पर्सामा एक जना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ भने जिल्लामा एक सय ५६ जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पताल पीसीआर प्रयोगशालाको पछिल्लो रिपोर्ट अनुसार पर्सा र बाराका तीन सय २० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा बाराका ११ र पर्साका एक सय ४५ गरी एकसाथ एक सय ५६ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितहरु ३ वर्षका बालकदेखि ७० वर्षका वृद्धसम्म रहेको नारायणी अस्पताल वीरगन्जले जनाएको छ।
संक्रमितहरुमा पाँच जना चिकित्सक र केही स्वास्थ्यकर्मीहरु रहेको जनाइएको छ। उनीहरु नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, तराई हस्पिटल एण्ड रिर्सच सेन्टर पावरहाउस तथा भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर लिंकरोडका कार्यरतमध्येका डाक्टर र स्वास्थ्यकर्मी हुन्।
त्यस्तै वीरगन्जबाट प्रसारण हुने नारायणी एफएमका सञ्चारकर्मी, समाचार वाचक तथा कर्मचारी गरी पाँचजना संक्रमित भएको जनाइएको छ। यसअघि संक्रमित फेला परेका त्यहाँका स्टेशन प्रमुख र एक प्राबिधिकको कन्ट्याक्ट ट्रेसिङ्गमा एफएमबाट थप संक्रमित भेटिएका हुन्। एफएमका कार्यकारी निर्देशक गोबिन्द देवकोटाले यसको जानकारी गराएका हुन्। जिल्ला प्रशासन कार्यालय पर्साको संकट व्यवस्थापन केन्द्रले जनाएअनुसार पर्सामा संक्रमितको संख्या एक हजार ९ सय ३५ पुगेको छ। यसमध्ये ३ सय ५६ जना कोरोना मुक्त भइसकेका छन्।
एक महिलाको मृत्यु
यसैबीच वीरगन्ज हेल्थ केयरस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। गत साउन २४ देखि भर्ना रहेकी वीरगन्ज महानगरपालिका–११ श्रीपुर घर भएकी ५६ वर्षीय महिलाको शनिबार बेलुका साढे सात बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
कार्यालयका अनुसार ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासको समस्या रहेकी ती महिलाको साउन २२ मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिनदेखि कोरोना अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो। पछिल्लो समयमा १२ घण्टादेखि भेन्टिलेटरमा राखि उपचार भइरहेकोमा शनिबार साँझ उनको मृत्यु भयो। उनको कुनै यात्रा बिवरण नरहेको बताइएको छ। पर्सामा अहिलेसम्म कोरोना संक्रमित २९ जनाको मृत्यु भएको छ।