा जनकपुर आइपुगेको सो इन्जिन २ नम्बर लिकमा बनाइएको खाल्डो र पुलको डन्डामा अडियो र दुर्घटना हुनबाट जोगियो। जनकपुर रेल्वेका निमित्त महाप्रबन्धक रामेश्वर यादवले सो घटनाबारे आफूलाई पूर्ण जानकारी नभएको बताए।

जयनगरमा रहेको सो रेलका मुख्यचालक रफिद कवाडीले एयर हटाएर मोबिल राख्‍न लाग्दा इन्जिन आफैं स्टार्ट भएर हिँडेको टेलिफोनबाट जानकारी दिए। रासस
अर्को समाचार
व्यवस्थापनको लापरबाही चालकबिनै रेल गुड्यो
२७ साउन २०६९
•
४ मिनेट पाठ
व्यवस्थापनको लापरबाही चालकबिनै रेल गुड्यो
सुरेश यादव, जनकपुर, साउन २८- जनकपुर रेलको इन्जिन सोमबार चालकबिनै जयनगरबाट गुडेर जनकपुर आइपुगेको घटनामा रेल व्यवस्थापनको मुख्य लापरबही भएको अनुगमनबाट देखिएको छ। घटना अनुगमन गर्न भौतिक योजना तथा निर्माण मन्त्रालयले गठन गरेको विज्ञसहितको तीन सदस्यीय टोलीले शनिबार स्थलगत अनुगमन गरेपछि यस्तो देखिएको हो।
मन्त्रालयले घटनाको भोली पल्टै नेपाल रेलवे तथा मेट्रो आयोजनाका प्रमुख टेकराज बोहराको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियो। समितिले घटना सम्बन्धी प्रतिवेदन मंगलबारसम्म मन्त्रालयमा बुझाउनुपर्ने छ। 




रेलका चालक, सहचालक, इन्जिनियर लगायत सम्बन्धित कर्मचारीहरुको उपस्थितिमा समितिले रेलको इन्जिन स्टार्ट गरी अगाडी पछाडि चलाएर हेरेको थियो। रेल स्टार्ट गर्दा गियरमै रहेको देखिएको थियो। यस अघि सहचालक खत्बेले न्युट्रल अबस्थामै रेल गुडेको दावी गर्दै आएका थिए। इन्जिनमा कुनै खराबी नदेखिएपछि तत्काल सञ्चालनमा ल्याउन कर्मचारीलाई निर्देशन दिए। एउटा दक्ष चालकले गर्ने काम सहचालकलाई सुम्पेर व्यवस्थापन पक्षले देखाएको लापरबाहीको कारण घटना भएको बोहराले बताए।

गत सोमबार बिहान यात्रु बोकेर जनकपुरबाट जयनगर गएको रेलको जेडडिएम ५ (५३५) नम्बरको इन्जिन बेलुका यात्रु चढ्ने डब्बा र चालकलाई समेत छोडेर जनकपुर फर्केको थियो। चालक बिनै रेलको इन्जिन भारतको जयनगरबाट जनकपुरसम्म (२९ किलोमिटर) सुरक्षित गुडेर आइपुगेपछि जयनगरदेखि जनकपुरसम्म ठुल्लो हल्लाखल्ला मचेको थियो।

उक्त रेल चालकको अनुपस्थितिमा सहचालकले आवश्यक ज्ञानको अभावमा चलाएपछि त्यस्तो घटना हुन गएको अनुगमन समितिका सदस्य हरिकिशोर चन्द्रवंशीले बताए। घटना भएको दिनदेखि जस्ताको त्यस्तै नचलाएर राखिएको मेसिन शनिबार अनुगमन टोलीले स्टार्ट गरेपछि गियर (ट्रान्समिशन अन) मै रहेको देखियो।

सोमबार चालकको अनुपस्थितिमा सहचालक जगदीश खत्बेले जनकपुरबाट रेल चलाएर जयनगर पुगेपछि मेसिन बन्द गरेपनि ट्रान्समिशन बन्द गर्ने भेउ नपाएर त्यसै छोडेका थिए। जयनगरबाट फर्किने बेला भएपछि पुनः गियरमै मेसिन अन गरेर सेन्टिङ गर्न रोकिरेहेको अवस्थामा एक्कासी गुडेको थियो। गुड्दा पनि सुरुमा समान्य अवस्थामा रहेको मेसिन चालक नहुँदा 'कम्प्रेशन' बढ्दै गएपछि गति पनि सोही अनुसार बढ्दै समान्यतया प्रतिघण्टा १०-१२ किलोमिटर गुड्ने रेल सो दिन ४०-५० किलोमिटरको गतिमा गुडेको थियो।

पूर्णरुपमा जर्जर अवस्थामा पुगेको रेल धनुषा जिल्लाको पुर्वी क्षेत्रमा यातायातको रुपमा रेलको विकल्प नहुँदा मजबुरी सञ्चालन गर्नुपरिरहेको बोहराले बताए। सरकारले रेलको अवस्था सुधार्न वर्षौदेखि राजनीतिक नियुक्ति हुँदै आएको महाप्रबन्धक पदमा विशेषज्ञता आर्जन गरेका कर्मचारीलाई पठाउने निर्णय गरेको छ। भर्खरै भौतिक योजना तथा निर्माण मन्त्रालयले नियुक्त गरेको महाप्रबन्धक हरेराम आचार्य एक दुई दिनभित्रै हाजिर हुन लागेको स्रोतले जनायो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस