बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको डेढसाता सम्म बलत्कार र हत्या गर्ने व्यक्ती पत्ता लाग्न सकेको छैन । भागरथीको न्यायका लागी बैतडी, अस्थाई राजधानी धनगढी लगायत सुदूरपश्चिम प्रदेशका सवै जिल्लाम दिनहुँ प्रदर्शन भैरहेको छ भने दोषीलाई छिटो कारवाही गर्न सवैतिरवाट आवाज उठ्न थालेकोले प्रहरी दवावमा छ । डेढसाता सम्म दोषी पत्ता नलाग्दा निर्मलाको जस्तै भागरथीले पनि न्याय नपाउने हो कि भनेर आफन्त र स्थानियले चिन्ता गरिरहेका वेला प्रहरीले अनुसन्धान साँघुरिएको केही दिनमै दोषी पत्ता लाग्ने बताएको छ । सुदूर पश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदी दोगडाकेदारमै छन । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले टाढाको व्यक्तीवाट नभैई आसपासकै चिनजानको व्यक्तीवाट घटना भएको बताए ।
प्रहरी भागरथीको हत्या गर्ने व्यक्तीका नजिक पुगेपनि तथ्य र प्रमाण जुटाउन वाँकी रहेको उनले बताए ।‘प्रहरी एक निचोडमा पुगिसकेको छ, त्यसलाई पुष्टी गर्न केही तथ्य जुटाउने क्रममा छौं’उनले भने,‘वास्तवमै अनुसन्धान साँघुरो घेरामा पुगेको छ ।’ बिधी बिज्ञान प्रयोगशालाको रिपोट पनि आउन वाँकी छ । घटनास्थलमा संकलन भएको रगत, भेजाईनल स्वाव, मोवाईल लगायतका तथ्य संकलन गरेर नेपाल प्रहरीको बिधी बिज्ञान प्रयोगशालामा जाँचका लागी पठाइएको छ । भागरथीको बलत्कार एक जनाले हो वा सामुहिक हो अहिले सम्म एकिन हुन सकेको छैन । अपराधी पत्ता लगाएपछि सवै कथावस्तु आउने उनले बताए । प्रहरीले संकास्पद धैरै जना सँग सोधपुछ गरिसकेको छ । घटनाको दिन घटनास्थल आसपास देखिएका व्यक्तीसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ।
वाटोवाट घचेट्दै किशोरी लगेको आशंका
वाटोवाट करिव ५० मिटर तल लबलेक सामुदायिक बनमा भागरथीको शव फेला परेको थियो । त्यो शव र वाटोको बिचमा ढुंगा नजिक किशोरीको शरिरको छालाको टुक्रा फेला पारेको छ । हातको वा कुन ठाउँको छाला हो खुल्न सकेको छैन । बिचमा छाला भेट्टिएकोले वाटोवाट उनलाई घचेट्दै वा घिसार्दै लैजादाँ ढुंगामा लागेर चोट लागेर छाला खसेको प्रहरीको आशंका छ । भागरथीको घटनाको अनुसन्धानमा आम समुदायले सहयोग गरेकाले अपराधी छिट्टै पत्ता लाग्ने प्रहरीको भनाई छ ।
हत्यारा पत्ता नलाग्दा अहिले सम्म आफन्तले भागरथीको शव बुझेका छैनन् । उनको शव अझै जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान लिएका छन । भागरथीको न्यायका लागी बैतडी सदरमुकाम, अस्थाई राजधानी धनगढी, दिपायल, कंचनपुर, डडेल्धुरा लगायत बिभिन्न ठाउँमा निरन्तर प्रदर्शन भैरहेका छन ।
माघ २१ गते विद्यालयबाट घर फर्कदा बेपत्ता भएकी उनी दोश्रो दिन साँझ ५ बजेतिर विद्यालय र घरको बिचमा पर्ने लवलेक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । तल्लो शरिर निर्वस्त्र, हात काटिएको, घाँटी थिचिएर निलडाम भएको, शरिरभरी निलडाम भएको र यौनांगमा रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो । पोष्टमार्टमको रिपोटमा बलत्कार पछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ ।
अढाई बर्ष अघि कंचनपुरकी १३ बर्षिय वालिका निर्मलाको बलत्कार र हत्याको घटना अहिले सम्म रहस्यकै गर्भमा रहेको छ । प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । निर्मलाको जस्तै प्रवृतीको भागरथीको घटनामा अपराधी पत्ता नलागेर छोरीले न्याय पाउदैन कि भनेर आफन्त र स्थानिय चिन्तत छन । डेढ साता सम्म अपराधी पत्ता नलाग्दा बिद्यलायमा पढ्ने अन्य किशोरी र स्थानिय समेत त्रसित बनेका छन ।