हनुमान मन्दीरको पुजारी श्रीराम साहलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहदै आएका २ जनालाई भारतबाट प्रहरीले पक्राउ गरेको छ।
रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहिया बजारस्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा फरार रहेका देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेललाई भारतीय क्षेत्रबाट प्रहरीले पक्राउ गरेर ल्याएको श्रोतबाट बुझिएको छ।
भारत विहार पूर्वी चम्पारणको घोडासहान क्षेत्रमा लुकेर बसेको अवस्थामा विहार प्रहरीको सहयोगमा दुवै जनालाई नियन्त्रण लिएको श्रोतले दाबी गरेको छ। पुजारी साहको हत्या भएपछि देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाहर वडा सदस्य राजेन्द्र पटेलसँगै रामप्रवेश पटेल फरार छन्।
गत भदौ ३ गते राति खाना खादै गरेको अवस्थामा पुजारी साहको कन्चटमा गोली प्रहार गरी हत्या भएको थियो। हत्या प्रकरणको १२ औं दिन वितिसक्दा पनि अनुसन्धानमा प्रहरीले सफलता हात पार्न नसकेको भन्दै धार्मिक संघसंस्थाहरुले विरोध जनाइरहेका छन्। रौतहट प्रहरीको एसपी रबीराज खड्काले पुजारी हत्यामा दुई जना पक्राउ परेको वारे पुष्टि गरेको छैन।