राउटे समुदायको संरक्षणका लागि छुट्टै समिति
१८ फागुन २०७७
•
२ मिनेट पाठ
राउटे समुदायको संरक्षणका लागि छुट्टै समिति
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठको भाँडा उपहार दिँदै राउटे समुदायका मुखियाहरु । तस्बिर : नागरिक
जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले समिति गठनको तयारी थालेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायको खाना, नाना, छाना र सुरक्षाको प्रत्याभूति गर्न प्रदेश सरकारले समिति गठन गर्न लागेको बताए।




‘नेपालको एक मात्रै घुमन्ते लोपोन्मुख राउटे समुदायको संरक्षणको दायित्व राज्यको हो,’ सोमबार राउटे मुखियासँगको छलफलमा उनले भने, ‘छिट्टै समिति गठन गरेर त्यसैमार्फत काम सुरु गर्छौं।’ प्रदेश सरकारले राउटे समुदायलाई संघले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा प्रतिव्यक्ति दुई हजार रूपैयाँ थप्ने निर्णय गरिसकेको छ।

मुख्यमन्त्री शाहीले राउटे समुदायको सुरक्षाका लागि तत्काल प्रहरी परिचालन गरिने पनि बताए। उनले कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी वसन्तकुमार पन्तलाई फोन गरेर राउटे समुदाय रहेको स्थानको सुरक्षाका लागि प्रहरी खटाउन आग्रह समेत गरे। अत्याधिक मदिराका कारण राउटे समुदायको जनसंख्या घट्दै गएकाले प्रहरी परिचालन गरेर मदिरा नियन्त्रण र बस्तीको सुरक्षा गर्न लागिएको मुख्यमन्त्री शाहीको भनाइ छ।

‘राउटे समुदाय जहाँ–जहाँ जान्छ, नजिकको सुरक्षा युनिटले बस्तीको सुरक्षासँगै मदिरा नियन्त्रणको काम पनि गर्छ,’ उनले भने, ‘अब राउटे समुदायलाई मदिरा बिक्री गर्नेलाई समेत कारबाही गर्छौं।’ मदिरा नियन्त्रण गर्न सकेको खण्डमा राउटे समुदायका अहिले देखिएका धेरै समस्याको समाधान हुने मुख्यमन्त्री शाहीको विश्वास छ। राउटे समुदायमा मदिराको लत अत्याधिक रहेको छ।

महिला तथा बालबालिकाले पनि मदिरा सेवन गर्ने भएकाले उनीहरूको जनसंख्या घट्दो क्रममा रहेको राउटे मुखियाहरूको भनाइ छ। पछिल्लो एक महिनाको अवधिमा राउटे समुदायका १० जनाको मृत्यु भएको छ। त्यसमध्ये अधिकांस बालबालिका रहेका छन्। अघिल्लो महिना मुख्यमन्त्री शाही बस्ती पुग्दा राउटे समुदायको जनसंख्या १ सय ५६ जना थियो। अहिले त्यो संख्या घटेर १ सय ४६ पुगेको छ।

‘प्रदेश सरकारले संरक्षणको जिम्मा नलिएर केही वर्षमै घुमन्ते राउटे समुदाय नरहने अवस्था आउँछ,’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसैले समिति गठन गरेर उनीहरूको संरक्षण र संवद्र्धनमा लाग्ने निर्णयमा पुगेका हौं।’ प्रदेश सरकारले राउटे समुदायलाई स्थायी घर निर्माणको सट्टटा आधुनिक टेन्टको व्यवस्था गर्ने जनाएको छ। पौष्टिक आहारको कमिले राउटे बालबालिकामा कुपोषण छ।

राउटे मुखिया वीरबहादुर शाहीले ४ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाउँदा आफूहरू भोकभोकै रहेको बताए। ‘काठका भाँडावर्तन बिक्री हुँदैनन्, सरकारले भत्ता नदिएको चार महिना भैसक्यो,’ मुखिया शाहीले भने, ‘तत्काल खाद्यान्न र भत्ताको व्यवस्था गरिदिए सहज हुन्थ्यो।’ उनले प्रदेश सरकारले थपिदिएको मासिक दुई हजार सामाजिक सुरक्षा भत्ता पनि नपाएको गुनासो गरे। ‘मुख्यमन्त्रीज्यु बस्तीमा पुगेर मासिक दुई हजार रूपैयाँ भत्ता थपिदिन्छु भन्नु भएको थियो,’ उनले भने, ‘अहिलेसम्म त्यो पनि पाएका छैनौं।’
अर्को समाचार
कर्णाली प्रदेश सरकार गठन, ५ जना मन्त्रीले खाए शपथ
१८ वैशाख २०८१
•
१ मिनेट पाठ
कर्णाली प्रदेश सरकार गठन, ५ जना मन्त्रीले खाए शपथ
कर्णाली प्रदेश सरकारमा ५ जना मन्त्रीले शपथग्रहण गरेका छन्। मंगलवार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा ५ जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।




माओवादीबाट ३ जना र एमालेबाट २ जना सांसदले शपथग्रहण गरेका छन्। एमालेबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मुख्यमन्त्रीबाट नाम सिफारिस भएका सांसद विनोद कुमार शाहले शपथग्रहण बहिष्कार गरेका छन्। उनीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा इच्छा राखेको एमाले निकट श्रोतले जनाएको छ।

मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएसँगै मन्त्रीमा नियुक्त भएकाहरूमा माआवोदीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्ग रावतले शपथ खाएका छन्।

त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भौतिक  पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गोमता विकले शपथ खाएका छन्। यसअघि माओवादीबाट विनाविभागिय मन्त्री शपथ खाएका रनसिंह परिवार जलश्रोत तथा ऊर्जा विकास मन्त्री भएका छन्।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
यो पनि पढौँ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस