'देवता' बनाउँदाका दुःख
३० असोज २०७७
•
५ मिनेट पाठ
'देवता' बनाउँदाका दुःख
सबैले श्रद्धाका साथ पुज्ने देवता बनाउन पाउँदा सवैलाई सुखको अनुभूति होला। तर भक्तपुरको याछेंमा रहेका देवताको मुकुण्डो बनाउने परम्परागत काम गर्दै आएका पूर्ण चित्रकारको परिवारलाई भने दुःखको अनुभूति छ। दुःखको अनुभूति हुनुको कारण हो, आफैंले महिनौको श्रम मात्रै होइन, लगानीसमेत गरी मुकुण्डो बनाउन पर्नु।  




प्रत्येक वर्ष भक्तपुरका दसैंको क्रममा विशेष धूमधामका साथ प्रदर्शनी तथा पूजा हुने नवदुर्गा गणको १३ वटा मुकुण्डो उनकै परिवारले परम्परादेखि वनाउँदै आएका छन्। आफनो पूरै परिवारमो महिनौंको श्रम मात्रै होइन, लगानीसमेत आफैंले गरेर बनाउनु पर्ने र अरुको सहयोग नपाउँदा उनलाई दु:ख लाग्छ।  

त्यसो त उनले मुकुण्डो बनाउन बन्द पनि गर्न सक्थे तर भक्तपुरको चिनारी बनेको दसैंको लागि चाहिने मुकुण्डो आफूले नबनाए अरु कसैले नबनाउने भई जात्रा पर्व नै लोप हुने भएकाले उनी आफ्नै लगानी गरेर पनि मुकण्डो बनाउने कामलाई निरन्तरता दिइरहेका छन्।  

७५ वर्षीय पूर्ण भक्तपुरमा नवदुर्गाको मूर्ति बनाउने एक्ला मूर्तिकार हुन। उनका ६ जनाको परिवार पूर्णलाई मुकुण्डो बनाउन सहयोग गर्छन्। पूर्ण भन्छन्, 'मैले आफैले भए पनि पैसा हालेर परम्परा जोगाउन, धर्म नष्ट नगर्न काम गरिरहेको छु, अव म मरेपछि मेरा छोराछोरीले गर्लान् नगर्लान् त्यो मलाई थाहा छैन।'  

आर्थिक रुपमा सबल नभए पनि मुकुण्डो बनाउने कामलाई भगवानको काम सम्झेर नछाडेको उनको भनाई छ। तर, भोलि आफ्नो सन्ततीले यसलाई निरन्तरता दिन्छन् वा दिँदैनन् भन्नेमा उनी अन्यौलमा छन्। ‘यो काम गर्दै गरे म जस्तो भएँ छोराहरुको अवस्था पनि त्यही नै हुनेहोला। त्यसैले भोलिको कुरा मलाई थाहा छैन। तर, मैले सक्ने बेलासम्म यो काम रोकिँदैन’ उनले भने। तर पूर्णलाई चिन्ता छ, जुन दिन उनी नसक्ने हुन्छन्, नवदुर्गाको मुकुण्डो कसले बनाउला भनेर ? त्यसैले आफूले सकेसम्म पुर्खाको विरासत छोड्ने नहुने उनको मत छ। छोराहरुले पनि केही काम सिक्दै गरेकोमा खुसी छन्। तर, त्यसको निरन्तरतामा भने उनी भर गरिहाल्ने अवस्था छैन।

त्यसो त मुकुण्डो बनाउनका लागि कहिँकतैबाट पैसा नआउने होइन, आउँछ। तर त्यो पर्याप्त नभएको मात्रै हो। गुठी संस्थान भक्तपुरले प्रत्येक वर्ष त्यसका लागि ४० हजार रुपैयाँ दिन्छ। मुकुण्डो बनाउन प्रत्येक वर्ष पूर्णंले पैसा थपेर बनाउनु परेपछि गतवर्ष भक्तपुर नगरपालिकाले १० लाखको अक्षयकोष पनि खडा गरिदिएको थियो। त्यसको व्याज पनि उनैले पाउने हो। पूर्णका अनुसार त्यो १० लाखको व्याजबाट गतवर्ष झण्डै ७० हजार रुपैयाँ मिलेको थियो। गुठीको ४० हजार र नगरपालिकाको ७० हजार गरी उनलाई वर्षमा एक लाख १० हजार उठेको छ, जवकि उनका अनुसार एक वर्षमा एक पटक मूर्ति बनाउन तीन लाखको हाराहारीमा खर्च लाग्छ। प्रत्येक वर्ष मुकुण्डो बनाउन पैसा नपुग्ने भएपछि उनले अनेक ठाउँमा हारगुहार पनि गर्दै आएका छन्, प्रत्येक वर्ष। त्यसबापत उनले अलिअलि सहयोग पनि पाइरहेका छन्।  

कहिले हुन्छ जात्रा ?  

दसैंको नवरात्रीको अन्तिम दिन महानवमीमा भक्तपुरमा ‘खम्ये’ (राँगो दौडाउने जात्रा) हुन्छ। नवदुर्गा मन्दिरदेखि ब्रम्हायणीसम्म दानव महिषासुरको रुपमा रहेको ’खम्ये’ (राँगो) लाई दौडाउँदै वध गरिन्छ। त्यसैदिन पूर्णको घरको तल बनाएको पाटीमा नवदुर्गा गणको मुकुण्डो प्रदर्शन गरिन्छ। भक्तजनहरु दर्शन गर्न पुग्छन्।

महिषासुररुपी खम्ये (राँगो) लाई शहरमा दौडाउँदै वध दसैंको भक्तपुरको दसैंमा हुने एउटा फरक जात्रा हो। नवदुर्गा गण खम्येको वध गरेसँगै विजया दशमीका दिन भक्तपुरको याछेंमा नवदुर्गा नाचका लागि बनाइएको यही मुकुण्डो लिन जान्छन्। विधिवत् पूजा गरेपछि पूर्णले मुकुण्डोमा दृष्टि राख्ने काम गर्छन्। त्यसपछि मुकुण्डो लिन आएका देवगणहरुलाई खर्पनमा राखेर यस वर्षको नवदुर्गा नाचको लागि मुकुण्डो जिम्मा दिने गरिन्छ।

याछेंबाट मुकुण्डोलाई ब्रम्हायणीमा लगिन्छ। त्यहाँ कर्माचार्य पूजारीहरुले मुकुण्डोमा प्राण प्रतिस्थापन गर्छन्। त्यहाँबाट देवगणहरुलाई मुकुण्डो हस्तान्तरण गरिन्छ। देवगणहरु मुकुण्डो लगाएर भक्तपुरको तलेजु भवानी मन्दिरमा जान्छन् र पूजा गरी नवदुर्गा गणलाई नवदुर्गा भवानी मन्दिरमा भित्राइन्छ। एकादशीको दिनदेखि नेपालकै लामो समयसम्म चल्ने जात्रामा पर्ने नवदुर्गा नाच सुरु हुन्छ। मुकुण्डोलाई प्रत्येक वर्ष भलभल अष्टमीका दिन नष्ट गरिन्छ। दशैंको नवमीसम्ममा यी १३ देवीदेवताको मुकुण्डो तयार हुनुपर्छ प्रत्येक वर्ष।  

कहिलेबाट सुरु हुन्छ मुकुण्डो बनाउन ?

मुकुण्डो बनाउन काम तीन महिना अगाडि गथांमुगकै दिनबाट हुन्छ। मुकुण्डोलाई फरकफरक देवीदेवताको आकार दिनु सजिलो छैन। जस्तो पायो त्यस्तो माटोबाट बनाउन पनि सकिन्न।

भक्तपुरको सुडालबाट कालीमाटी ल्याएर १३ भाग लगाइन्छ। माटोलाई पूजा गरेपछि मुकुण्डो बनाउने कामको सुरुवात हुन्छ। माटोलाई केही दिन पानी हालिन्छ र सुकाइन्छ। पानी, कपास, नेपाली कागज लगायतका सामाग्री हालेर फेरि माटो मुछिन्छ। त्यसपछि माटोलाई बेलेर आकृति दिने काम हुन्छ। केही दिन मुकुण्डोलाई सुकाएर त्यसमाथि नेपाली कागज टासिन्छ र मुकुण्डोमा विधिले तय गरेको रंग भर्ने काम हुन्छ।

नवदुर्गाको मुकुण्डो बनाउन चित्रकार परिवारले जडिबुटीदेखि सुनसम्मको प्रयोग गर्छन्। मुकुण्डो रङ्ग्याउन फलफूल र जडिबुटीको मिश्रणबाट तयार हुने विशेष रङ प्रयोग गरिन्छ। सिमीको पात, गोलभेडाको मुन्टोलाई कुटेर रस बनाइन्छ। त्यसमा लसुन मिसाएपछि हरियो रङ बनाइन्छ। पहेँलो रङ बनाउन बेसारको प्रयोग गरिन्छ। मुकुण्डोलाई सुनको धुलोको मिश्रणले समेत रंग्याइन्छ।

कहाँ बन्छ मुकुण्डो ?

पूर्णको घर देवता बनाउने घर हो। ९ महिनासम्म नचाइने भक्तपुरको नवदुर्गा नाचका लागि करिब ३ महिनामा मुकुण्डो तयार गर्नुपर्छ। अरु सामान्य मुकुण्डो बनाएको जस्तो सजिलो यसमा हुँदैन। प्रत्येक मुकुण्डो बनाउने आफ्नो नियम हुन्छ। विधि र आकार पनि। त्यसभित्र रहेर मुकुण्डोलाई मौलिक आकार दिनुपर्छ। अन्यथा गर्न पाइँदैन।

सानै छँदा पूर्णले काकासँगै मुकुण्डो बनाउन सीप सिके। बुबाले माटोको काम गर्दैन थिए, रङरोगन मात्र गर्थे। २०२० सालदेखि भने मुकुण्डो बनाउने जिम्मा काका विष्णुबहादुरले पूर्णलाई नै सुम्पिए। त्यसपछि हरेक वर्ष उनी गथांमुगदेखि दशैंसम्म मुकुण्डो बनाउन नै व्यस्त हुन थाले। २०३६ सालसम्म त काकाले पनि माटोको काम गर्न सहयोग गरे। तर, उनी बितेपछि माटोको काम गर्ने सबै जिम्मेवारी उनकै काँधमा आइपुग्यो।

करिब ८० दिन जति त माटोको कामदेखि रङ्ग्याउने काममै बित्छ। परिवारले  रङ भर्न सहयोग गर्छन्। मैले सक्दो गरिरहेको छु। मपछि के हुन्छ, त्यो थाहा छैन’ पूर्ण भन्छन्। मुकण्डो बनाउन पैसामात्रै लाग्ने होइन, सीप र समय पनि उत्तिकै महत्व हुन्छ। वर्षको तीन महिना यसमा खट्दा खट्दै अरु काम गर्न पाइँदैन उनको परिवारले।  
अर्को समाचार
छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता
२६ पौष २०८०
•
३ मिनेट पाठ
छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता
तस्बिर : गाेल्नेन बुढा–नागरिक
जुम्लाको पातारासी गाउँपालिका ४ तिर्खु गाउँका ६७ वर्षका जगबहादुर बोहोरा महादेव धामी हुन्। उनले छाउपडी नमान्ने प्रतिबद्धता जनाए। छाउपडी प्रथाका मुख्य गढ मानिने देवताका धामीझाँक्री डाँगी (पुजारी) ले नै छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरे।




उनीहरूको एउटै स्वर थियो, ‘देवता मान्छौं, छाउ मान्दैनौं। महिनावारी भएकी छोरी र बुहारीलाई घरमै राख्छौँ। पहिले विभेद गरियो। अब गर्दैनौं।’

यस्तै उक्त वडाकी महिला सुकु बोहोरा पनि धामी हुन्। उनले भनिन्, ‘छाउपडीविरुद्ध वकालत गर्ने बताउँछिन्। छाउपडी प्रथा मान्नु हुँदैन भनेर गाउँमा अठोटका साथ लाग्छौं। छाउ नबार्दैमा कसैलाई केही भए आफूले जिम्मा लिने दाबी गरिन्। उनले थपिन्, ‘म आफैं देवताको धामी छु, तर म घरमै बस्छु, तपाईंंहरू कसैलाई घरमै छाउपडी बसालेकै भरमा देवता लाग्यो भने त्यसको जिम्मेवारी स्वयं म लिन्छु।

बुधबार पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणासँगै सामाजिक कुरीति र कुसंस्कार अन्त्यका लागि साझा प्रतिबद्वता पत्रमा हस्ताक्षर गरी यस्तो साझा प्रतिबद्वता जाहेर गरेका हुन्। पातारासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजनामा छाउ गोठमुक्त वडा घोषणा गरिएको हो।

महिला तथा बालबालिका शाखा प्रमुख भगवती  गिरीले भनिन्, ‘छाउपडी हुनु अभिशाप होइन। कुनै पापको प्रतिफल पनि होइन। यो त नियमित प्रक्रिया हो। फल लाग्नका लागि फुलेको एक प्रकारको फूल हो। महिलामा छाउपडी हुँदा न देउता रिसाउँछन्, न त उनीहरुलाइ देउताले नै छुट्टै राख भन्छन्। यो त समाजमा महिलालाई दबाइराख्न बनाइएको संस्कार मात्र हो।’

मानवअधिकारका दृष्टिले छाउपडी र नछुनेका नाममा महिलााथि हुने भेदभाव, वञ्चिती वा निषेध एक प्रकारको ज्यादती हो। शाखाले गाउँपालिकाभित्र रहेका महिला समुह, किशोरी समुह, बालसमुह, गाउँगाउँ र विद्यालयमा, प्रहरी, धामीझाँक्री र जनप्रतिधिनिको सहभागितामा पैरवी गर्दै आइरहेको उनको भनाइ छ।

यता डिल्लीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदमराज जैसीले मुलुकी अपराध संहितामा कसैले पनि महिनावारी भएकी महिलालाई छुवाछुत गर्ने वा छाउगोठमा राख्ने गरेमा तीन महिनासम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको बताए।

‘सरकारले २०६४ सालमा छाउपडी प्रथा उन्मूलन निर्देशिका जारी गरेको छ। हामी पातारासी गाउँपालिका ४ का पाँच सय घरधुरीले आजदेखि कोही कसैले छुई भएको अवस्थामा गोठमा नभई घरमा बस्ने भनी साझा प्रतिबद्धताका साथ छाउ गोठमुक्त गाउँ घोषणा गर्दछौँ। कोहीकसैले छाउ भएको अवस्थामा पुनः छाउगोठ प्रयोग गरेको भेटिएमा कानूनबमोजिम सजायको भागीदार हुने छौँ’, प्रतिबद्धतामा भनिएको छ।

उक्त वडाभित्र डिल्ली चौर, लाम्री, तिर्खु, बैसेनी र डोलकाटी बस्ती पर्छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले महिनावारी हुने उमेरका सबै किशोरी तथा महिला महिनावारी हुँदा घरमै बस्दै आएपछि ४ नम्बर वडालाई छाउ गोठमुक्त घोषणा गरिएको बताए। समाजमा सकारात्मक परिवर्तन आएको बताउँदै छाउ गोठ अन्त्यसँगै समाजमा रहेका कुरीति र विभेद अन्त्य गर्न सक्रियताका साथ अगाडि बढ्न सबैमा अनुरोध गरे।

यस्तै ४ नम्बर वडाध्यक्ष कालीबहादुर ऐडीका अनुसार गाउँमा अहिले छाउ प्रथा मान्ने कुनै घर छैन। घोषणा कार्यान्वयनमा फितलो देखिए कारबाही गरिने छ। छाउ गोठमुक्त घोषण कार्यक्रममा देउडालगायत छाउपडी कुप्रथा मान्दैनौं, घरमै बस्छौं, पोसिला खानेकुरा दही, दूध जस्ता खानेकुरा खान्छु भन्ने सन्देशमूलक प्रस्तृति गरिएको थियो। वडालाई छाउ गोठमुक्त वडा घोषणा गर्न मूलधारमा रही काम गर्ने महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीलगायतका व्यक्ति र निकायलाई सम्मान गरिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस