साथीको हत्या गर्ने पाँच जना सार्वजनिक
०२ भदौ २०७७
•
२ मिनेट पाठ
साथीको हत्या गर्ने पाँच जना सार्वजनिक
चार दिनअघि साथीसँग घुम्न निस्किएका बेला सुनसरी भोक्राहा–नरसिंहमा एक युवाको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।  




भोक्राहा–नरसिंह वडा नं. ७ का २१ वर्षे गुणनन्द यादवको हत्या गरेको आरोपमा सोही ठाउँका युवा पप्पु राम, दिपक यादव, प्रदिप राम, शिवकुमार मेहता र दिनेश मेहतालाई पक्राउ गरि सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका पाँचै जनाले गुणनन्दको संवेदनशील अंगमा पालैपालोले लात्ताले हानेर कुटपिट गरि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।  

घटनाक्रम अनुसार साउन २९ गते गुणनन्द दिउँसो ४ बजेतिर उनको इनरुवामा रहेको मोवाइल पसलमा काम छ भनी साथी शिवकुमारसँग घरबाट निस्किएका थिए। साँझ सात बजेतिर शिवकुमार र गुणनन्द नजिकै रहेको पारिजात स्कुल छेउमा रक्सी खाएका थिए। त्यपछि इन्द्रजितको घरमा पुर्‍याएर शिवकुमार बाहिरिएका थिए। गुणनन्द इन्द्रजितको घरमा केहीबेर बसेर घरतर्फ लागेकोमा भोलिपल्ट स्थानीयले धान बारीमा रगत लतपतिएको भेटाएका थिए। त्यसपछि प्रहरीलाई सूचना दिएर अनुसन्धान गर्दा इन्द्रजितको घरदेखि तीन सय मिटर दूरीमा घन्सीबारीमा पप्पु, दिपक, प्रदिप, शिवकुमार र दिनेशले कुटेर मारेको अनुसन्धानबाट खुलेको छ।

हत्या गरेपछि दिनेशले नजिकै रहेको गोरु गडामा प्रयोग हुने बास ल्याएर मृतकको टाउँमा प्रहार गरेको र शिवकुमारले गोरु गडाकै प्लाष्टिकको डोरीले घाटीमा बाधेको अनुसन्धानबाट खुलेको छ। हत्या गर्ने क्रममा प्रदिप, पप्पु र दिपकले मृतकको हात र खुट्टा बाँधेर कुटपिट गरेका थिए। हत्यापछि सवैले आलोपालो काँधमा बोकेर सुनसरी खोलामा बोरामा ढुंगा हालेर शव फ्याकेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

गुणनन्दको शनिबार दिउँसो (साउन ३१) मा खोलामा शव भेटिएको थियो। उनी बिहीबार अपरान्ह (साउन २९) गते घरबाट साथीसँग हिँडेका थिए। गुणनन्द घरबाट हिँडेको भोलिपल्ट बिहान पनि घर नफर्केपछि परिवारका सदस्यले खोजी थालेका थिए। हत्या गर्ने समूहले गुणनन्दले गाउँका चेलीबेटीसँग अनैतिक सम्बन्ध राख्ने गरेको प्रहरीको बयानमा आरोप लगाएका छन्।
अर्को समाचार
नगद र सुन लुट्न साथीको हत्यामा संलग्न तीन जना पक्राउ
१६ साउन २०७८
•
२ मिनेट पाठ
नगद र सुन लुट्न साथीको हत्यामा संलग्न तीन जना पक्राउ
घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जना । तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय पर्सा
नगद र सुन लुटपाट गर्ने उद्देश्यले चार जना मिलेर एक जना साथीको हत्या गरेको घट्ना वीरगन्जमा सार्वजनिक भएको छ। सर्लाही लालबन्दी नगरपालिका १ घर भइ काठमाडौंको गोंगबु बस्दै आएका र पेसाले ट्याक्सी चालक रहेका २७ वर्षीय ज्ञानु पाख्रिनको हत्या भएको हो। उनलाई उनका पूर्वपरिचित साथीहरुले वीरगन्ज बोलाइ हत्या गरेको तथ्य पर्सा प्रहरीले सार्वजनिक गरेको हो।  




गत बिहीबार बिहान करिब साढे १ बजेतिर वीरगन्ज महानगरपालिका–७ रामटोलमा अचेत अवस्थामा पाख्रिन फेला परेका थिए। अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। पाख्रिनको हत्याको घट्नामा वीरगन्जको रामटोलका राहुल महर्जन, सोही ठाउँका बिक्की भनिने दीप लामा तामाङ, बाराको फेटा गाउँपालिका–३ का २७ वर्षीय धनञ्जय रजक र भारत बिहार मोतीहारी, पूर्वी चम्पारण घर भइ वीरगन्ज–१६ बस्ने ३० वर्षीय रवि सर्राफ संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए अनुसार आरोपी भारतीय नागरिक सर्राफ बाहेक अन्य ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।  

अनुसन्धानमा सामेल प्रहरी अधिकृतका अनुसार टाटासुमो चलाक रहेका राहुल महर्जनसंग ६ वर्ष अगाडि पाख्रिनको चिनजान भएको रहेछ। राहुलले वीरगन्ज घुम्न बोलाएकाले दुई जना साथीहरुलाई समेत साथ लिएर ज्ञानु पाख्रिन गत बुधबार साँझ वीरगन्ज आइपुगेका थिए। राहुलसँगै रहेका दीप लामा तामाङको वीरगन्ज महानगरपालिका–७ रामटोलस्थित अरु ब्यक्ति नभएको घरमा खाजा र मदिरा खान उनीहरु बसेका रहेछन्। राहुलकै अरु दुई जना साथीहरु धनञ्जय र भारतीय नागरिक रवि पनि त्यस खानपिनमा समेल थिए। प्रहरीका अनुसार त्यहाँ ७ जना संगै बसेर खानपिन गरेका रहेछन्।  

‘बिहीबार बिहान साढे एक बजेको समयमा धनन्जय रजक पाख्रिनलाई लिएर बियर किन्न निस्केछन्, बियर पाइएन भन्दै फर्के। फेरि रबी सर्राफले पाख्रिनलाई संगै लिएर निस्के अनि एक छिनपछि बिक्की भनिने दीप, धनन्जय र राहुल फेरि आइपुगेको र राम टोलमै एकान्तमा रहेको खाली जग्गामा लगेर घाँटी अठ्याइ हत्या गरेर लुटपाट गरेको अहिले प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ खनालले भने, ‘पाख्रिनले लगाएको करिब एक तोलाको सुनको सिक्री, आधा तोला जतिको सुनको औंठी, घडी र १० हजार रुपैयाँ उनीहरुबाट बरामद पनि भएको छ।' घट्नामा संलग्न रहेका चार जनामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको र फरार रहेको भारतीय नागरिकको खोजी भइरहेको खनालले बताए।  

सुन र नगद पाख्रिनसंग बढी रहेको अनुमान लिएर लुटपाट गर्ने उद्देश्यले नै घट्ना गराइएको अहिलेसम्म अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ। घट्नामा संलग्न बिक्की भनिने दीप लामा तामाङ र रबी सर्राफ यस अगाडि पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको पृष्ठभूमि रहेको प्रहरीको भनाई छ।

जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान बढाएको छ। पाख्रिनसंगै आएका अन्य दुई जनासंग पनि प्रहरीले सोधपुछ गरेको छ।
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस