कोरोनाकालमा बिभिन्न मानवीय सहायताका लागि वीरगन्जमा ‘कोभिड एक्सन टिम’ (सिएटी) को गठन भएको छ। उपचार अभावमा मानिसहरुले ज्यान गुमाउने जस्ता घटना दोहोरिन नदिने, संक्रमितहरुको शवको सदगति गर्नमा आइपर्ने स्थानीय अवरोध हटाउन सहजिकरण गर्ने र वीरगन्जका समस्यालाई मुद्दाको रुपमा उठान गरेर प्रदेश सरकार र संघीय सरकार समक्ष पुर्याउने जस्ता उद्देश्यले यो गठन भएको बताइएको छ।
समुदायमा कोरोना भाइरस संक्रमण फैलिरहेकोले यसको रोकथामका लागि सरकारी संयन्त्रतथा स्वास्थ्य संस्थासंग समन्वयमा जिल्ला समन्वय समिति पर्सामा बसेको बैठकले ‘कोभिड एक्सन टिम’को गठन भएको यसका सदस्य राजेन्द्र सिंहले जानकारी गराए। जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद अन्सारीको संयोजक्त्तवमा गठित ‘टिम’ले शुक्रबारबाट नै निःशुल्क साहयता कक्ष संचालनमा ल्याईएको छ। यसैबीच संचारकर्मी राजन रौनियारको संयोजक्त्तवमा ५ सदस्यीय मिडिया सेन्टर पनि सु्रु गरिएको समूहका संयोजक अन्सारीले जानकारी दिए।
समूहमा नेपाली कांग्रेसका पर्सा जिल्ला सचिव श्याम पटेल, जनता समाजवादी पार्टीका सचिव तबरेज अहमद, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि संजिव मिश्रा, वीरगन्ज उद्योग बाणियज्य संघका मनोज कुमार दास, नेपाल पत्रकार महासंघ, पर्साका उपाध्यक्ष अनुप तिवारी र संचारकर्मी तथा समाजसेवीहरु सदस्य रहेका छन्।
कारोना संक्रमणको कारण कायम भएको असहज अवस्थामा बिचल्ली परेका, संक्रमण नलागे पनि अन्य उपचार अभावका कारण अनाहकमा ज्यान गुमाउने गरेका र भोकमरीमा परेकालाई सहयोगको वातावरण बनाउने उद्देश्य भएको सदस्य अहमदले बताए। यस कार्यदलले सबै पर्साबासीको लागि काम गर्ने नेपाली कांग्रेसका नेता पटेलले बताए।
‘हामीले जिल्लामा देखिएका समस्यामा सघाउन एउटा सहयोगीको भूमिका गर्ने छौं,’ उनले भने, ‘आवश्यक्ता समन्वयात्मक भूमिका हामीले सक्रिय रुपमा गर्ने छौं, स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रसंगको समन्वयमै अघि बढेका हौं।’