बर्दिया– चिसापानीबाट नेपालगञ्ज जाँदै गरेको भे४प ४५८९ नम्बरको मोटरसाइकले पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ।पुर्वपश्चिम राजमार्ग अन्तर्गत बलाटी चोकमा मोटरसाइकलले ठक्कर दिँदा नेवालापुर–१ बस्ने खुशीराम थारुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्को समाचार
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
अर्को समाचार
मोटरसाइकल ठक्करबाट एक जनाको मृत्यु
महेन्द्रनगर - मोटरसाइकलको ठक्करबाट पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको दैजी गाविसमा एक जनाको मृत्यु भएको छ।मोटरसाइकलको ठक्करबाट दैजी गाविस–८ चम्फापुरका ४० वर्षीय मानबहादुर शाहको ज्यान गएको छ। कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको म १ प ३०८५ नम्बरको मोटरसाइकलले शाहलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। गम्भीर घाइते शाहको उपचारका लागि भारतीय शहर पिलिभित लैजाने क्रममा मृत्यु भएको हो। चालक भीमदत्त नगरपालिका–९ का हेमराज नाथलाई प्रहरीले पक्राउ गरेको छ।