पाल्पा- गुल्मीको विरवासमा सोमबार भएको भ्यान दुर्घटनामा परी मर्नेको सँख्या तीन पुगेको छ। पाल्पाको मिसन अस्पतालमा उपचार भईरहेका पल्लीकोट गाविस २ की ३५ वर्षीया विनिता थापाको उपचारकै क्रममा मंगलबार मृत्यु भएको छ।
सदरमुकाम तम्घासबाट भारतीय सेनाको पेनसन बुझी घरतर्फ फर्किदै गरेकाहरु विरबास बजार नजिकै दुर्घटनामा परेका थिए। सदरमुकामबाट विरवासतर्फ गईरहेको लु १ च २२१२ नं. को भ्यान दुर्घटना हुँदा पल्लीकोट गाविस २ का ७५ वर्षीया टोपली सोमरे र सोही स्थानकै ६५ वर्षीया इन्द्रकला सोमरेको सोमबार घटना स्थलमै मृत्यु भएको थियो। घाइतेहरु विरवास गाविस ८ का गाडी चालक ३५ वर्षीय देवप्रसाद खनाल र सोही स्थानकै ३५ वर्षीया इन्द्रकला थापाको गम्भीर अवस्थामा मिसन अस्पताल पाल्पामै उपचार भइरहेको छ।