एक जना ४५ वर्षीय पुरुषको उपचारको क्रममा कोरोना संक्रमणले मृत्यु भएको छ । अस्पताल ल्याउदा ल्याउदै एक जना १८ वर्षीया युवतीको मृत्यु भएकोमा मंगलाबार उनमा कोरोना पुष्टिको खबर बुधबार बिहान मात्र आएको थियो । लगत्तै अर्को मृत्युको जानकारीपछि वीरगन्जमा त्रास बढेको छ । मृतक वीरगन्ज भेंडियाँहीस्थित नेशनल मेडिकल कलेज वीरगन्जमा कार्यरत कर्मचारी रहेका थिए ।
बुधबार बिहान वीरगन्ज हेल्थ केयरमा रहेको नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको डा. उदय नारायण सिंहले जानकारी दिए । उपचारार्थ भर्ना रहेका मृतकको स्वाब संकलन गरी मंगलबार नारायणी अस्पताल पठाइएको थियो ।
पिसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको छ । चिकित्सकका अनुसार मृतक पहिलेदेखि नै मधुमेह तथा मुटु रोगी थिए । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि नेशनल मेडिकल कलेजमै भर्ना गरिएका उनी कोरोना संक्रमण पुष्टिपछि मंगलबार राति वीरगन्ज हेल्थ केयरमा रहेको नारायणी अस्थायी कोभिड अस्पतालमा ल्याइएको थियो ।