अजीत तिवारी, विराटनगर, चैत ४- मोरङमा भएका छुट्टै सवारी दुर्घटनामा बुधबार चारको मृत्यु भएको छ। १२ भन्दा बढी यात्रुहरु घाइते छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधवार अपरान्ह उर्लाबारीको मंगलबारेमा पूर्वतर्फ जाँदै गरेको मे १ ख ८८९ नम्बरको यात्रुबाहक बस र बिपरित दिशाबाट आइरहेको को ३ प १०९७ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा चढेका झापा धरमपुर-९ का रोशन महतरा छन्। उनीसंगै रहेका प्रशान्त तामाङ गम्भीर घाइते भएका छन्। उनको उपचार धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।
बुधवार विहानै मोरङको बेलवारी-९ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गको छेउमा रोकिराखिएको ट्रकमा झापाबाट आइरहेको मे.१ज. ७०३ नम्बरको मारुती भ्यानले ठोक्कदा झापा बाहुनडाँगी-४ बस्ने रञ्जन दुलालको घटनास्थ्लमै मृत्यु भएको छ। दुर्घटनामा मारुतीमा चढेका ५ जना घाइते भएका छन्। घाइतेहरुको उपचार धरानमा भइरहेको छ।
मंगलवार राती विराटनगर-१८ जोगवनी सडकखण्डमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। विराटनगरतर्फ आइरहेको बा.५च. ५९ नम्बरको मारुती भ्यान र जोगवनीतर्फ गइरहेको पीबी ०८ पीसी ९४८६ नम्बरको भारतीय ट्रक ठोक्किदा भ्यानका चालक बिल्टु साह र सहयोगी साहेवगञ्जका अजय चौधरीको मृत्यु भएको छ। उक्त दुर्घटनामा तीनजना घाइते भएका छन्।