वीरगन्जमा संक्रमितहरु कोरोनामुक्त हुने र नयाँ संक्रमितहरु फेला पर्ने क्रम एकसाथ देखिएको छ। यहाँका बेग्लाबेग्लै आइसोलेसनबाट आइतबार विभिन्न उमेर समूहका ५७ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्केका छन्। संगसंगै पर्सा र बारा गरेर यहाँ २६ जना नयाँ संक्रमित थपिएका पनि छन्।
हालसम्म यहाँ दुई हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ। जसमा एक हजार ८ सय ६५ पुरुष र पाँच सय ३६ महिला रहेका छन्। जसमध्ये एक हजार ४ सय ६९ जना कोरोनामुक्त भई घर फर्केका छन्। वीरगन्जमा समुदायस्तरबाट कोरोना संक्रमण भेटिन थालेपछि यहाँ पछिल्लो समयमा अवस्था निकै असमान्य बनेको छ।
साथै लक्षणयुक्त संक्रमित र संक्रमितहरुको मृत्युको घट्ना यहाँ बढेको छ। कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या अहिलेस्मम यहाँ ४१ पुगि सेकको छ। साउन १० देखि यहाँ निषेधाज्ञा लगाएर कोरोना संक्रमणको प्रसार रोक्न प्रयास थालिएको छ।
यसैबीच नारायणी अस्पतालको प्रयोगशालाबाट शनिबार साँझ आएको परीक्षण रिपोर्ट अनुसार यहाँ २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ महिलासहित १६ वर्षदेखि ६४ वर्ष उमेरका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जनाएका छन्।
उनका अनुसार ५ सय १० जनाको स्वाब परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये २४ जना पर्सा र २ जना बाराका छन्। संक्रमितमा वीरगन्ज, आदर्शनगरस्थित नबिल बैंकका ५ जना कर्मचारी पनि रहेका छन्।