रामेश्वर कार्की, धादिङ, माघ ८ - धादिङको आरुघाटबाट धादिङबेसीतर्फ आउँदै गरेको ना २ ख ४९८५ नम्बरको यात्रुवाहक बस आज बिहान ज्यामरुङ ५ भकारेमोडनजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ३० भन्दा बढी घाइते भएका छन् जसमध्ये सात जना गम्भीर घाइते भएका छन्।
कच्ची सडकबाट तल खोल्सामा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन बुढाथोकीले बताए।
बुढाथोकीका अनुसार मृत्यु भएका एक महिला र एक पुरुषको सनाखत हुन बाँकी छ।
घाइतेहरुलाई उपचारका लागि धादिङबेसीस्थित जिल्ला अस्पताल पुर्यााइएको छ।