बाह्र दिनसम्म पनि भागरथी हत्या रहस्यमै
०२ फागुन २०७७
•
२ मिनेट पाठ
बाह्र दिनसम्म पनि भागरथी हत्या रहस्यमै
बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया बलिका भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन । घटनाको शुरुदेखि नै गंभिरतापुर्वक अनुसन्धानमा जुटिरहेको प्रहरीले अनुसन्धान साँघुरिएको दावी गरेको छ । तर अहिले सम्म प्रहरीले कुनै ठोस प्रमाण फेला पार्न सकेको छैन । अढाई वर्ष अघि बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीया बलिका निर्मला जस्तै भागरथीको बलत्कार र हत्याको घटना जटिल देखिएको छ ।




भागरथीको बलात्कार र हत्या गर्नेले आफ्नो संलग्नता थाह नहोस भनेर धेरै चलाकी अपनाएकोले प्रहरीलाई अपराधी पत्ता लगाउन जटिल भएको छ । ‘प्रहरीले अनुसन्धान साँघुरिएको भनेको पनि एक साता भैसकेको छ, तर अहिले सम्म पनि हत्यारा पत्ता नलाग्दा निर्मला जस्तै छोरीले पनि न्याय पाउदैन भन्ने चिन्ता बढ्दै गएको छ’ भागरथीको काका शंकरदत्त भट्टले भने । प्रहरीले शव फेला परेको दोश्रो दिन नै धनगढीवाट तालिमप्राप्त कुकूर घटनास्थल पुगाएको थियो । अघिल्लो राती पानी परेकोले कुकूरले अपराधी भागेको वाटो पछ्याउन नसकेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीले बताएका छन ।  

माघ २१ गते भागरथी सनातन धर्म मावि वाट पौने २ बजे घर जान हिडिन् । करिव ५ मिनेटको दुरीमा रहेको खोचलेक बजारको एक पसलमा उनले चाउचाउ किनिन् । खोचलेक बजारमा चाउचाउ किनेको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताएका छन । खोचलेक बजार नजिकै भिरकट्यावाट उकालो वाटो हिड्दै डाडोमा पुगिन्छ । त्याहाँवाट कच्चीवाटो हुदै भागरथीको घर भएको चडेपानी गाउँ पुगिन्छ । घटनास्थल लवलेक सामुदायिक वाट भागरथीको घर पुग्न आधा घण्टा लागेपनि गाउँमा पुग्न ७,८ मिनेट मात्र लाग्ने स्थानिय बताउछन ।

बुधवार नै अढाई बजेतिर कच्चीवाटो वाट भागरथीलाई घिसार्दै करिव ५० मिटर तल जंगलमा लगेर बलत्कार गरि हत्या गरेको प्रहरीको बुझाई छ । तालिम प्राप्त कुकूर घटनास्थलवाट अपराधी भागेको वाटो पछ्याउदै सामुदायिक बनमै केहि सय मिटर पर सम्म पुगेको थियो । त्याहाँवाट कच्ची वाटोमा पुगेपछि भने कुकूरले वाटो पछ्याउन सकेन् । भागरथी बिद्यालयवाट आएको वाटो तर्फ नै तालिमप्राप्त कुकूरले पछ्याएको हो । बलत्कार र हत्या गरेर अपराधी जंगलको वाटो हुदै कच्ची सडक पुगेर कुनै सवारीसाधनमा भागेको हुन सक्ने देखिएको छ । भागरथीको वारेमा जानकार व्यक्तीले पिछा गर्दै एकान्त जंगलमा एक्लो मौका पाएर बलत्कार र हत्या गरेको देखिन्छ ।  प्रहरीले भागरथीको मोवाईलको कल डिटेलमा, समाजिक सन्जालमा जोडिएका, त्यो वाटोमा अवातजावत गर्ने लगायत धेरैजना सँग सोधपुछ गरिसकेको छ । 

निर्मलाका जस्तो प्रमाण संकलन नभएको अवस्था नभएकाले घटनास्थलमा फेला परेका तथ्य र प्रमाणको जाँच पछि हत्यारा पत्ता लगाउन सकिने बिश्वासमा प्रहरी रहेको छ । सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदीले अनुसन्धान धेरै साँघुरिएको केहि दिनमै हत्यारा पत्ता लाग्ने बताएका छन । भारगथीको न्यायका लागी दिनहुँ सुदूरपश्चिमका धनगढी, बैतडी लगायत बिभिन्न ठाउँमा प्रदर्शन भैरहेका छन ।
अर्को समाचार
भागरथीको हत्या गर्ने पक्राउ
०५ फागुन २०७७
•
२ मिनेट पाठ
भागरथीको हत्या गर्ने पक्राउ
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार गरेर हत्या गर्नेलाई प्रहरी पक्राउ गर्न सफल भएको छ । दुई साता सम्म प्रहरीको टाउको दुःखाई बनेको भागरथीको हत्या गरेको आरोमा सनातन धर्म मा.वि. मा कक्षा ११ मा पढ्ने उनकै गाउँको किशोर पक्राउ परेका छन् ।  




नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले कक्षा ११ मा पढ्ने चडेपानी गाउँकै किशोरले भागरथीको बलत्कार र हत्या गरेको अनुसन्धानवाट पुष्टि भएको बताएका छन् । प्रहरीले मंगलवार राती १७ बर्षिय दिनेश भट्टलाई पक्राउ गरेको हो । प्रहरी सँग उनले बलत्कार पछि हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ । परिवारिक रिईसिविका कारण हत्या गरेको उनले बयान दिएका छन् । पहिले देखि नै उनको हत्या गर्ने योजना बनाएको र त्यो दिन मौका पाएपछि हत्या गरेको उनले बयान दिएका छन् । शुरुमा वाटोवाट तल भिरमा घचेटेको उनले बयान दिएका छन् । घचेटेपछि घाइते भएको र तानेर तल जंगलमा लगि शुरुमा बलत्कार गरि घाँटी थिचेर हत्या गरेको उनले बयान दिएको प्रहरीले बताएको छ ।

अभियुक्त सधै प्रदर्शनमा सहभागी हुन्थे

प्रहरीले भागरथीको हत्यामा संलग्नता भएको आरोपमा पक्राउ परेका दिनेश भट्ट भागरथी न्यायका लागी हुने प्रदर्शनमा अग्रभागमा सहभागी हुने गरेको स्थानियले बताएका छन् । दुईसाता सम्म पत्ता लाग्न नसकेको भागरथीको हत्यामा दिनेशको संलग्नता होला भनेर कसैले कल्पना समेत गरेका थिएनन ।

माघ २१ गते विद्यालयबाट घर फर्कदा बेपत्ता भएकी उनी दोश्रो दिन साँझ ५ बजेतिर विद्यालय र घरको बिचमा पर्ने लवलेक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । तल्लो शरिर निर्वस्त्र, हात काटिएको, घाँटी थिचिएर निलडाम भएको, शरिरभरी निलडाम भएको र यौनांगमा रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो । शवफेलाको र बाटो बिचमा ढुंगामा भागरथीको शरिरको छाला भेट्टिएको थियो । पोष्टमार्टमको रिपोटमा बलत्कार पछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो । आफन्तले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडानका कारण उनको शव अहिले सम्म अस्पतालमै राखिएको छ । प्रहरीले आज दिउसो पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्ने जनाएको छ ।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस