अघिल्लो दिन उदयपुरमा भएको ट्याक्टर दुर्घटनामा परी चालकको निधन भएको छ भने ४ जना घाइते भएका छन्। जिल्लाको रौतामाई गाउँपालिका १ नामेटार तालथुम्कीमा अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक त्रियुगा नगरपालिका ७ का २० वर्षीय केशव विकको निधन भएको हो।
सदरमुकाम गाईघाटदेखि नामेटारतर्फ जाँदै गरेको प्र २–०१–००१ त १०१७ नं. को ट्याक्टर दिउँसो २ बजे दुर्घटनामा पर्दा गम्भीर घाइते भएका विकको उपचारार्थ अस्पताल ल्याउने क्रममा बाटैमा निधन भएको प्रहरीले जनाएको छ। घट्नास्थल सदरमुकामदेखि झण्डै ६० किलोमिटर टाढा रहेकाले चाँडो उपाचर हुन नपाउँदा निधन भएको स्थानीयले बताएका छन्। उनको शव पोष्टमार्टमका लागि उदयपुर अस्पताल गाईघाटमा राखिएको छ।
दुर्घटनामा परी घाइते भएका ४ जनालाई बुधबार विहान उपचारार्थ विराटनगर पठाइएको छ। घाइते हुनेमा रौतामाई १ नामेटारका ४८ वर्षीय कर्मध्वज तामाङ, सोही ठाँका २१ वर्षीय सन्तोष तामाङ, ३५ वर्षीया ज्ञानीमाया तामाङ र १९ वर्षीया सीता तामाङ रहेका छन्। कर्मध्वजका दाँया खुट्टा र हात भाँचिएको, सन्तोषका दुवै हात भाँचिएका छन् भने ज्ञानीमायाका दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। सीताको भने कम्मरमा चोट लागेको छ।