कोरोना भाइरसका कारण नेपालगन्जमा एक पुरुषको मृत्यु भएको छ। नेपालगन्ज उप–महानगरपालिका १ का ४५ वर्षे पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी गराएको छ। उनको मृत्युसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ पुगेको छ। मृतकमध्ये ६ जना बाँकेका छन्।
निमोनिया भएर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएका ४५ वर्षे पुरुषको बिहीबार साँझ ५ बजेर १५ मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए। भदौ २९ गते दुबै फोक्सोमा निमोनिया देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जानकारी गराएको छ।
बाँकेमा बिहीबारसम्म एक हजार पाँच सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमा एक हजार एक सय ३२ जना निको भएर घर फर्किसकेका छन्।