‘यस वर्ष कोरोनालाई लिएर स्थानीय प्रसाशनको तर्फबाट भिडभाड हुन नदिन र पूजास्थलमा मास्क र सेनिटाइजरको ब्यवस्था गर्न दिशानिर्देशन छ, संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हामीले पनि ति निर्देशन मानिरहेका छौं,’ वीरगन्जको रानीघाट छठ पूजा ब्यवस्थापन समितिका अध्यक्ष रोशन गुप्ताले भने, ‘सकभर घरमैं छठ गर्ने हामीले आग्रह गरेका छौं, जोसंग ठाउँ छैन, ब्यवस्था छैन त्यसताका लागि छठघाटको सरसफाई गराइएको छ।’
बिहीबार छठ पूजाको बिधि अनुसार रसियावरोटी अर्थात ‘खरना’ मनाइदैछ। बुधबार नाहाएखाएके बिधिबाट सुरु भएको छठमा खरनाका दिन प्रसाद खाएर खुवाएर ब्रतालुले संकल्प लिएपछि शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सकिने छ। गुप्ताले भनेजस्तै धेरै मानिसहरु घरकै परिसरमा यसवर्ष छठ मनाउने तयारी गरेका छन्। ‘हामीले यस पटक घरकै प्राँगणमा छठ मनाइरहेका छौं, त्यहाँ सानो कृत्रिम पोखरी बनाइएको छ, त्यहाँनिर नै सबै बिधिहरु हुनेछ,’ वीरगन्ज–११ श्रीपुर, फुलवारी टोल बस्ने देवेश गुप्ताले नागरिकलाई भने, ‘जोखिमपुर्ण अवस्थालाई ध्यानमा राखेर यो तयारी गरिएको छ। बिधि र पूजाआजा भने एकदम आस्था र उत्साहका साथ भइरहेको छ।’
पर्साका प्रम्ख जिल्ल अधिकारी आस्मान तामाङ्गले छठ ब्यवस्थापन समितिहरुलाई छठ पूजालाई बढी भिडभाड हुने गरी आयोजन नगर्न भनेपछि १ हप्ता अगाडिदेखि नै चल्ने तयारी र सजावट यसपाली देखिएको छैन। सजावट घटे पनि मानिहरुको उत्साह भने घटेको छैन। ‘यसपाली घरभित्रै मनाउँदा केही खल्लो त लागेकै छ छठको तयारी र उत्साहमा कमी छैन,’ वीरगन्ज घडिअर्वाका मनोहर साहले भने। वीरवगन्जको घण्टाघर नजिकै घर भएका बिनोद परियारले टोल छिमेकमा भिक्षटन गरेर अर्घ्य सामग्री किनेर ब्रतालुलाई दिएका छन्। २०४० सालदेखि ०७४ सालसम्म २४ वर्ष छठ ब्रत गरेकी आमाले स्वास्थ्य समस्याका कारण छठ गर्न छाडेपछि उनी बाचुञ्जेल आफूहरु दाजु भाई भिक्षाटन गरे अर्घ्यदान गर्ने संकल्प लिएको परियारले बताए।
सामर्थ्य भएकाहरु पनि भाकल र संकल्प अनुसार भिक्षाटन गरेर छठ मनाउने चलन छ। शुक्रबार षष्टीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरी उपासना गरेका ब्रतालु सप्तमी तिथीमा शनिबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत उद्यापन गर्छन्। दिउँसोभरी निराहार बसेका ब्रतालु बिहीबार पञ्चमीको दिन बेलुकी माटाको नयाँ र चोखो चुल्होमा अगहनी चामलमा दूध र गुड (भेली) हालेर ‘रसियाव’ र चोखो पारिएको गहुँको पिठोको रोटी पकाएर पूजा गरी खाने र प्रसादस्वरुपमा अरुलाई समेत खुवाउने बिधि खरना मनाएका छन्। यस प्रसादलाई पकाउनका लागि माटोको नयाँ चोखो चुल्हो बनाइएको हुन्छ जसमा आँपको दाउरा बालिन्छ। कठिन बिधिसाथ मनाइने यस ब्रतमा भोजनमा मांशाहार मात्र होइन लसुन प्याज समेत वर्जित हुन्छ। ३६ घण्टा चल्ने उपवासमा ब्रतालुले पानी समेत खादैनन्।