प्रदेश १ मा ५ जना कोरोना संक्रमितको मृत्यु
२७ कार्तिक २०७७
•
१ मिनेट पाठ
प्रदेश १ मा ५ जना कोरोना संक्रमितको मृत्यु
मोरङको विभिन्न अस्पताल र होम आइसोलेसमा रहेका ५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।  




पछिल्लो २४ घण्टामा विराटनगरको नोबेल शिक्षण अस्पतालमा ३, बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा १ र बेलबारीमा होम आइसोलेसन रहेका १ संक्रमितको मृत्यु भएको छ।  

झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ। कात्तिक ४ गते रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र बान्ता हुने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पतालका प्रबन्ध नारायण दाहालका अनुसार भर्ना गरेसँग गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको र उपचारका क्रममा महिलाको मृत्यु भयो।  

सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको उपचारका क्रममा बिहीबार बिहान ८ः१० बजेतिर मृत्यु भएको नोबेलले जनाएको छ। बुधबार भर्ना गरिएको महिलामा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या रहेको दाहालले जानकारी दिए।  

मोरङको रंगेली–८ का ५५ वर्षीय पुरुषको बिहीबार बिहान ७ः३० बजेतिर नोबेलमै मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि कात्तिक १७ गते अस्पताल भर्ना गरिएको थियो।  

झापाको दमक–६ की ४६ वर्षीया महिलाको उपचारका क्रममा बुधबार राति ८ बजेतिर मृत्यु भएको विराट अस्पतालले जनाएको छ। बुधबार बिहान श्वासप्रश्वासको समस्या देखिएपछि भर्ना गरिएको थियो। भर्नासँगै गरिएको पिसिआर परीक्षणको दिउँसो रिपोर्ट पोजिटिभ आएको थियो।  

मोरङको उर्लाबारी–८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएपछि उनी होम आइसोलेसन बस्दै आएकी प्रहरीले जनाएको छ।
अर्को समाचार
प्रदेश १ मा एकै दिन १८ जना संक्रमितको मृत्यु
०७ भदौ २०७८
•
१ मिनेट पाठ
प्रदेश १ मा एकै दिन १८ जना संक्रमितको मृत्यु
प्रदेश १ मा कोरोना संक्रमणबाट एकै दिन १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा १३ पुरुष र ५ जना महिला रहेका छन्।




यस्तै प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। ९ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९ र ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ४९, मोरङमा ६८, सुनसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, पाँचथर र तेर्‍हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

झापाको विर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६–२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा ४, कमल गाउँपालिकामा २, गौरादह, बार्‍हदशी, गौरीगञ्ज र हल्दिबारीमा १–१ जनामा संक्रमण देखिएको छ। मोरङको बेलबारीमा २५, विराटनगरमा २३, सुन्दरहरैचामा ७, बुढीगंगा र पथरीशनिश्चरेमा ३–३, रंगेली र कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ, लेटाङमा १–१ जनामा संक्रमण देखिएको छ।  

सुनसरीको इटहरीमा ३१, धरानमा १९, बराहक्षेत्रमा ५, दुहवी र रामधुनीमा ३–३, देवानगञ्जमा २, इनरुवा, बर्जु, भोक्राहा, हरिनगरमा १–१ जनामा संक्रमण देखिएको छ। इलामको सुर्योदयमा ५, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, माईमा १,संखुवासभाको खाँदबारीमा ५, उदयपुरको बेलकामा २, पाँचथरमा १ र तेर्‍हथुममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा आइतबार ३ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ५७ महिला र १ सय ५५ पुरुष रहेका छन्।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस