सल्यान - सल्यानमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। खलङ्गाबाट कालीमाटी रामपुरतर्फ जाँदै गरेको बा१ब ९३९१ नम्बरको मोटरसाइकल आज बिहान कालीमाटी– ७ रोक्चामा दुर्घटना हुँदा जिल्ला कृषि विकास कार्यालय सल्यानमा प्राविधिक सहायक पदमा कार्यरत बर्दिया तारातालका २५ वर्षीय पुनाराम चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।उक्त दुर्घटनामा सोही कार्यालयका कृषि प्रसार अधिकृत तनहुँ बन्दीपुरका तीर्थ ढकाल घाइते भएका जनाइएको छ।
दुवै कर्मचारीहरु कालीमाटी रामपुरमा बिहीबारदेखि सुरु हुन लागेको मकै बालीसम्बन्धी तालिम दिन गएका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यान तथा इलाका प्रहरी कार्यालय कालीमाटीबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरिरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका ढकाललाई थप उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।