अन्तिम पटक भिरकट्यामा देखिएकी थिइन् भागरथी
०३ फागुन २०७७
•
४ मिनेट पाठ
अन्तिम पटक भिरकट्यामा देखिएकी थिइन् भागरथी
विद्यालयबाट घर फर्कदा बालात्कारपछि हत्या गरिएकी भागरथी भट्ट खोचलेक बजार नजिककै रहेको भिरकट्यामा अन्तिम पटक देखिएकी थिइन । सनतान धर्म मावि बाट पौने २ बजे घर जान भागरथी हिडेकी थिइन् । बिद्यालय वाट संगै आएका चडेपानीकै भानदेव भट्ट खोचलेक बजारमा कपाल काट्न सैलुनमा गए । भागरथी एक पसलमा चाउचाउ किनेर केहि बिद्यार्थी सहित भिरकट्या पुगिन् । भिरकट्यावाट उनी सँग गएका अरु छुट्टिए । भिरकट्यामा वसेर उनले चाउचाउ खाएको देखेको स्थानियले बताएका छन । खोचलेक बजार नजिकैको भिरकट्यावाट उकालो हिडेर डाडोमा पुगेपछि काटिएको कच्ची बाटो हुदै भाररथीको घर पुगिन्छ । पसलबाट चाउचाउ किनेर घर जान हिडेकी भागरथी भिरकट्यामा बसेर चाउचाउ खादै गरेको स्थानीयले देखे पनि त्यसपछि उनलाई देख्ने व्यक्ती भेट्टिएका छैनन् । भिरकट्या वाट भागरथी हत्या भएको ठाउँ सम्म कसरी पुगिन ? भन्ने कुरा खुली सकेको छैन । अपराधीले अपहरण बलत्कार र हत्या गरेको हो ? वा अपराधीले पिछा गर्दै जंगल नजिक बाटोवाट तल लगेर बलत्कार र हत्या गरेको हो ? लगायतका कुरा खुल्न सकेको छैन । भिरकट्या वाट भागरथी कहाँ गइन कसरी हत्या भएको ठाउँसम्म पुगिन भन्ने जवाफ कसैले दिएका छैनन । करिव डेढ साता लामो अनुसन्धानमा प्रहरीले पनि यो कुरा पत्ता लगाउन सकेको छैन । प्रहरीले पनि यही पाटो खोजीरहेको छ । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले दोषी पक्राउ परेपछि मात्र यि सवै कुरा खुल्ने बताए ।‘हामीले केही व्यक्तीलाई निगरानीमा राखेका छौं, तथ्य र प्रमाणवाट पुष्टी गरेर तिनीहरु पक्राउ परेपछि सवै कथा खुल्ने छ’उनले भने । भिरकट्यामा अन्तिमपटक देखिएकी भागरथी कसरी घटनास्थलसम्म पुगिन कसले हत्या गर्यो यसबारे अनुसन्धानबाट मात्र खुल्ने देखिएको छ ।




त्याहावाट उकालो हिडेर डाडोमा पुगेपछि त्यहाँबाट कच्ची बाटो हुँदै भागरथीको घर भएको चडेपानी गाउँ पुगिन्छ । बीचमा सिल्ल गाउँको बस्ती पर्छ । त्यसपछि घटनास्थल लवलेक सामुदायिक बन आउँछ । मान्छे ओहोरदोहोर भैरहने यो बाटोमा कसैले पनि भागरथीलाई देख्ने प्रत्यक्षदर्शी भेट्टिएका छैनन् । ‘भिरकट्या पछि मेरो बहिनीलाई देखे भन्ने कोही भेट्टिएको छैन, ’भागरथीकी दिदी पारवर्तीले भनिन्,‘त्यहिवाट अपहररण गरेर लगेर बलत्कार र हत्या गरेको हो कि भन्ने आशंका पनि छ ।’  

कक्षा १२ मा अध्यनरत भागरथी गत माघ २१ गते विद्यालयबाट घर फर्कदा त्यही भरिकट्यामा देखिएपछि सम्पर्कविहीन भएकी हुन् । दोश्रो दिन साँझ ५ बजे बिद्यालयवाट घर फर्किरहेका ३ बिद्यार्थीले उनको शव देखेका थिए । बुधबार करिब पौने ३ बजेतिर भागरथीको मोबाइल स्विचअफ भएको छ । प्रहरी शव फेला परेकै स्थानमा बलात्कार र हत्या भएको निष्कर्षमा पुगेको छ । कच्ची बाटोबाट भागरथीलाई घिसार्दै करिब ५० मिटर तल लगेको प्रहरीको भनाई छ । पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाएको छ ।  

दोगडाकेदारको गाउँपालिकाको स्थानीय बजार खोचलेक महाकाली राजर्माग सतबाँझ दार्चुला सडकखण्डमै पर्ने गाउँपालिकाको केन्द्र भएकाले सधै चहलपहल हुन्छ । माघ २१ गते भागरथी सनातन धर्म माविबाट पौने २ बजे घर जान हिँडेकी थिइन् विद्यालयको पढाइसकेर भागरथी बजारसम्म अन्य साथीहरुसँग आइन् । विद्यालयबाट ५ मिनेटको दुरीमा रहेको खोचलेक बजारबाट करिब ३ मिनेटमा भिरकट्या पुगिन्छ । भिरकट्यासम्म  जाने तेस्रो बाटो छ त्यहीबाट ग्रामीण सडक उकालो जान्छ । लवलेक जंगल हुँदै भागरथीको शव भेटिएको ठाउँसम्म सोही सडक जोडिएको छ । शव भेटिएको ठाउँ हेर्दा दिनमै बलात्कारपछि हत्या हुनसक्ने ठाउँ नभएको स्थानीय बलदेव भट्ट बताउँछन् । स्थानीयको आशंका अनुसार चढेपानीका स्थानीय सोही सडक हुँदै आवतजावत गर्ने भएकाले दिनमा बलात्कार गरी हत्या यही स्थानमा भएको होला भनेर पत्याएका छैनन । दिनभर अन्यत्र राखेर रातको समयमा यहाँ हत्या भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

प्रहरीले पनि शव भेटिएको दिनदेखि घटनालाई संवेदनशील रुपमा लिँदै घटनाको अनुसन्धान थालेको छ । सुदूरश्चिम प्रदेश प्रहरी प्रमुख आफै अनुसन्धानमा खटिएका छन् । प्रदेश प्रहरी प्रमुख उत्तमकुमार सुवेदीका अनुसार फराकिलो घेराबाट थालिएको अनुसन्धान साघुँरो घेरामा पुगेको बताए । अनुसन्धान हत्याराको नजिकसम्म पुगेकाले छिट्टै सार्वजनिक गरिने उनले बताए । हत्याराले चलाखी गरेकाले प्रहरीलाई पत्ता लगाउन सयम लागेको हो ।   लामो समयसम्म अनुसन्धान टोली अपराधीसम्म नपुगकाले स्थानीय भने सशंकित भएका छन् । कतै अपराधी उक्मलेकी भनेर गत बिगतमा पनि यो ठाउँमा भएका घटनामा अपराधी पक्राउ नपरेकाले यो घटना पनि यस्तै हुने चिन्तामा स्थानीय भएको  हरि भट्टले बताए । प्रहरीले भागरथीको मोबाइलको कल डिटेल, सामाजिक सञ्जालमा जोडिएका र त्यो बाटो हुँदै आवतजावत गर्ने धेरैजनासँग सोधपुछ गरिसकेको छ  अझै यो क्रम जारी छ । मोबाइलको फरेन्सिक जाँच र घटनास्थलमा फेला परेका रगतलगायतका प्रमाणको जाँच गर्न प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाइएको छ ।

चिनजानकै व्यक्तिबाट भागरथीको बलात्कारपछि हत्या भएको हो भन्नेमा प्रहरी अलमलमा छैन । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘हत्याका लागि बाहिरबाट कोही आउनेतिर हामीले सोचेकै छैनौं । भागरथीलाई एकोहोरो पिछा गर्ने मान्छेतिरै हाम्रो अनुसन्धान पुगेको छ ।’ घटना भएको १३ दिनसम्म आइपुग्दा अनुसन्धानको घेरा निकै साँघुरो भएको र अपराधी नजिक पुगेको प्रहरी दाबी गरेको छ ।  
अर्को समाचार
भागरथीको हत्या गर्ने पक्राउ
०५ फागुन २०७७
•
२ मिनेट पाठ
भागरथीको हत्या गर्ने पक्राउ
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार गरेर हत्या गर्नेलाई प्रहरी पक्राउ गर्न सफल भएको छ । दुई साता सम्म प्रहरीको टाउको दुःखाई बनेको भागरथीको हत्या गरेको आरोमा सनातन धर्म मा.वि. मा कक्षा ११ मा पढ्ने उनकै गाउँको किशोर पक्राउ परेका छन् ।  




नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले कक्षा ११ मा पढ्ने चडेपानी गाउँकै किशोरले भागरथीको बलत्कार र हत्या गरेको अनुसन्धानवाट पुष्टि भएको बताएका छन् । प्रहरीले मंगलवार राती १७ बर्षिय दिनेश भट्टलाई पक्राउ गरेको हो । प्रहरी सँग उनले बलत्कार पछि हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ । परिवारिक रिईसिविका कारण हत्या गरेको उनले बयान दिएका छन् । पहिले देखि नै उनको हत्या गर्ने योजना बनाएको र त्यो दिन मौका पाएपछि हत्या गरेको उनले बयान दिएका छन् । शुरुमा वाटोवाट तल भिरमा घचेटेको उनले बयान दिएका छन् । घचेटेपछि घाइते भएको र तानेर तल जंगलमा लगि शुरुमा बलत्कार गरि घाँटी थिचेर हत्या गरेको उनले बयान दिएको प्रहरीले बताएको छ ।

अभियुक्त सधै प्रदर्शनमा सहभागी हुन्थे

प्रहरीले भागरथीको हत्यामा संलग्नता भएको आरोपमा पक्राउ परेका दिनेश भट्ट भागरथी न्यायका लागी हुने प्रदर्शनमा अग्रभागमा सहभागी हुने गरेको स्थानियले बताएका छन् । दुईसाता सम्म पत्ता लाग्न नसकेको भागरथीको हत्यामा दिनेशको संलग्नता होला भनेर कसैले कल्पना समेत गरेका थिएनन ।

माघ २१ गते विद्यालयबाट घर फर्कदा बेपत्ता भएकी उनी दोश्रो दिन साँझ ५ बजेतिर विद्यालय र घरको बिचमा पर्ने लवलेक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । तल्लो शरिर निर्वस्त्र, हात काटिएको, घाँटी थिचिएर निलडाम भएको, शरिरभरी निलडाम भएको र यौनांगमा रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो । शवफेलाको र बाटो बिचमा ढुंगामा भागरथीको शरिरको छाला भेट्टिएको थियो । पोष्टमार्टमको रिपोटमा बलत्कार पछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो । आफन्तले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडानका कारण उनको शव अहिले सम्म अस्पतालमै राखिएको छ । प्रहरीले आज दिउसो पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्ने जनाएको छ ।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस