विभेदको चपेटामा तेस्रो लिंगी
०४ फागुन २०७७
•
३ मिनेट पाठ
विभेदको चपेटामा तेस्रो लिंगी
वीरेन्द्रनगरस्थित बांगेशीमल बस्ने जेनिस नेपाली (नाम परिवर्तित) २०४६ सालमा तेस्रो लिंगीका रूपमा जन्म भए। उनीभन्दा अगाडि एक दिदी हुँदा उनको परिवार छोराको जन्महोस् भन्ने चाहान्थ्यो। जेनिस तेस्रो लिंगी हुँदा परिवारले सोचेजस्तो भएन। जसले गर्दा जेनिस परिवारको तिरस्कारकाबीच जीवन जिउन बाध्य भए। बालापनमा उनको स्वभाव केटीजस्तै थियो। विद्यालय जाने उमेरसम्म उनी विद्यालय जान पाएनन्। तीन सन्तानमध्ये उनी एक हुन्। उनीभन्दा अगाडि एक दिदी र पछाडि एक बहिनी छन्।

दिदी बहिनीको जस्तै स्वभाव भएका उनलाई थाहा थिएन, ‘म तेस्रो लिंगी हुँ भन्ने।’ पहिलोपटक उनी गाउँकै विद्यालयमा ८ वर्षको हुँदा एक कक्षामा भर्ना भए। त्यतिबेला अरू साथीभन्दा ठूलो थिए। त्यसमा पनि केटीको जस्तो स्वभाव हुँदा शिक्षकदेखि सबै विद्यार्थीले नियाली रहनथ्ये। जब उनी कक्षा ८ मा गए, तब उनले प्रेमिकालाई यौन सम्पर्क गर्न खोजे। त्यतिबेला उनले थाहा पाए, ‘म तेस्रो लिंगी हुँ।’ ठूलो सपना बोकेका उनलाई बज्रापात पर्‍यो।  

समाजमा तेस्रो लिंगीलाई हेर्ने दृष्टिकोण उस्तै। तेस्रो लिंगी मानव नै होइनन् जस्तो गरेर हेरिन्थ्यो। त्यस्तो समाज र परिवारका अगाडि पीडा मनभित्रै लुकाएर समाजमा संघर्ष गर्नुको कुनै विकल्प थिएन उनीसँग। ‘सानो हुँदा दिदीको कपडा लगाउथ्ये,’ उनले विगत सम्झँदै भने, ‘ओटमा लिबिस्टिक पनि लगाउथ्ये।’ त्यसो गर्दा परिवारले पनि उनलाई सन्तानजस्तो व्यवहार नगर्दा कयौं दिन रुनु पर्‍यो। आर्थिक अवस्था कमजोर हुँदा कक्षा १० को टेस्ट उत्तिर्ण गरे पनि अन्तिम परीक्षा एसएलसी दिन पाएनन्।

पढाइ छाडेर घरायसी काम गर्न बाध्य भए। घरपरिवारले उनको सहमतिविना २०६४ सालमा उनको गाउँकै केटीसँग विवाह गराइ दिए। उनलाई त्यो विवाह मान्य छैन। अहिले पनि उनको पत्नी घरमै छिन्। सन् २०१२ मा आफूजस्तै एउटा महिला भेटे जेनिसले। ती महिला (तेस्रो लिंगी) को परामर्शपछि उनी अधिकारका लागि बोल्नु पर्छ भन्ने सोचाइमा पुगे।  

सोहीअनुसार सुर्खेतमा निरहिरा समाज पनि गठन भयो। त्यहाँ उनले काम गर्न थाले। अहिले पनि त्यहीँ काम गर्छन्। कार्यक्रममा सहभागी हुन्छन् तर, अहिले पनि समाजको मनोविज्ञान परिवर्तन नहुँदा खुल्न चाहाँदैनन्। उनी मात्रै होइन घर परिवार र समाजले तिरस्कार गर्दा कर्णालीका तेस्रो लिंगीहरू खुल्न सकेका छैनन्। सुर्खेतमा १५ जनाजति तेस्रो लिंगी भएको अनुमान गरिएको छ। तर, यहाँ चारजना मात्र खुलेका छन्। ‘म जिल्ला बाहिर काठमाडौंलगायतका ठूला सहरमा जाँदा खुल्छु,’ उनले भने, ‘यहाँको समाज परिवर्तन नहुँदा खुल्न सकेको छैन।’

कानुनकी विद्यार्थी वीनिता बोगटीले समाजले नकारात्मक सोच राख्दा तेस्रो लिंगीसँग साथसंगत गर्न पनि समस्या भएको बताइन्। ‘उताबाट चिनेको तेस्रो लिंगी आउँछ,’ उनले भनिन्, ‘समाजको डरले आफू नदेखे झै गरेर बाटो काट्नु पर्ने बाध्यता छ।’ तेस्रो लिंगीका विषयमा उनीहरू मात्र होइन अरू पनि बोल्नु पर्ने उनको भनाइ छ। अहिले पनि सुर्खेतमा तेस्रो लिंगीले नागरिकता पाउन नसकेको उनले बताइन्। लैंगीक तथा यौनिक अल्पसंख्यक महासंघकी सिमरन शेरचनले तेस्रो लिंगीलाई मानव जस्तो व्यवहार नगरिँदा धेरै खुल्न नसकेको बताइन्। संविधानमा धेरै कुरा भए पनि कार्यान्वयन नहुँदा समस्या भएको उनले जनाइन्। अनुप पिटर राईले अधिकार ऐनमा रहेको छायाँ जस्तो भएको बताए। ‘तेस्रो लिंगी हास्य पात्र होइनन्,’ उनले भने। पारिवारिक र समाजको सहयोगले मात्र तेस्रो लिंगी अरू व्यक्तिजस्तो गरी सहज जीवन जिउन सक्ने भन्दै उनी भन्छन्, ‘हामी समाजकै नागरिक हौं, फरक बन्न चाहान्नौ।’  

कर्णाली प्रदेशको राजधानी सुर्खेतसँगै कर्णालीका अन्य जिल्लाको अवस्था पनि उस्तै छ। समाजले विभेद गर्दा आफूहरू खुल्न नसकेको तेस्रो लिंगीहरू बताउँछन्। प्रदेश राजधानीमै चेतना अभावले विभेद गाउँसम्म पुग्दा अझ जब्बर हुने अधिकारकर्मीहरू बताउँछन्। विभेदभन्दा सद्भाव र मायाले तेस्रो लिंगीलाई हेरिनु पर्ने उनीहरूको भनाइ छ। ‘तेस्रो लिंगी पनि यहीँ समाजका मान्छे हुन्,’ अधिकारकर्मी वसन्तकुमार विश्वकर्माले भने, ‘त्यसैले उनीहरूलाई तिरस्कार होइन आत्मसम्मानका साथ बाच्न दिनुपर्छ।’
अर्को समाचार
छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता
२६ पौष २०८०
•
३ मिनेट पाठ
छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता
तस्बिर : गाेल्नेन बुढा–नागरिक
जुम्लाको पातारासी गाउँपालिका ४ तिर्खु गाउँका ६७ वर्षका जगबहादुर बोहोरा महादेव धामी हुन्। उनले छाउपडी नमान्ने प्रतिबद्धता जनाए। छाउपडी प्रथाका मुख्य गढ मानिने देवताका धामीझाँक्री डाँगी (पुजारी) ले नै छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरे।

उनीहरूको एउटै स्वर थियो, ‘देवता मान्छौं, छाउ मान्दैनौं। महिनावारी भएकी छोरी र बुहारीलाई घरमै राख्छौँ। पहिले विभेद गरियो। अब गर्दैनौं।’

यस्तै उक्त वडाकी महिला सुकु बोहोरा पनि धामी हुन्। उनले भनिन्, ‘छाउपडीविरुद्ध वकालत गर्ने बताउँछिन्। छाउपडी प्रथा मान्नु हुँदैन भनेर गाउँमा अठोटका साथ लाग्छौं। छाउ नबार्दैमा कसैलाई केही भए आफूले जिम्मा लिने दाबी गरिन्। उनले थपिन्, ‘म आफैं देवताको धामी छु, तर म घरमै बस्छु, तपाईंंहरू कसैलाई घरमै छाउपडी बसालेकै भरमा देवता लाग्यो भने त्यसको जिम्मेवारी स्वयं म लिन्छु।

बुधबार पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणासँगै सामाजिक कुरीति र कुसंस्कार अन्त्यका लागि साझा प्रतिबद्वता पत्रमा हस्ताक्षर गरी यस्तो साझा प्रतिबद्वता जाहेर गरेका हुन्। पातारासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजनामा छाउ गोठमुक्त वडा घोषणा गरिएको हो।

महिला तथा बालबालिका शाखा प्रमुख भगवती  गिरीले भनिन्, ‘छाउपडी हुनु अभिशाप होइन। कुनै पापको प्रतिफल पनि होइन। यो त नियमित प्रक्रिया हो। फल लाग्नका लागि फुलेको एक प्रकारको फूल हो। महिलामा छाउपडी हुँदा न देउता रिसाउँछन्, न त उनीहरुलाइ देउताले नै छुट्टै राख भन्छन्। यो त समाजमा महिलालाई दबाइराख्न बनाइएको संस्कार मात्र हो।’

मानवअधिकारका दृष्टिले छाउपडी र नछुनेका नाममा महिलााथि हुने भेदभाव, वञ्चिती वा निषेध एक प्रकारको ज्यादती हो। शाखाले गाउँपालिकाभित्र रहेका महिला समुह, किशोरी समुह, बालसमुह, गाउँगाउँ र विद्यालयमा, प्रहरी, धामीझाँक्री र जनप्रतिधिनिको सहभागितामा पैरवी गर्दै आइरहेको उनको भनाइ छ।

यता डिल्लीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदमराज जैसीले मुलुकी अपराध संहितामा कसैले पनि महिनावारी भएकी महिलालाई छुवाछुत गर्ने वा छाउगोठमा राख्ने गरेमा तीन महिनासम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको बताए।

‘सरकारले २०६४ सालमा छाउपडी प्रथा उन्मूलन निर्देशिका जारी गरेको छ। हामी पातारासी गाउँपालिका ४ का पाँच सय घरधुरीले आजदेखि कोही कसैले छुई भएको अवस्थामा गोठमा नभई घरमा बस्ने भनी साझा प्रतिबद्धताका साथ छाउ गोठमुक्त गाउँ घोषणा गर्दछौँ। कोहीकसैले छाउ भएको अवस्थामा पुनः छाउगोठ प्रयोग गरेको भेटिएमा कानूनबमोजिम सजायको भागीदार हुने छौँ’, प्रतिबद्धतामा भनिएको छ।

उक्त वडाभित्र डिल्ली चौर, लाम्री, तिर्खु, बैसेनी र डोलकाटी बस्ती पर्छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले महिनावारी हुने उमेरका सबै किशोरी तथा महिला महिनावारी हुँदा घरमै बस्दै आएपछि ४ नम्बर वडालाई छाउ गोठमुक्त घोषणा गरिएको बताए। समाजमा सकारात्मक परिवर्तन आएको बताउँदै छाउ गोठ अन्त्यसँगै समाजमा रहेका कुरीति र विभेद अन्त्य गर्न सक्रियताका साथ अगाडि बढ्न सबैमा अनुरोध गरे।

यस्तै ४ नम्बर वडाध्यक्ष कालीबहादुर ऐडीका अनुसार गाउँमा अहिले छाउ प्रथा मान्ने कुनै घर छैन। घोषणा कार्यान्वयनमा फितलो देखिए कारबाही गरिने छ। छाउ गोठमुक्त घोषण कार्यक्रममा देउडालगायत छाउपडी कुप्रथा मान्दैनौं, घरमै बस्छौं, पोसिला खानेकुरा दही, दूध जस्ता खानेकुरा खान्छु भन्ने सन्देशमूलक प्रस्तृति गरिएको थियो। वडालाई छाउ गोठमुक्त वडा घोषणा गर्न मूलधारमा रही काम गर्ने महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीलगायतका व्यक्ति र निकायलाई सम्मान गरिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस