भीम चापागाईं, इलाम, मंसिर २२- मेची राजमार्गको इलाम नगरपालिकास्थित राजदुवालीनजिकै स्काभेटर पल्टँदा मेची राजमार्ग आज साँझदेखि अवरुद्ध छ। जिल्लामै माबु गाविस लैजान लागिएको स्काभेटर ट्रकमा लोड गर्ने क्रममा राजमार्गमा पल्टिएर साँझ साढे चार बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।
राजमार्ग अवरुद्ध भएपछि झापाबाट इलाम हुँदै ताप्लेजुङ जाने र विपरित दिशामा गुड्ने सयौं सवारी र यात्रु राजमार्गमै अलपत्र छन्।
जिल्ला ट्राफिक प्रमुख डम्बर थापाले राजमार्ग खुलाउन प्रयास भइरहेको बताए। उनले भने 'अर्को स्काभेर ल्याएर बैकल्पिक बाटो बनाउने प्रयास भइरहेको छ। तर, त्यसबाट पनि साना सवारी मात्रै चालु गराउन सकिन्छ।' उनले पल्टिएको स्काभेटर अर्को स्काभेटरले उठाउने प्रयास भएपनि सफल हुने या नहुने भन्ने थाहा नभएको बताए।