धुमधामका साथ मनाइयो ‘मोहम्मद डे’
१४ कार्तिक २०७७
•
१ मिनेट पाठ
धुमधामका साथ मनाइयो ‘मोहम्मद डे’
बाँकेका मुस्लिम धर्मावलम्बीहरुले शुक्रबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४३८औं जन्म जयन्ती मनाएका छन्।  




हजरत मोहम्मदको जन्म इस्लामी पात्रो अनुसार हिजरी सम्बतको रब्बीअव्ल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको उल्लेख छ। मुस्लिम समुदायको बाहुल्यता भएको नेपालगन्जमा पनि धुमधामका साथ हजरत मोहम्मद पैगम्बरको जन्मदिवस मनाइएको छ। नेपालगन्जका विभिन्न चोकमा झन्डा, बेलुन, सिँगारिएका रिक्सा, गाडी, ट्याक्टरमा बाजा बजाएर नगर परिक्रमा गरेर मोहम्मदको जन्मोत्सव मनाइएको छ।  

बाँकेका इस्लाम धर्मगुरु तथा अगुवाहरुले सामाजिक दूरी कामय गरेर मोहम्मद डे मनाउन आग्रह गरेका थिए। तर त्यसको पालना भएको भने देखिएन।  

हजरत मोहम्मदको जन्मदिनको अवसरमा विभिन्न नाअत सरिफ वाचन गर्ने र उनका उपदेश, वाणीहरुको चर्चा गर्ने गरिन्छ। उनको जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन्।  

जन्मजयन्तीको अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाले सार्वजनक विदा समेत दिएको थियो।
अर्को समाचार
हिन्दूको कोजाग्रत पूर्णिमा र मुस्लिम समुदायको मोहम्मद डे एकैदिन
०२ कार्तिक २०७८
•
३ मिनेट पाठ
हिन्दूको कोजाग्रत पूर्णिमा र मुस्लिम समुदायको मोहम्मद डे एकैदिन
पश्चिम नेपालस्थित तराईका जिल्लामा मंगलबार पर्वको उल्लाह छायो। हिन्दू र मुस्लिम धर्मावलम्बीहरूले परम्परागतरुपमा आआफ्नो पर्व मनाएका छन्। हिन्दूले मंगलबार कोजाग्रत पूर्णिमा र मुस्लिम धर्मावलम्बीहरूले इस्लाम धर्म प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव ‘मोहम्मद डे’ उमंगका साथ मनाएका छन्।




हिन्दू र मुस्लिम धर्मावलम्बीहरुको पर्वले मंगलबार पश्चिम तराईका जिल्ला बाँके, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लामा उल्लास छाएको छ। हिन्दू धर्मावलम्बीहरुले मनाउने दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दशैं कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ। यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले कोजाग्रतको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ।

प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजाआराधना गरी बिसर्जन गरिएको छ। दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका जमरा बिसर्जन गर्ने परम्परा रहेको नेपालगन्जकी लक्ष्मी शर्माले बताइन्। ‘कोजाग्रत पूर्णिमाको भोलिदेखि आकाशदीप बाल्ने परम्परा छ,’ उनले भनिन्, ‘कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान् विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलन छ।’ दशैंको अन्तिम दिन पूर्णिमामा हिन्दूहरूले दशैंमा टीका लगाउन छुटेका आफन्तहरुबाट टीका जमरा लगाएका छन्। विशेषगरी घरदेखि टाढा रहेका आफन्तले दसैंका रुपमा कोजाग्रत पूर्णिमाको दिन टीका जमरा लगाएर मनाउने गर्छन्। कोजाग्रत पूर्णिमासँगै यस वर्षको दशैं पनि समापन भएको छ। पूर्णिका दिन केही स्थानहरुमा मेलासमेत लागेको छ।

यता मुस्लिम समुदायले धर्म प्रवर्तक हजरत मोहम्मदको उल्लासमय वातावरणमा जन्मदिन मनाएका छन्। ‘मोहम्मद डे’ भनिने यस पर्वमा मिष्टान्न परिकार खाने खुवाउने र मोहम्मदका उपदेश सुन्ने परम्परा रहेको मुस्लिम मुक्ति मोर्चा नेपालका अध्यक्ष अदेर हुसेन फारुतीले बताए। सयौं वर्षदेखि यो परम्परा मनाउँदै आएको उनको भनाइ छ। प्रवर्तक हजरत मोहम्मदको जन्मदिनलाई उल्लासका साथ मनाउने गरेको उनी बताउँछन्। ‘जन्मदिनको अघिल्लो रात जाग्राम बस्ने र भोलिपल्ट पूजाआजा गरेर समापन हुन्छ,’ उनले भने, ‘यस पर्वलाई हामीले सयौं वर्षदेखि परम्परागत ढंगले मनाउँदै आएका छौं।’ गत वर्ष कोभिड–१९ (कोरोना भाइरस) को जोखिमका बीच मनाइए पनि यस वर्ष भने स्वास्थ्य मापदण्ड पालना गरेर मोहम्मद डे मनाइएको उनले बताए। नेपाली मुस्लिम समुदायमा हौसला बनाउन र पैगम्बर हजरत मोहम्मदप्रति सम्मान व्यक्त गर्न आफूहरुले पर्वका रूपमा मनाउने गरेको नेपालगन्जका रोशन जमिनले बताए।  

मंगलबार नेपालगन्जलगायतका मुस्लिम समुदायको बाहुल्य रहेका जिल्लामा उल्लासमय रुपमा र्याली निकालिएको थियो। दशैंको अन्तिम दिन मोहम्द डे परेकाले पश्चिम तराईका जिल्लामा पर्वको रौनक छरिएको छ। मुस्लिम धर्मका प्रर्वतक हजरत मोहम्मद सल्ललाहे अलैय असल्लम दुबईको सहर मक्कामा सेप्टेम्बर १० तारेखका दिनमा जन्मिएका थिए। सोही दिनलाई यो समुदायले पर्वका रुपमा मनाउँदै आएको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस