पर्साको वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्ज हेल्थकेयर हस्पिटलमा संचालित नारायणी अस्थाई कोरोना बिशेष वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो। उनी अस्पतालमा १७ दिनदेखि उपचाररत थिए। गएराति करिब पौने १ बजे उनको भएको नारायणी अस्पताका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी गराए।
पहिलेदेखि मधुमेह तथा मिर्गौलाका विरामी रहेका उनमा उच्चस्तरमा निमोनियाको प्रभाव थियो। यस कारण श्वासप्रश्वासमा समस्या आई मृत्यु भएको चिकित्सकहरुले बताएका छन्। परीक्षणका लागि साउन ३० मा स्वाब दिएका उनमा साउन ३१ गते संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिएको १७ औं दिनमा उनको मृत्यु भएको हो।
यसैगरी पहिचान नखुलेका एकजना पुरुष कोरोना संक्रमतिको पनि गएराति मृत्यु भएको छ। अस्पतालका प्रवक्ता डा. चौरसियाका अनुसार करिब ६० वर्षीय पुरुषको सोमबार राति पौने ९ बजेको समयमा नारायणी अस्पतालमा मृत्यु भएको हो। मृत्यु भएपछि ‘जिन एक्सपर्ट’ परीक्षणमा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएको डा.चौरसियाले जानकारी दिए।
बिरामी अवस्थामा सडकमा भेटिएका ति ब्यक्तिलाई तीन दिन अगाडि वीरगन्जकै केही सहयोगी युवाले अस्पताल पु¥याएका थिए। शारीरिक रुपमा उनी निकै कमजोर रहेका उनलाई अस्पतालमा उच्च ज्वरो थियो। उपचारकै क्रममा मृत्यु भएपछि गरिएको परीक्षग्णमा कोरोना संक्रमण पुष्टि भयो।
बाराका संक्रमितको वीरगन्जमा मृत्यु
त्यस्तै वीरगन्जमा उपचाररत बारा जिल्ला घर भएका एक जना संक्रमितको पनि मृत्यु भएको छ। गण्डक अस्पतालमा संचालित नारायणी अस्थायी कोरोना अस्पतालमा बिगत ६ दिनदेखि उपचाररत रहेका बारा, कोल्भीका ६० वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ।
नारायणी अस्पतालका प्रवक्ता डा. चौरसियाले जनाए अनुसार मंगलबार बिहान ४ बजेर ५० मिनेटमा उनको मृत्यु भएको हो। पछिल्लो समयमा कोरोना अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा राखेर उनको उपचार चलिरहेको थियो।