वीरगन्जमा २५ गतेसम्म निषेधाज्ञा निरन्तरता
१८ भदौ २०७७
•
२ मिनेट पाठ
वीरगन्जमा २५ गतेसम्म निषेधाज्ञा निरन्तरता
वीरगन्ज महानगरपालिकामा गत साउन १० गतेदेखि जारी निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले आगामी भदौ २५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गको अध्यक्षमा बसेको समिमितको बैठकको निर्णय अनुसार भदौ २५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रसाशन कार्यालय पर्साबाट जारी सूचनामा भनिएको छ।  




उक्त सूचनामा बजार र पसल संचालन सम्बन्धी व्यवस्था पनि लागू गरिएको छ। बजारमा रहेका पसलहरुमध्ये पूर्व र दक्षिणतर्फका पसल सोमबार, बुधबार तथा शुक्रबार संचालन गर्न पाउने र पश्चिम तथा उतर तर्फका पसलहरु आइतबार, मंगलबार र बिहीबार खोल्न पाइने व्यवस्था गरिएको छ।  

त्यसतै तरकारी तथा फलफूल पसलहरु तोकिएको ठाउँमा तथा पसलहरुबीच १५ फिटको दूरी राखि संचालन गर्न पाउने व्यवस्था गरिएको छ। उक्त ठाउँमा कुनै प्रकारको सवारी साधन लैजान नपाउने व्यवस्था पनि गरिएको छ। शनिबार भने सबै पसलहरु पूर्ण रुपमा बन्द रहने सूचनामा भनिएको छ। तरकारी पसलहरु बिहान ५ देखि ८ बजेसम्म र बजारका अन्य पसल दिउँसो ११ देखि ४ बजेसम्म खोल्ने समय राखिएको छ।  

भौतिक दूरी कायम गराउने र भिडभाड हुन नदिन ब्यापारीहरुलाई भनिएको छ। यसको उल्लंघन भएमा वा तोकिएको समयबाहेकमा पसल खोलिएको पाइएमा कारवाही गर्ने आदेश समेत जारी गरिएको छ। केही गतिबिधीमा रोक कायम रहने भनिएको छ। निजी तथा सार्वजनिक यातायात संचालन गर्न मेला महोत्सव, जात्रा तथा सभा समारोह गर्न प्रतिबन्धित कायमै राखिएको छ।  

त्यसतै शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, कोचिङ्ग तथा ट्युशन कक्षा, डिपार्टमेन्टल स्टोर, मनोरन्जनस्थल, सैलुन, ब्युटिपार्लर, स्विमिङ्ग पुल, जिमखाना तथा पुस्तकालयलगायत संचालनमा पनि बन्देज छ। चियापसल, रेस्टुरेन्ट र होटेल संचालन पनि रोकिएको छ। १२ वर्ष मुनिका र ६० वर्षभन्दा माथिका व्यक्ति तथा बिरामीहरुलाई घरभित्रै बस्न आग्रह समेत गरिएको छ।
अर्को समाचार
वीरगन्जमा पाँचौ पटक थपियो निषेधाज्ञा
२५ भदौ २०७७
•
२ मिनेट पाठ
वीरगन्जमा पाँचौ पटक थपियो निषेधाज्ञा
वीरगन्ज महानगरपालिकामा गत साउन १० गतेदेखि जारी निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले आगामी भदौ ३१ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गको अध्यक्षमा बसेको समिमितको बैठकको निर्णय अनुसार पाँचौ पटक निषेधाज्ञा थपिएको छ। भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रसाशन कार्यालय पर्साबाट जारी सूचनामा भनिएको छ।  




प्रमुख जिल्ला अधिकारी तामाङ्गद्वारा जारी सूचना अनुसार बजारका पसल दिउँसो ११ देखि ४ बजेसम्म खोल्ने समय राखिएको छ। त्यस्तै तरकारी तथा फलफूल पसलहरु तोकिएको ठाउँमा तथा पसलहरुबीच १५ फिटको दूरी राखि संचालन गर्न पाउने व्यवस्था गरिएको छ। तरकारी पसलहरु बिहान ५ देखि ८ बजेसम्म खोल्ने भनिएको छ। शनिबार भने सबै पसलहरु पूर्ण रुपमा बन्द रहने सूचनामा भनिएको छ। भौतिक दूरी कायम गराउने र भिडभाड हुन नदिन भनिएको छ। यसको उल्लंघन भएमा वा तोकिएको समयबाहेकमा पसल खोलिएको पाइएमा कारवाही गर्ने आदेश समेत जारी गरिएको छ।  

केही गतिबिधीमा रोक कायम रहने भनिएको छ। निजी तथा सार्वजनिक यातायात संचालन गर्न मेला महोत्सव, सभा समारोह गर्न प्रतिबन्धित कायमैं राखिएको छ। त्यस्तै शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, कोचिङ्ग तथा ट्युशन कक्षा, डिपार्टमेन्टल स्टोर, मनोरन्जनस्थल, सैलुन, ब्युटिपार्लर, स्विमिङ्ग पुल, जिमखाना तथा पुस्तकालयलगायत संचालनमा पनि बन्देज छ। चियापसल, खाजा घर र रेस्टुरेन्ट संचालन पनि रोकिएको छ।  

वीरगन्ज महानगरपालिकामा गत साउन १० देखि जारी निषेधाज्ञालाई पहिलो पटक साउन १९ थपिएको थियो। जारी निषेधाज्ञाको २२ औं दिन साउन ३२ देखि स्थानीय प्रशासनले वीरगन्जमा सेना परिचालनको निर्णय गरेको थियो। निषेधाज्ञालाई थप कडाइका साथ कार्यान्वन गर्न भदौ १३ गते बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालित हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको थियो।  

त्यसपछि जिल्ला सुरक्षा समितिले भदै १२ गतेको निणर्यले निषेधाज्ञालाई भदौ १८ सम्म र भदौ १८ को निर्णय अनुसार भदौ २५ सम्म निषेधाज्ञालाई निरन्तरता गरेको थियो। बिहीबार उक्त निर्णय सकिएको दिन पुनः अर्को आदेश गर्दै भदौ ३१ सम्म निषेधाज्ञालाई निरन्तरता दिइएको छ।
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४० सेकेन्ड अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस