दैलेख घर बताउने अन्दाजी ५५ वर्षीया आफ्नो नाम माता बताउने एक महिला नौ महिनादेखि ओढारमा बस्दै आएकी छिन्। चन्दननाथ नगरपालिका ३ स्थित गच्चु साँघु ओढारमा बस्दै आएको स्थानीय बताउँछन्। उनी मानसिक रुपमा विक्षिप्त छिन्। उनी सडकमा भौतारिँदै आएर वैशाख १० गतेदेखि ओढारमा बसेकी हुन्। उनीसंग लगाउने राम्रो कपडा छ। नत राम्रो बस्ने वास र खाने गाँस नै। सडकमै खाना माग्छिन्। ओढारमा आएर सुत्छिन्। उनको दैनिकी निकै कष्टकर छ।
खास घर कहाँ हो? नाम के हो? कहाँबाट आउनु भएको हो? भन्ने बारेमा समेत बताउन चाहदिनन्। स्थानीय जानकी रावलले पालैपाले घरबाट खान पुर्याइदिने गरेको बताउँछिन्। खाना ओढारमै पुग्छ। तैपनि कहिलेकाहीँ गाउँ र सडकतिर माग्दै हिँड्ने गरेको भेटिएको छ। मानसिक सन्तुलन गुमेपनि नराम्रो व्यवहार गरेकी छैनन्,उनले भनिन्,‘तर खुला आकाशमुनि सुत्ने, वन जङ्गलतिर डुल्ने गर्छिन्। सडकतिर भौतारिने गर्छिन्।’
घरमा बस्नुहोस्। कुनै तातो हुने ठाउँमा जानुहोस् भन्दा मान्दिनन्। यो हिउँको माइनस चिसोमा पनि ओढारमा गुजारा चलाएकी छिन्, स्थानीय कृष्णा बुढ्थापाले भनिन्,‘चाँडै उद्वार नभएको खण्डमा वृद्धा महिलाको मृत्यु हुनसक्ने अवस्था छ। तत्काल उद्वार होस। हामी यही चाहान्छौँ।’ बेवारिसे महिलाले भने ओढारबाट कहि कतै जान नसक्ने बताइन्। गाउँमा जाँदैन। ओढारमा बस्छु, वनपाले बन्छु भन्छिन्,‘कृष्णाले भनिन्,‘यो अवस्थामा हामी गाउँले पनि देख्न सक्दैनौँ। तत्काल उद्वार गरोस।’
जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा जिल्ला विपद् व्यवस्थापन समितिबाट ९ महिनादेखि एक्लै ओढारमा बस्दै आएकी बेवारिसे वृद्धा महिलालाई पहिलो चरणमा लत्ता कपडासहित खाद्यान्न राहत दिइएको छ। सडक मानवहरूलाई राहत वितरण गर्ने क्रममै बेवारिसे अवस्थामा ओढारमा वृद्धा महिला बसिरहेको भन्ने थाहा पाएपछि एकाबिहानै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको विपद् व्यवस्थापन टोली ओढारमा पुगेको थियो।
कठ्याङ्ग्रिँदो चिसोमा खुल्ला ओडारमा बसिरहेकी वृद्धा महिलालाई पहिलो चरणको राहतमा चामल एक बोरो, नुन, तेल, न्यानो कम्बल, ज्याकेट, चाउचाउ, बिस्कुट, पाल, भाडा बर्तन, धोती, लगायतका राहत सामाग्री वितरण गरिएको प्रअिज भुपेन्द्र थापाले बताए।
दीर्घकालीन रुपमा पुनर्स्थापना हुने व्यवस्था नभएसम्मका लागि राहत दिइएको हो। चिसोमा जति बेला पनि तलमाथि हुने भएकाले तत्काल उद्वारमा जोड दिनु राज्यको दायित्व हो। हामी उद्वार कहाँ कहिले कसरी गर्ने भन्नेबारे तयारीमा जुटेका छौँ, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘सुर्खेत मानव सेवा आश्रममा पठाउने वा जिल्लामै व्यवस्थापन गर्ने बारे छलफल गरी चाडै उद्वार गर्ने प्रशासनको तयारी छ।’
प्रशासनले दैनिक उपभोग्य अत्यावश्यक खाद्य सामाग्रीसहित लत्ता कपडा दिएपछि खुसी हुँदै माता नाम बताउने वृद्धा महिलाले मरुन्जेल ओढारमै बस्ने बताइन्। मैले धेरै सामान पाइहाले। अब ओढारबाट कतै जाँदैन’ उनले भनिन्।