तनहुँ, माघ ६ (नागरिक)- नाताले नातिनी पर्ने ९ वर्षीया बालिका बलात्कार गर्न खोजेर फरार भएका एक बृद्धालाई शुक्रबार धादिङ प्रहरीले पक्राउ गरेको छ। धादिङ मैदी ९, छापथोकका साने सार्कीलाई प्रहरीले चितवनको खैरेनीबाट पक्राउ गरेको धादिङका प्रहरी नायव उपरिक्षक बिकासराज खनालले बताए।
गत पुस २० गते साँझ नरिबल दिने प्रलोभन देखाउँदै ६५ वर्षीय बृद्धा सानेले ९ वर्षीया नातिनीमाथि बलात्कारको प्रयास गरेका थिए। चितवनको खैरेनीमा मितको घरमा आश्रय लिएर बस्दै आएका साने सार्कीलाई स्थानीय प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको हो। उनलाई जर्वजस्ती करणीको ऐनअनुसार कारबाही प्रक्रियाअघि बढाइने प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए।