छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु, पाँच घाइते
१५ मंसिर २०७७
•
१ मिनेट पाठ
छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु, पाँच घाइते
आइतबार विभिन्न ठाउँमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको छ। मोरङको सुन्दरहरैंचा र उर्लाबारीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जना र म्याग्दीमा भएको दुर्घटनामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ स्थित सलकपुर चोकमा आइतबार बिहान बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ मोटरसाइकललाई प्रदेश १–०१–००१ ख ३४१० नम्बरको बसले ठक्कर दिएको हो। बसको ठक्करबाट मोटरसाइकल चालक सुन्दरहरैंचा–७ का ४० वर्षीय बिजेस लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

त्यस्तै सुन्दरहरैंचा–९ चाँदनी पेट्रोलपम्प अगाडि शनिबार राति स्कुटर र ट्याक्टर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। ट्याक्टरको ठक्करबाट घाइते भएका स्कुटर चालक सोही ठाउँका ४२ वर्षीय मकेश्वर चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिमल्सिनाले जानकारी दिए। उता इटहरा–उर्लाबारी सडक खण्डअन्तर्गत उर्लाबारी–८ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको डिएसपी तिमल्सिनाले जनाए। मृतकको पहिचान हुन सकेको छैन।

म्याग्दी संवाददाता हरिकृष्ण गौतमकाअनुसार म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरको ताराखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका पाँच जना घाइते भएका छन्। गाउँपालिका–२ लाम्पाताबाट सोही वडाको सल्लानतर्फ जाँदै गर्दा बा००१च ०२५२ नम्बरको जीप ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना हुँदा ११ वर्षीया करिस्मा केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्को समाचार
छुट्टा छुट्टै दुर्घटनामा चारको मृत्यु
नागरिक
०५ फागुन २०७१
•
३ मिनेट पाठ
छुट्टा छुट्टै दुर्घटनामा चारको मृत्यु
दाङ–मंगलबार दाङ र सल्यानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दाङमा तीन र सल्यानमा एकजनाको मृत्यु भएको हो। दुर्घटनामा परी ८ जना घाइते भएका छन्। दाङ देउखुरीको सिसहनीयामा चलिरहेको ट्रकको पछाडी मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सिसहनीयाका ३२ वर्षीय स्थीर ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
ना ४ ख ९३८१ नम्बकरको ट्रकमा रा २ प १५३८ नम्बरको मोटरसाइकल पछाडि ठोक्किदा दुर्घटना भएको हो। मोटरसाइकल सवार कमल गुरुङ घाइते भएको र उनको घोराही उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

यस्तै सोही ठाउंमा मंगलवार विहानै ट्रकले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ।

बिहान करिब १ बजे सिहनिया ४ पिपरिबाट पूर्व जाँदै गरेको ना ५ ख ३७७९ नम्बरको ट्रकले ठक्कर दिदा सिसहनिया २ हसनापुरका ५६ वर्षीय तुकमान केसीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै घोराही तुल्सीपुर सडकखण्डमा मोटरसाईकलले ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको छ। रा २ प ६५४३ नम्बरको मोटरसाईलले बिजौरी बजारमा ठक्कर दिदा बिजौरी ७ की ७५ वर्षीया धनसरी बुढाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता राप्तीको सल्यान जिल्लामा तिर्थालु बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सल्यानको सदरमुकाम खलङ्गाबाट तिर्थयात्रु लिएर जिल्लाको छांयाक्षेत्र मन्दिर तर्फ जांदै गरेको बा१च ८२८ नम्बरको जिप सारदा नगरपालिका २ महेसपानीमा पल्टिदा सोही ठाउका ४ वर्षीय बालक गौरब खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख अरुण कुमार शाहले जानकारी दिए। जीपमा छायाँक्षेत्र मन्दिरमा शिवरात्रीमा लाग्ने मेलामा जाँदै गरका तिर्थालु थिए।

दुर्घटनामा परी सारदा नगरपालीका ५ निबासी ११ वर्षीय सर्बेश खांन, सोही ठाउ २ निवासी २० वर्षीया अन्जु खांन, १७ वर्षका सन्दिप खांन, दाङको घोराही नगरपालिका ५ निवासी ३३ वर्षीया चन्द्रीका बुढाथोकी, सोही ठाउं निबासी ३१ वर्षीया कल्पना पुन, दाङको हापुर २ निवासी ४० वर्षीया मनिसरा विष्ट, र दमाचौर ६ निवासी २४ बर्षीया करुणा मल्ल घाइते भएको प्रहरीले बताएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस