इलाम, पुस २ (नागरिक)- इलामका पत्रकार सन्तोष नेम्वाङको नगरपालिका-९ पानीट्याङ्कीस्थित घरमा आइतबार दिउँसो आगलागी भएको छ। आगलागीमा करिब १९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
भान्साघरबाट सल्केको आगोले घरमा रहेका गरगहना, लत्ताकपडा, नगद, भाँडाकुँडा र महत्वपूर्ण कागजातसमेत नष्ट भएको हो। आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको छ। यसैबीच आगलागीको घटनाप्रति नेपाल पत्रकार महासंघ इलाम शाखाले गहिरो दुःख व्यक्त गरेको छ।
शाखाले आइतबार नै एक विज्ञप्ति निकालेर नेम्बाङको परिवारलाई उचित राहत र यथासक्य सहयोगका लागि सम्पूर्ण कार्यालय, संघसंस्था, उद्योगी, व्यापारी, कर्मचारी, व्यवसायी, पत्रकार, नागरिक समाज, शिक्षक, विद्यार्थीमा नेपाल पत्रकार महासंघ इलाम शाखा हार्दिक अनुरोध गरेको सचिव भीम चापागाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, प्रेस चौतारी इलामले पनि आफ्ना सदस्य नेम्वाङ्गको घरमा आगलागी भएको घटनामा दुःख व्यक्त गर्दै राहत र सहयोगका लागि सबैसँग अपिल गरेको अध्यक्ष राजु शिवाद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ।