सिमराका एक होटलबाट जुवा खेली रहेको अवस्थामा नगदसहित १० जना जुवाडेलाई बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ। जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरामा रहेको सिमरा पाराडाइज होटलबाट नगर र कौडा सहित १० जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२ का राजेन्द्र उप्रेती, दिपक भट्टराई , ७ का, राजेश गिरी, श्याम सिंह, १ का रोबिन दाहाल, निजगढ नगरपालिका ७ का सुनिल श्रेष्ठ, अशोक लामा, राज लामा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
होटलमा जुवाडेहरू जम्मा भई जुवा खेली रहेको थाहा पाए पछि बिहिबार राती जिल्ला प्रहरी कार्यालय कलैयाबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको गौतमले बताए।
पक्राउ परेका जुवाडेहरुबाट जुवा खेल्न प्रयोग भएका म्याट, पाउडर, कौडा १६ थान र पाँच लाख ८२ हजार नगरसमेत बरामत गरिएको उनले बताए।
नियन्त्रणमा परेकाहरुलाई जुवा मुद्दा अन्तर्गत म्याद थप गरि थप अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ।