दाङ - मोटरसाइकलले ठक्कर दिँदा दाङमा १ जना बृद्धको मृत्यु भएको छ। तुलसीपुरमा रा२प २५५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दाङ टरिगाउँ-१ का ५० वर्षीय कुलबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।अमिलिया तर्फबाट आउँदै गरेको मोटरसाइकलले चौधरीलाई तुलसीपुरको गुम्राह चोकमा ठक्कर दिएको हो। मंगलबार बेलुका मोटरसाइकलको ठक्करबाट घाईते भएका चौधरीको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी चौधरीलाई ठक्कर दिएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक उरहरी- २ का सुरेश अधिकारी गम्भिर घाइते भएका छन्। उनलाई राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ।