जथाभावी फोहोर फ्याँकेकामा जवाफ दिन उच्च अदालत विराटनगरको आदेश
१८ फागुन २०७७
•
२ मिनेट पाठ
जथाभावी फोहोर फ्याँकेकामा जवाफ दिन उच्च अदालत विराटनगरको आदेश
उच्च अदालत विराटनगर, इलाम इजलासले प्रदेश नं १, उद्योग, पर्यटन तथा वन मन्त्रालय तथा झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकालाई १५ दिनभित्र फोहोरमैला व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन आदेश गरेको छ।




मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाले जथाभावी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीनवटा स्थानीय तहलाई विपक्षी बनाई परमादेश आदेशको मागसहित सोमबार इलाम इजलासमा रिट दर्ता गरेका थिए।  

उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद कोइरालाले रिट सम्बन्धमा सोमबार पहिलो सुनुवाइ गर्दै विपक्षीहरुका नाममा परमादेश किन जारी नगर्नु पर्ने हो त्यसको जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेका निवेदकका पक्षबाट बहस गरेकी अधिवक्ता हेमकला कट्टेलले बताईन्।  

नेपालको संविधानको धारा–३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने उल्लेख भएको जनाउँदै रिट निवेदक प्रसाईँले नगरपालिकाहरुले राजमार्ग किनारमा फोहोर फ्याँक्ने र डढाउने गरेको, नदी किनारमा फोहोर विसर्जन गरेको, आगो लगाएर फोहोर डढाउने कार्य गरी वातावरणमा विषाक्त प्रदूषण फैल्याउने गरेको र ल्यान्डफिल्ड साइटको व्यवस्था नगरेको आरोप लगाएका थिए।  

अधिवक्ता कट्टेलका अनुसार निवेदकले मन्त्रालय र नगरपालिकाहरुलाई ल्यान्डफिल्ड साइटको व्यवस्था गर्न लगाउन, कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै गाडीबाट सङ्कलन गराउन, राजमार्ग किनार र नदीहरुमा फोहोर विसर्जन नगर्न र डढाउने कार्य रोक्न, नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको प्रत्याभूति गर्न परमादेश आदेश जारी गरिनुपर्ने माग गरेका छन्।

रिट निवेदकका तर्फबाट अधिवक्ता हेमकला कट्टेल र अधिवक्ता पदमबहादुर श्रेष्ठले बहस पैरवी गरेका थिए। वातावरणसम्बन्धी स्वच्छता कायम राख्ने विषय शीघ्र किनारा लाग्नुपर्ने देखिएको हुँदा यो मुद्दालाई अग्राधिकार दिनेसमेत अदालतबाट आदेश भएको कट्टेलले बताईन्। झापाका नगरपालिकाहरुले फोहोरमैला व्यवस्थापनमा गरिरहेको लापरवाही रोक्न माग गर्दै मेचीनगर–७ का होमप्रसाद प्रसाईं र भद्रपुर–९ का कमलप्रसाद राजवंशीले मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकामा ज्ञापनपत्र पेश गरेका थिए। रासस
अर्को समाचार
सदस्यसचिव बस्नेतले कार्यालयको ताला फुटाएर सम्हाले पदभार
२१ वैशाख २०८१
•
२ मिनेट पाठ
सदस्यसचिव बस्नेतले कार्यालयको ताला फुटाएर सम्हाले पदभार
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बिहीबारदेखि पुनःपदभार सम्हालेका छन्।




सोमबार उच्च अदालत विराटनगरले गरेको फैसलाबाट पुर्नबहाली भएका बस्नेतले बिहीबार खेलकुद विकास बोर्डको कार्यालयमा लगाइएको ताला फुटाएर पदभार सम्हालेका हुन्। नेपाल खेलकुद महासंघका अध्यक्षसमेत रहेका बस्नेत कार्यालय पुग्दा त्यहाँ कोही थिएनन्।

कार्यालयको मूल ढोकामै ताला लगाएर बोर्डका पदाधिकारीसहित सम्पूर्ण कर्मचारीहरु ओलम्पियन्स पुर्नमिलन तथा प्रथम स्पोर्टस सेलिब्रेटी कार्यक्रममा सहभागी हुन सुनसरीको इटहरी गएका थिए।

अदालतले पदमुक्त गरिदिएका यसअघिका सदस्यसचिव हंसराज वाग्लेले कार्यालय बन्द हुने सूचना टाँसेका थिए। सूचनामा बोर्डका सम्पूर्ण कर्मचारी र पदाधिकारीहरु अनिवार्य रुपमा उक्त कार्यक्रममा सामेल हुनुपर्ने भएकाले वैशाख २० गते यस कार्यालयबाट सेवाग्राहीलाई दिनुपर्ने सेवा दिनलाई असमर्थ रहेको हुँदा नेपाल ओलम्पियन्स र सेलिब्रेटी खेलाडीहरुको सम्मान खातिर सेवाग्राहीलगायतमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं भनेर उल्लेख गरिएको छ। यसै सूचनाका आधारमा सबै जना कार्यालय बन्द गरेर गएपछि पदभार सम्लान पुगेका बस्नेत अन्यौलमा परेका थिए।

फैसलाको जानकारी दिनका लागि पत्र लिएर गएका अदालतका कर्मचारीले कार्यालयमा कसैलाई नभेटेपछि दैलोमा सूचना टाँस गरेर फर्केका थिए। बस्नेतले कार्यालयका अधिकृत विनोद पाण्डेलाई फोनमार्फत आफू पदभार सम्लान कार्यालय आएको र कार्यालयमा ताला लागेको जानकारी गराएका थिए।

इटहरीको कार्यक्रम पश्चात विराट चोक पुगेका अधिकृत पाण्डे तत्कालै विराटनगरस्थित कार्यालय फर्के। अधिकृत पाण्डेले कुनै पनि कार्यालय यसरी पूरै बन्द वा विदा गर्नु परे मन्त्रिपरिषद्को स्वीकृत लिनु पर्ने प्रावधान रहेको बताए। कार्यालयमा लगाएको ताला स्थानीय प्रशासनको निर्देशन र वडाको जनप्रतिनिधिको रोहबरमा फुटाइएको बताउँदै, अधिकृत पाण्डेले भने, ‘बिना जानकारी कार्यालय बन्द गर्न मिल्दैन भनेर प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि ताला फुटाएर बस्नेतलाई हाजिर गराइएको हो।’

कार्यालयको मुल ढोकामा मात्रै ताला लगाउने गरिएको थियो। तर, आज मेरो कोठामा समेत ताला लगाइएको रहेछ, अधिकृत पाण्डेले भने।

बिना जानकारी कार्यालय बन्द गर्न नमिल्ने बताउँदै, मोरङका प्रमुख जिल्ला प्रेमप्रसाद भट्टराईले भने, ‘बोर्ड प्रदेश सरकार मातहतको कार्यालय हो। त्यसमा मैले हस्तक्षेप गर्ने कुरा भएन । ताला लगाइएको छ कसो गर्ने होला भनेर फोन गरेका थिए। तपाईंहरुको हिसाबले जे गर्नुहुन्छ गर्नुस् भनेर भनिदिएँ।’

आफूलाई एमाले नेतृत्वकै सरकारले सदस्यसचिव बनाएको बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘अहिलेको सरकारले मलाई सदस्यसचिव बनाएको हैन। आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा नै नियुक्ति पाएको हुँ। खेलकुद क्षेत्रको समृद्धिका लागि काम गर्ने छु। खेल र खेलाडीको विकासका लागि सक्रिय हुन्छु। म बोर्डको संस्थापक सदस्यसचिव हुँ । राजनीतिक प्रतिशोधका आधारमा तत्कालीन सरकारले मलाई बर्खास्त गरेको थियो। ढिलै भए पनि अदालतबाट न्याय पाएको छु।’
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस