इलाम- कोलबुङ्गमा खोलाले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव भेटिएको छ। गाविसको मार्से खोला किनारमा रुखको जराले अड्काएको अवस्थामा शव फेला परेको हो। अलैंची बारी फाँड्ने किसानले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीय भक्त खवासका अनुसार शव ४०–४५ वर्षीय महिलाको जस्तो देखिन्छ। प्रहरीले घटनाबारे थप जानकारी आइनसकेको बताएको छ।
अर्को समाचार
खोला किनारमा महिलाको शव
बैतडीमा एक महिलाको शव फेला परेको छ । पुर्चौडी नगरपालिका–७ को गिरीजाबगर भन्ने स्थानमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो । बागागाड र खोटेली गाडकोको किनारमा महिलाको शव फेला परेको हो । शवको प्रकृति हेर्दा खोलाले बगाएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक महिलाको पहिचान हुन सकेको छैन । शनिबार मध्यान्ह स्थानीय बासिन्दाले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर प्राप्त भएपछि पुरघाट प्रहरीचौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदको टोली घटनास्थलतर्फ गइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।